मंगलबार २० मंसिर २०७९

काठमाडौ‌ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । सीताको

स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई आज विहानै ललितपुरस्थित मेडिसिटि अस्पताल भर्ना गरिएको पारिवारिक ;|f]tले जनाएको छ ।

लामो समयदेखि पार्किन्सन जस्तै लक्षण भएको प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी पीएसपी रोगबाट पीडित प्रचण्ड पत्नि सीतालाई गत सोमबारमात्र १६ दिन लामो अस्पतालमा उपचार गराएर घर लगिएको थियो। अहिले उनको आईसीयूमा राखेर उपचार भइरहेको छ।

आसन्न निर्वाचनका कारण प्रचण्ड घरमा भन्दा आफल्नो निर्वाचन क्षेत्र गोरखामा नै चुनावी घरदैलोमा ब्यस्त बनेका बेला पत्नि बिरामी परेसँगै प्रचण्ड थप तनावमा देखिएका छन् ।

यो पनि पढ्नुहोस् : मधेस विद्रोहबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न संघर्ष आवश्यकः अध्यक्ष यादव सप्तरी १९ कार्तिक – जनता समाजवादी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश विद्रोहवाट प्राप्त उपलब्धीलाई संस्थागतका लागि अझै संघर्ष गर्नुपर्नेमा जोड दिएका छन् । राजविराज नगरपालिका वडा नम्बर २ को राजदेवी टोलमा आयोजित चुनावी भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारसमेत रहेका यादवले भने, ‘अझैं पनि शासन प्रणालीको सुधार, समान अवसरको प्राप्ति र मधेशमा विकासको लागि संघर्षको आवश्यकता छ ।’

अवसरबाट वञ्चित समुदाय अघि बढ्न नसक्ने बताउदै उनले अहिले पनि आफू मधेशलाई आधारभूमि बनाएर हिमाल, पहाडमा रहेका उपेक्षित उत्पीडित,दलित, अल्पसङ्ख्यकको अधिकारका लागि प्रयत्नशिल रहेको बताए ।

संघीयता र गणतन्त्र जस्ता उपलब्धि हासिल भए पनि तराई मधेशमा जनंसंख्याको अनुपातमा बजेट नदिईने गरेका कारण यहाँको विकास हुन नसकेको भन्दै नेता यादवले ५३ प्रतिशत जनसंख्या भएको मधेशमा १८ प्रतिशत मात्र लगानी भइरहेको जानकारी दिए ।

कार्यक्रममा पार्टीका नेता एवम् राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादव, जसपाका प्रवक्ता मनिष कुमार सुमन, पूर्व सांसद एवम् प्रदेश सभा सदस्यका प्रत्यासी रञ्जु ठाकुर, राजविराज नगरपालिकाका मेयर भीमराज यादव लगायतले जसपाले गरेको उदाहरणीय कामहरुबारे चर्चा गरे ।

जोमसोम :

मुस्ताङमा एक विदेशी र अर्को एकजना नेपाली पर्यटकको दुई थान मानवरहित हवाई उपकरण (ड्रोन क्यामेरा)जिल्ला प्रहरी कार्यालय मुस्ताङले जफत गरेको छ। जफत गरेको उक्त ड्रोन प्रहरीले जोमसोम नागरिक उड्डयन कार्यालय मुस्ताङलाई बुझाएको छ।

शुक्रबार मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–४ कागबेनी माथिको सेल्फी पार्क र थासाङ गाउँपालिका–३ लेतेमा ड्रोन इजाजत र प्रशासनको अनुमतीबिना उडाउँदै गरेको अवस्थामा नेपाली र विदेशी पर्यटकले प्रयोग गरेको ड्रोन क्यामेरा बरामद गरिएको हो। जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीका अनुसार मुस्ताङको कागबेनीदेखि मुक्तिनाथ जाने सडकको सेल्फी पार्कमा भारतको हैदरावादबाट मुस्ताङ घुम्न आएका ३२ वर्षीय भारतीय पर्यटक नागराज वाकेटीको ७५० ग्राम तौल भएको ड्रोन क्यामेरा बरामद गरी जफत गरिएको हो।

ड्रोन इजाजत नभएको र स्थानीय प्रशासनबाट ड्रोन उडान अनुमतीपत्रसमेत नलिइ एक्लै ड्रोन उडाउँदै गरेको अवस्थामा एक स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। स्थानीयबाट सूचना प्राप्त भएपछि कागबेनी प्रहरी चौकीले भारतीय पर्यटक वाकेटीलाई ड्रोन क्यामेरासहित नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालयमा पेश गरेको थियो। भारतीय पर्यटकको ड्रोन जफत गरेर सोधपुछ गरी प्रहरीले छोडेको थियो।

यस्तै, शुक्रबार नै मुस्ताङको थासाङ गाउँपालिका–३ लेतेमा ड्रोन उडाउँदै गरेको अवस्थामा बुढानीलकण्ठ नगरपालिका घर भइ मुस्ताङ घुम्न आएका २९ वर्षीय स्वासत खरेलको २४९ ग्राम तौल भएको ड्रोन प्रहरीले नियन्त्रणमा लिएको थियो। उनले पनि ड्रोन इजाजत र प्रशासनको उडान अनुमतिपत्र नलिएकाले प्रहरीले ड्रोन क्यामेरा जफत गरेको हो।

कृषि, शिक्षा, स्वास्थ्य, वन तथा वातावरण, कलासंस्कृति, मनोरञ्जन, विकास तथा विपद् व्यवस्थापन, सुरक्षा तथा आम सञ्चार जस्ता विषयमा अध्ययन अनुसन्धान, सूचना सम्प्रेषण र सर्वेक्षण आदिका लागि ड्रोन उपयोग गर्ने व्यक्ति, संघ र संस्थालगायतका निकायले नेपाल नागरिक उड््यन प्राधिकरणको अनुमति लिनुपर्ने हुन्छ। यस्तै ड्रोन उपरकण प्रयोग गर्नुअघि सम्वन्धित क्षेत्रको स्थानीय प्रशासनको स्वीकृति लिनुपर्ने हुन्छ। चालु आर्थिक वर्षमा मुस्ताङमा मानवरहित हवाई उपकरण (ड्रोन क्यामेरा) उडाउन ९ जनाले जिल्ला प्रशासन कार्यालय मुस्ताङमा लिखित अनुमति लिएको सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले जानकारी दिए। उनका अनुसार ड्रोन उडानका लागि अनुमति लिन आउनेलाई ड्रोन ईजाजतपत्र भए नभएको प्रमाणित गरेर मात्र अनुमति दिने गरेको बताए।

यस्तै, अन्नपूर्ण सरक्षित तथा नियन्त्रित क्षेत्रमा ड्रोन क्यामेरा उडान गरी फिल्म र डकुमेन्ट्री भिडियो निर्माण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको प्रधान कार्यालयबाट पूर्व स्वीकृति लिनुपर्ने एक्याप जोमसोमका कार्यालय प्रमुख अशोक सुवेदीले जानकारी दिए।

ड्रोनसम्वन्धी कार्यविधि २०७५ मा उल्लेख भएअनुसार यदि कुनै व्यक्ति वा संघ/संस्थाले ड्रोन क्यामेरा प्रयोग गर्दा १८ वर्ष उमेर पुगेको हुनुपर्ने, उडान उपकरणसम्बन्धी ज्ञान भएको हुनुपर्ने, संरक्षित र नियन्त्रित क्षेत्रको बारेमा जानकारी हुनुपर्ने र मानव बस्तीभन्दा बाहिर उडान गर्नुपर्नेलगायतका विभिन्न नियम उल्लेख गरिएको छ।


Last Updated on: November 5th, 2022 at 1:42 pm
८४ पटक हेरिएको

तपाईको प्रतिक्रिया