शुक्रबार १५ मंसिर २०८०

काठमाडौं । आइतबार तान्जानियामा यात्रुवाहक विमान दुर्घटना हुँदा १९ जनाको ज्यान गएको थियो । खराब मौसमका कारण विमान भिक्टोरिया तालमा दुर्घटना भएको हो ।

विमानमा जम्मा ४३ जना सवार थिए । दुर्घटनामा ४५ वर्षीया महिलासहित २४ जनाको ज्यान जोगिएको थियो । यो डरलाग्दो दुर्घटनालाई स्मरण गर्दै मास्ट्रिडा स्यामुएल नामकी महिलाले भनिन्, ‘म कसरी बाँचेँ, मलाई थाहा छैन, भगवानलाई मात्रै थाहा छ ।’

रिपोर्टका अनुसार मास्ट्रिडाले भनिन् ‘हामी अवतरण गर्न लागेका थियौं तर खराब मौसम र भारी वर्षाका कारण विमान तालमा खस्यो । म त्यो पल भुल्न सक्दिन, त्यो बेला म धेरै असहाय महसुस गरिरहेकी थिएँ। विमान पानीमा डुबेलगत्तै विमानमा पानी तिब्र गतिमा पस्न थालेपछि यात्रुले आफूलाई बचाउने प्रयास गर्न थाले ।’

समयमै सिट बेल्ट खोलेर विमानबाट बाहिर निस्कन सकेका कारण आफ्नो ज्यान जोगिएको उनी बताउँछिन् । उनी भन्छिन् ‘विमानमा पानी भरियो त्यसैले म पौडी खेल्नु परेको थियो। विमानको चालक दलका सदस्यले आपतकालीन ढोका खोल्न मद्दत गरे। चालक दलका एक सदस्यले मलाई विमानको आपतकालीन ढोका खोल्न मद्दत गरे, जसका कारण हामी बाहिर निस्कन सफल भयौं ।’

मृतक मध्ये केही विमान दुर्घटना पछि मद्दतको लागि गएकाहरू पनि छन्। रिपोर्टका अनुसार विमान दुर्घटनापछि केही मछुवाहरु सहयोगको लागि दौडेर घटनास्थलतर्फ गएका थिए । विमानमा फसेका यात्रुलाई उद्धार गर्न खोजिरहेका एक मछुवाले विमानका पाइलटलाई उद्धार गर्ने क्रममा आफू बेहोस भएको बताएका छन् ।

यात्रु विमानभित्रै फसेको उनले बताए । तिनीहरूलाई बचाउन सजिलो थिएन। विमानको पछाडिको झ्याल तोडेर भित्र पस्यौँ । भित्र पानी भरिएको थियो । मानिसहरु सिटमा बेहोस थिए । कतिपयले सिट बेल्ट हटाउन खोजिरहेका थिए ।

घटनास्थलबाट १९ शव फेला परेको र हाल पहिचान भैरहेको अधिकारीहरुले बताएका छन् । तान्जानियाका प्रधानमन्त्री कासिम मजालिवाले घटनाको स्वतन्त्र अनुसन्धान गरिने बताएका छन् ।

यस भयानक घटनामा २४ जनाको ज्यान जोगिएको थियो । कागेराका क्षेत्रीय आयुक्त अल्बर्टले उद्धार टोलीले विमानको भग्नावशेषलाई पानीबाट बाहिर निकाल्न सफल भएको बताए । यो तान्जानियाबाट आएको प्रेसिजन एयरको विमान थियो।

विमान बुकोबा विमानस्थलमा अवतरण गर्न लागिएको थियो। यो विमानस्थल लेक भिक्टोरिया नजिकै रहेको तर नोभेम्बर ६ का दिन बिहान विमानले बुकोबा विमानस्थलमा अवतरण गर्ने प्रयास गरे पनि खराब मौसमका कारण विमान भिक्टोरिया तालमा ठोक्कियो ।

विमान दुर्घटनाको तस्विरमा विमानको पछाडिको भाग तालको पानीबाट बाहिर निस्किएको देख्न सकिन्छ भने पूरै विमान पानीमा डुबेको थियो । यो घटनापछि माछा मार्नेहरु डुंगा लिएर सहयोगका लागि घटनास्थलतर्फ दौडे । केही माछा मार्नेहरूले पौडी खेलेर विमानभित्र फसेका यात्रुहरूलाई उद्धार गर्ने प्रयास गरेका थिए।

प्रतिक्रिया


Last Updated on: November 8th, 2022 at 2:35 pm
३६९ पटक हेरिएको

तपाईको प्रतिक्रिया