बुधबार २४ जेठ २०८०

उजुरी दिनेको संख्या बढेपछि नेपालमा पनि टिकटक बन्द हुने सभावना
समाचार
June 19, 2021AutherLeave A CommentOn उजुरी दिनेको संख्या बढेपछि नेपालमा पनि टिकटक बन्द हुने सभावना
काठमाडौँ ।नेपालमा पनि टिकटक बन्द हुने सभावना ! उजुरी दिनेको संख्या अत्याधिक बढे ( टिकटको बन्द हुनु ठिक कि बेठिक ? )नेपालमा भिडियो सेयरिङ प्लेटफर्म टिकटक (सामाजिक सञ्जाल) का प्रयोगकर्ता बढेसँगै यसको दुरूपयोग पनि बाक्लिएको पाइएको छ।

यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोलारमाइलो गर्ने र भाइरल हुने बहानामा केही व्यक्तिले जथाभाबी भिडियो बनाएर ‘अपलोड’ गर्दा व्यक्तिगत र संगठनात्मक गोपनीयता उदांगो भइरहेको प्रहरीको ठहर छ।

नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार कार्यालयभित्रै भिडियो बनाउने, बैंकका कर्मचारीले फाइल, पैसा र डकुमेन्टजस्ता सामग्री भिडियोमार्फत सार्वजनिक गर्ने, प्रहरी र नेपाली सेनाको बर्दीको प्रयोग गर्ने,ड्युटीमै भिडियो बनाउने, चित्त नबुझेका व्यक्तिको अश्लील भिडियो अपलोड गरिदिने प्रवृत्ति बढेको छ।

ब्युएसपी पशुपति रायका अनुसार साइबर अपराधमा आगो थप्ने काम टिकटकले पनि गरिरहेको छ।सरकारले सामाजिक सञ्जाल र युट्युब च्यानललाई व्यस्थित गर्न सकिने आवश्यक कानुन निर्माण नगरेका कारण प्रहरीको टाउको दुखेको छ।

एसपी पशुपति रायका अनुसार साइबर अपराधमा आगो थप्ने काम टिकटकले पनि गरिरहेको छ।सरकारले सामाजिक सञ्जाल र युट्युब च्यानललाई व्यस्थित गर्न सकिने आवश्यक कानुन निर्माण नगरेका कारण प्रहरीको टाउको दुखेको छ।एसपी रायले टिकटकबाटै गोपनीयता भंगमात्र होइन, ठगीसमेत हुन थालेपछि प्रहरीले प्रयोगकर्तामाथि निगरानी बढाएको बताए।


Last Updated on: June 20th, 2021 at 12:28 am
४७७ पटक हेरिएको

तपाईको प्रतिक्रिया