
काठमाडौं । नेपाल कमन्युष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘बिप्लव’ को दम्पती पहिलोपल्ट मिडियामा आएर देखाए आफ्नो झुपडी घर । बिप्लवको श्रीमती शुभद्रा मल्ल पहिलोपल्ट मिडियामा आएर आफ्नो दुख सुखका कुराहरु सुनाएकी छिन् । दुई छोरा र एक छोरीलाई पढ्न छोडेर आफू श्रीमान संगै भूमिगत बसेको बताएकी शुभद्राले आफूलाई झुपडीमा बस्दा आनन्द आउने कुरा खुलाएकी छिन् ।
नेताहरुको श्रीमतीले ठूलो घर गाडीको रहर राख्ने तर बिप्लवको श्रीमती झुपडीमा बस्दा दुख लागेन भन्दा श्रीमती शुभद्राले भनिन्, “मेरो श्रीमानले देश र जनताको लागी आफ्नो जीवन भूमिगत रहेर बिताउनु भएको छ । मेरो कर्तव्य र धर्म हो श्रीमानको लागि सुख सुविधा त्यागेर वहाँको सोचमा हिड्न । म खुशी छु कि आज जनताले मेरो श्रीमानलाई साथ दिनुभएको छ ।”
बिप्लव दम्पती अहिले दुई कोठाको झुपडीमा बसिरहेका छन् । यहि झुपडी घर पछाडी भने एउटा पक्का घर बनाउदैछन जुन उनलाई पार्टी र शुभचिन्तकको सहयोगमा बनिरहेको छ । आफू बसेकै निवास नजिकै पार्टी कार्यालय पनि बनिरहेको बिप्लवले उल्लेख गरेका छन् ।