शुक्रबार १५ मंसिर २०८०

पाँचथर — आज नेपालका १६ औं राष्ट्रिय विभूति एवं किरात धर्मका प्रर्वतक महागुरु फाल्गुनन्द लिङ्देनको १ सय ३८ औं जन्म जयन्ती । विशेषगरी प्रदेश १ सहित किरात धर्मावलम्बीको बाहुल्य रहेका विभिन्न स्थानमा उल्लासपूर्वक मनाइँदैछ ।

फाल्गुनन्द जयन्तीका अवसरमा आज विशेषत: पाँचथरको फिदिम, लव्रेकुटी, शिलौती सहित ताप्लेजुङ इलाम, तेह्रथुम, धनकुटा र मोरङ लगायत स्थानका माङहिममा किरात धर्मावलम्बीहरुले विभिन्न कार्यक्रम र पूजाआजासहित यो दिवस मनाउँदै छन् ।

यो अवसरमा प्रदेश १ सरकारले यो आज सार्वजनिक बिदा दिएको छ । विक्रम सम्वत् १९४२ साल कात्तिक २५ गते इलामको चुक्चिनाम्वामा जन्मिएका फलामसिंह लिङ्देन (फाल्गुनन्द) ले १९८८ साल बैशाख २४ गते पाँचथरको शिलौतीमा पूर्वी नेपाल अन्तर्गत १० लिम्बूवान १७ थुमका अग्रजहरुलाई भेला पारेर सत्यधर्म मुचुल्का घोषणा गर्दै समाज सुधारको बिगुल फुकेका थिए ।

सत्यधर्म मुचुल्का जारी गरेपछि फाल्गुनन्दलाई समाज सुधारकका रुपमा लिने गरिएको इतिहास छ ।घर गाउँमा मदिरा सेवनका कारण दैनिकजसो हुने झगडा र मुद्दा मामिला सम्म पुग्ने गर्छन् । फाल्गुनन्दले सत्य धर्म मुचुल्कामा भनेका छन् ।

इलाममा जन्मेर पाँचथरलाई कर्मभूमि बनाई जीवनको अन्तिम घडीसम्म सांस्कृतिक अभियानको ज्ञान पुञ्ज छर्न उद्वत उनले प्रतिपादन गरेको सिद्वान्त र सास्कृतिक अभियानलाई निरन्तरता दिन इलामको बाँझो–(लारुम्बा) र पाँचथरको शिलौती लगायतका स्थानलाई किरात धार्मिक तथा सांस्कृतिक तथा धार्मिक पर्यटन केन्द्रमार्फत प्रचार प्रसार गरिँदैछ ।

उनको निधन २००५ साल चैत २२ गते भएको थियो । फाल्गुनन्दलाई नेपाल सरकारले २०६६ साल मंसिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको थियो ।

Leave a Reply


Last Updated on: November 11th, 2022 at 10:50 am
५३३ पटक हेरिएको

तपाईको प्रतिक्रिया