बिहिबार १४ मंसिर २०८०

काठमाडौँ / सरकारले सम्झौ’ता गरेर पनि भारतबाट खोप नआएपछि अब उत्तरी छिमेकी मित्रराष्ट्र चीनबाट खोप खरिद गर्ने तयारी अघि बढाइएको छ । सरकारले निटक भविष्यमा नै चीनबाट ४० लाख डोज खोप खरिद गर्न लागेको हो । चीन सरकारले यसअघि १८ लाख डोज खोप भने अनुदान मार्फत नेपाललाई उपलब्ध गराइसकेको छ ।

खोप उत्पादक राष्ट्रहरूले को’रोना विरु’द्धको खोप खरिदका लागि ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ नीति अवलम्बन गर्नुपर्ने बताएपछि सरकारले खोप खरिद गर्न सो श’र्त पालना गर्न तयार समेत भएको छ ।

नेपालले खोप खरिदका लागि प्रस्ताव गर्दा चिनियाँ कम्पनीले मूल्य लगायतका विषय सार्वजनिक नगर्ने गरी नेपालले खोप खरिदका लागि प्रस्ताव गर्दा चिनियाँ कम्पनीले मूल्य लगायतका विषय सार्वजनिक नगर्ने गरी ‘डिस्क्लोजर एग्रिमेन्ट’ गर्नुपर्ने श’र्त अघि सारेको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा हालै बसेको को’भिड–१९ व्यव’स्थापन निर्देशक समितिको दोस्रो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ४० लाख डोज खोप खरिद गर्न लागिएको जानकारी गराएका थिए । को’रोना नियन्त्रणका खोप अपरिहार्य रहेको बताउँदै खोप खरिदको गृहकार्य भइरहेको उनले स्पष्ट पारेका थिए । याे ख’बर राज’धानी दैनि’कमा छ । तस्विर :- फाईल ।]


Last Updated on: June 20th, 2021 at 12:59 am
३९२ पटक हेरिएको

तपाईको प्रतिक्रिया