आइतबार १४ आश्विन २०८०

काठमाडौ ।

जसपाकी नेता तथा पूर्वप्रधानमन्त्री हिसिला यमीले लेखेको एउटा स्टाटस अहिले विवादित बनेको छ । उनले धर्मलाई महामारीसंग जोडेर समाजिक सञ्जालमा एउटा पोष्ट गरेकी छन् । हिसिला लेख्छिन्, जस्ले शिव र बुद्धलाई पुज्दै छ तिनीहरुलाई जाबो कोरोनाले मार्दै छ । पुजा भन्दा भुजा चाहिएको छ ।

उनले यस्तो अभिब्यक्तिलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले असहिष्णु अभिब्यक्ति भनेका छन् । उनको अभिब्यक्तिमा निकै धेरै नकारात्मक प्रतिकृया आएका छन् । विश्व हिन्दु महासंघका सचिव अस्मिता भण्डारीले हिसीलाको सो अभिब्यक्तिको निकै कडा आलोचना गरेकी छन् ।

उनी भन्छिन्, हिसिला जी । शिव, बुद्ध र को रानालाई एकै पंक्तिमा राख्न मिल्छ ? को रोनाले आहत भएको मनोविज्ञान माथि फेरि राजनीति ? धर्म निरपेक्षको नाममा ९४ प्रतिशत भन्दा पनि धेरै ओमकार परिवारको आस्थालाई डलरको आडमा उपेक्षा गर्ने र धर्मान्तरण गराउन मद्दत पुर्‍याउने तिमी जस्तालाई जनताले राम्रै चिनेका छन् ।

यो देशको धार्मिक तथा सांस्कृतिक एकता र सामाजिक सद्भावमा खलल पुर्‍याउने अभिब्यक्ति दिन सुहाउँछ ? कुन चाहिँ प्रभुलाइ खुशी पार्नलाई हो यो ? हिमालदेखि तराई सम्मको हाम्रो धार्मिक, सांस्कृतिक एकता नै यो देशको पहिचान हो । शिव र बुद्धलाई नपुज्नेहरु कहिल्यै म र्दैनन् ? तिनिहरुले अजम्वरीको वुटि खाएका छन् ? कि के भन्न खोजेको ? सम्हालिएर अभिब्यक्ति दिनु पर्यो ।


Last Updated on: June 20th, 2021 at 12:39 am
९२० पटक हेरिएको

तपाईको प्रतिक्रिया