
यिनै हुन् दुई एसपी जसले राप्ती नदीको टापुमा फसेका चारजनाको सकुशल उद्दार गरे
June 19, 2021 29
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
दाङ देउखुरीको राप्ती नदिमा फसेका चारजनालाई सकुशल उद्दार गरिएको छ । चारदिन देखिको अविरल वर्षातका कारण राप्ती नदिको टापुमा फसेका उनिहरुलाई बिपत व्यवस्थापन तालिम प्राप्त सुरक्षाकर्मीको टोलीले सकुशल उद्दार गरेको हो ।
यस्तो होला भन्ने के थाहा । एक्कासी राप्ती नदीको बहाव बढेपछि हामी नदीको बिच भागमा फस्यौँ, राजपुर गाउँपालिका वडा नम्बर ३ प्रतापपुर निवासी ३२ वर्षीय गणेश यादवले भन्नुभयो,–। ‘रातभरी कठ्याङ्ग्रिएर खरको छाप्रोमा भोकभोकै बास वितायौँ ।
यो पनि लगातारको वर्षाले जुम्लाका विभिन्न गाउँबस्तीमा पहिरोको जोखिम बढेको छ । यस्तै जुम्लाको हिमा गाउँपालिका – ६ खलढुंगा र दलित बस्तीमा पहिरोको जोखिम बढेपछि १६ घरधुरीका एक सय १७ जना घरपरिवार विस्तावित भएका छन् । बस्ती अगाडि पछाडी तलमाथि चारैतिर पहिलो गएपछि गाउँ नै पहिरोको जोखिममा परेपछि घरपरिवार विस्तापित भएका हुन्
लामो समयसम्म वर्षा हुँदा सिंगो गाउँ पहिरोको जोखिममा छ । स्थानीय मुनराज अधिकारीले भने ‘कमजोर भुभाग भएको पातरखोलाको खलढुंगा गाउँमा पहिरोले घर भत्काउन थालेपछि स्थानीय गाउँ छोडेर सुरक्षित ठाउँमा जान थालेका छन् ।
हिमा गाउँपालिकाको जुगाड प्रहरी चौकीले उक्त जोखिम क्षेत्रको निरिक्षण गरेको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****