
प्राय जसो बिहे पछी महिलाहरुको शारीरिक परिवर्तन हुनु स्वाभाविक नै मानिन्छ । विशेष गरि बिहे पछि महिलाको जिन्दगीमा धेरै परिवर्तन आउँछ । उनीहरुको बोली चाली देखि हरेक कुरामा परिवर्तन देख सकिन्छ ।साथै बिवाह पछी महिलाहरुको शरीरमा पनि परिवर्तन देखिन्छ । सामान्य तय अन्य महिलाको तुलनामा विवाहित महिलाको हि`पको आकारमा धेरै परीवर्त भएको देख्न सकिन्छ । हाम्रो देशमा सामान्यतय महिलाहरु सानै उमेरमा शारीरिक विकास नभएकै बेला बिवाह गर्छन त्यस कारणपनि
बिहेपछी हिपको साइज बढ्नु अथवा ठुलो हुनु सामान्य मानिन्छ ।।अमेरिकामा एक सोधकर्ताहरुले भने भिन्नै तथ्य पत्ता लगाएका छन् । हिपको आकार ठुलो भएका महिलाहरुलाई गर्भवती हुदा खासै समस्या नहुने समेत एक अनुसन्धानले बताइएको थियो । बिहेपछि महिलाहरु किन धेरै मोटाउछन् । किन यति धेरै परिवर्तन आउँछन् । यस्ता छन् कारणहरु :-अनिन्द्राः- बिहेपछि धेरैजसो महिलाहरूको सुत्ने समय र दैनिकी बद्लिन्छ । थपिएको जिम्वेबारी बहन गर्दा गर्दै सुत्नको लागि पर्याप्त समयको अभावमा धेरैपटक अनिदो बस्नु पर्ने हुनसक्छ । कम्तिमा ७ घण्टा नसुत्नुको कारणले महिलाहरूको तौल बढ्ने
गर्दछ ।।हर्मोनको परिवर्तनः- बिहे पछि परिवर्तन हुने जिवनशैली तथा चाहानाका कारण महिलाहरूको शरिरमा हर्मोन तिब्र रुपमा परिवर्तन गराउँछ, जुन तौल बढाउन जिम्मेवार छ । उमेरको असरः- विभिन्न अनुसन्धानका अनुशार बिहेपछि बढ्दो उमेर सँगै महिलाहरूको मेटा`बो`लिजमको दर कम हुदै जान्छ । जस कारण शरिरमा भएको बोसोको घट्ने प्रकिया कम हुन्छ र तौल बढ्छ ।।सामाजिक दबाब कम हुनुः- महिलाको लागि बिहे अघि राम्रो देखिन तथा राम्रो पती पाउनका लागि आफ्नो शरिरको फिटनेसलाई विशेष ध्यान दिएका हुन्छन् तर बिहे पछि यो दबाब कम हुन्छ , जसकारण महिलाहरु आफ्नो फिटनेसमा ध्यान दिदैनन् र तौल बढ्न जान्छ ।।धेरै टिभी हेर्नुः- प्रायजसो बिहे पछि
हाम्रो समाजमा श्रीमान कामका लागि बाहिर जान्छन् भने श्रीमती गृहणी को रुपमा घरमै बस्ने प्रचलन रहेको छ। दिउसोको खाली समयमा टेलिभिजन हेर्नु उनिहरुको सामान्य दैनिकी कुरा हो । जसबाट उनिहरुको शरिर शारिरिक रुपले निष्क्रिय रहने हुदाँ मोटोपन बढ्छ । गर्भवती अवस्थाः- सामान्यतया बिहे भएको १–२ बर्ष पछि धेरैजसो जोडीहरु सन्तान जन्माउने गर्दछन। महिला गर्भवती हुँदा आउने हर्मोनको परिवर्तन तथा चुस्त पोषणको कारणले मोटोपन बढ्ने गर्दछ ।।लापर्वाहीः- बिहेअघि महिलाहरु आफ्नो खानपिनलाई नियन्त्रणमा राखेका हुन्छन। तर बिहे पछि जिवनशैलीको कारण खानपिनमा खासै ध्यान दिन पाउदैन्न त्यसैले तौल बढ्छ । यसैगरी चिसो बढेपछि तातोपानीमा नुहाउनेको भीडसमेत बढेको छ ।
यो पनि पढ्नुहोस
एक्लो जीवन रोमाञ्चक हुन्छ कि वैवाहिक जीवन ?
जीवन विताउनका लागि श्रीमान् वा श्रीमती नै चाहिन्छ त रु दाम्पत्य जीवन विताउनै पर्छ रु यसमा एउटा ठूलो जमातले सहमतिको टाउको हल्लाउन सक्छन् । तर, एउटा जमात यस्ता पनि छन्, जो दाम्पत्यलाई बन्धन ठान्छन् र त्यसबाट उन्मुक्त जीवन विताउन राजी हुन्छन् । विवाह गर्नैपर्छ भन्नेमा सबैको राय मिल्छ भन्ने छैन ।
कतिपय यस्ता हुन्छन्, जो विवाहलाई अनिवार्य ठान्दैनन् । उनीहरु विवाह नगरी एक्लो जीवन विताउनमै कल्याण मान्छन् । अहिले त केसम्म हुन्छ भने, कुनै पुरुष वा महिलाबाट सन्तान जन्माउने र अविवाहित आमा वा बुवाको रुपमा जीवन विताउने ।
विवाह गर्नैपर्छ त
न त विवाह हाम्रो परम्परा हो । संस्कृति हो । प्रकृतिले पनि दुई विपरित लिं’गीको समायोजनलाई स्विकारेको छ । सृष्टि निरन्तरताको लागि पुरुष र महिलावीच संसर्ग हुनैपर्छ । उनीहरु शारीरिक रुपमा एक हुनैपर्छ । प्रकृतिको यो नियमले पनि पुरुष र महिलालाई अलग अलग राख्दैन । उनीहरुको दुई ज्यानलाई एकाकार गराउँछ । विवाहको प्रचलन विश्वमै छ । हाम्रा पितापूर्खाहरुले यसलाई निरन्तरता दिदै आए ।
पौराणिक शास्त्रहरुले यसको महत्व र आवश्यक्तालाई उजागर गरिदिए । विवाह आफैमा व्यवस्थित र नियोजित कर्म हो, जसले वंश परम्परालाई निरन्तरता दिन्छ । पूर्विय संस्कारमा जीवनको विभिन्न संस्कार उल्लेख गरिएको छ । त्यसमध्ये एउटा संस्कार विवाह पनि हो । विवाहपछि मानिसहरु गृहस्थी जीवनमा प्रवेश गर्छन् । गृहस्थी जीवन भनेको दाम्पत्य एवं पारिवारिक संरचनाको निर्माण गर्नु पनि हो ।
त्यसो भए विवाह गर्नैपर्छ त
यसमा मत विभाजित छ । विवाह गर्नैपर्छ भन्ने केही छैन । हाम्रै ऋषिमुनीहरुले व्रम्हचार्यको महत्वमाथि पनि मन्थन गरेको छ । दाम्पत्य जीवन मात्र होइन कामवासना र यौ न बाट समेत मुक्त भएर पालना गर्ने आचार संहिता हो यो ।
विवाह बन्धन कि बाध्यता
हुन त विवाहलाई हामी ‘वन्धन’ पनि भन्छौं । अर्थात ‘विवाह वन्धन’ । उन्मुक्त जीवन विताउन चाहनेहरुका लागि यस्तो वन्धन स्विकार्य हुँदैन । उनीहरु विवाह गर्ने, पति वा पत्नीसँग आफुलाई समायोजन गर्ने, बालबच्चा जन्माउने, हुर्काउने, घर व्य वहार चलाउने कुरालाई झन्झट ठान्छन् । र, अनावश्यक पनि । जीवनलाई मस्त भो ग गर्नका लागि उनीहरु विवाह नगरी बस्न रुचाउँछन् ।
हामी भन्छौं पनि ‘विवाह एक सम्झौता हो ।’ यसमा आफुले चाहेजस्तो, आफुले खोजेजस्तो सबै कुरा प्राप्त हुँदैन । फरक पृष्टभूमी, फरक सोंच र फरक प्रवृत्तिका दुई महिला र पुरुष जीवनभर एकाकार हुन वा समायोजन हुँदा उनीहरुले ‘मेरो गोरुको बाह्रै टक्का’ गर्न मिल्दैन पनि ।
यसको अर्थ के भने, विवाह गरेपछि कतिपय आफ्ना रहर, इच्छा, सोंच, चिन्तन त्याग्नुपर्छ । अर्को व्यक्ति पति वा पत्नी को कतिपय गल्ती, कमजोरी पनि स्विकार्नुपर्छ । त्यसैले जीवनलाई जसले जसरी बुझ्छन्, त्यही अनुरुप जिउने छुट छ । विवाह वाध्यकारी होइन । विवाह नगरी पनि जीवन सुखपूर्वक विताउन सकिन्छ ।
गृहस्थी सुखको कुरा
तर, अर्काथरी जो विवाहलाई प्राकृतिक रीत ठान्छन् । उनीहरु यसलाई जीवनकै एक अंश ठान्छन् । एक्लो जीवन निरास र वेसाहारा हुने उनीहरुको बुझाई हुन्छ । त्यही कारण माटोको भर ढुंगालाई, ढुंगाको भर माटोलाई भनेजस्तै जीवनको सुखदुखमा साथ र सहयोग आदनप्रदान गर्दै बाच्नका लागि विवाहलाई अपरिहार्य मान्छन् । उनीहरु गृहस्थी जीवनमै सुख खोज्छन् ।
विभिन्न अध्ययनले के पनि देखाएको छ भने, विवाहित पुरुष वा महिलाभन्दा अविवाहितहरुको आयु कम हुन्छ । एउटा उमेर चरणमा पुगेपछि उनीहरुमा एक्लोपन, छटपटी हुन्छ र त्यसैले विभिन्न किसिमको समस्या पैदा गर्छ । जबकी दाम्पत्य जीवन विताइरहेकाहरुले अक्सर एक्लोपनको अनुभव गर्नु पर्दैन । अनलाईन खबर बाट