मंगलबार २३ जेठ २०८०

रोनाल्डोले कोकको बोतल हटाएको घटनाले पार्यो विश्वभर प्रभाव, करिनादेखि करिश्मासम्मले भने ‘कोक होइन पानी पिउँ’
June 20, 2021 5
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
काठमाडौ । चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोले युरो कपको पत्रकार सम्मेलनमा आफ्नो टेबल अगाडिको कोकको बोतल हटाएको घटनाले विश्वव्यापी चर्चा पाएको छ । संयोग कस्तो भयो भने त्यो दिन कोकाकोलाको शेयर मार्केट अरवौँमा तल झर्यो । तर आयोजक संस्थाले प्रयोजकको पेय पदार्थका वोतल पत्रकार सम्मेलनका बेलामा टेवलवाट नहटाउन चेतावनी पनि दिइसकेको छ । त्यसो गरेको देखिए जरिवाना तिराउने चेतावनी पनि दिएको छ ।

ब्यवसायीक रुपमा यो विषय यसरी हल गरिए पनि यसले विश्वभर चर्चा भने पाएको छ । बलिउड अभिनेत्री करिना कपुर देखि नेपाली कलाकार करिश्मा मानन्धरले समेत यसवारे प्रतिकृया दिएका छन् । उनीहरुले पनि कोकाकोला होइन पानी पिउन आग्रह गर्दै सार्वजनिक आह्वान गरेका छन् ।

सो घटनापछि नै कोकाकोला कम्पनीलाई ४ अर्ब अमेरिकी डलर घाटा भएको थियो। त्यसपछि युरो कपका आयोजकले विज्ञापनका लागि राखिएका कोक, बियर लगायतका बोतल हटाएमा जरिवाना गरिने नियम बनाएको छ।

विश्वभर चर्चामा आएको यस विषयमा रोनाल्डोको समर्थन गर्दै भारतीय अभिनेत्री करिना कपुर र नेपालकी अभिनेत्री करिश्मा मानन्धरले पनि पानी पिउनमा जोड दिएका छन्।

करिश्मा फेसबुकमा सोडा हालिएका पेय पदार्थको कम्पनीमा आफूले काम गरेको बताउँदै त्यस्ता पेय पदार्थले विषको रुपमा काम गर्ने बताउँछिन्।

यस्तै करिनाले भने इन्स्टाग्राम स्टोरिमा आफूले अभिनय गरेको चलचित्र ‘जब वि मेटको’ एउटा दृश्य सार्वजनिक गरेकी छिन्।

त्यहाँ उनले पानीको बोतल पक्रिएकी छिन्। सो फोटोमा उनले लेखेकी छिन्,‘कोकाकोला, सोडा आफ्नै ठाउँमा छन् तर पानीको काम मात्र पानीले नै गर्दछ।’


Last Updated on: June 20th, 2021 at 7:01 pm
५०७ पटक हेरिएको

तपाईको प्रतिक्रिया