आइतबार १४ जेठ २०८०

महाकाली नदी गाँउपस्यो, सयौँ घर डुवानमा, वाढीपीडितको पालमुनी बास !
June 20, 2021 8
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
कञ्चनपुर, ६ असार । अबिरल बर्षातका कारण महाकाली नदीमा पानीको सतह बढेसंगै नदी कञ्चनपुरको गाँउ बस्तीमा पसेको हो । महाकालीमा पानीको बहाब बृद्धि भएका कारण नदीमा मिसिने विभिन्न नदीखोला समेत थुनिएका छन । महाकाली नदी कञ्चनपुरको भीमदत्त नगरपालिका १२ र दोधाराचाँदनी नगरपालिका १० क्षेत्रका गाँउमा पसेर सयौँ घर डुवान र विस्थापित भएका छन । निर्माणाधिन महामाली चारलेन सडकका कच्ची संरचना समेत भत्काएको छ ।

चुरे भएर बग्ने भुजेला खोला भीमदत्त नगरपालिका १२ ऐरी क्षेत्रबाट महाकालीमा मिसिन्छ, तर महाकालीमा शनिबारदेखि बढेको पानी उक्त खोला थुनिएर नदीको पानी खोलामा पुगेर सो क्षेत्रका डेढ दर्जन घर डुवानमा परेको भीमदत्त नगरका जनप्रतिनिधीले बताएका छन । भीमदत्त नगरपालिका १२ का वडाध्यक्ष कृष्णसिह देउपाले ठूला नदीमा मिसिने साना खोला थुनिएर नदीकै पानी खोलामा पसेसंगै गाँउ डुवानमा परेको बताए । ‘महाकाली नदीमा मिसिनुपर्ने खोलामा उल्टै महाकाली मिसिएर पानी गाँउ पसेको छ, ‘उनले भने, ‘जनता विस्थापित भएका छन ।’ काठमाण्डौँमा सबेर बनाएका योजनाले उल्टै गाँउबस्ती डुवानमा परेको छ । सो क्षेत्रका वाढिपीडितको विचल्ली भएको छ । उनीहरु पालमुनी रातकाट्न बाध्य भएका छन । स्थानीय पीडित प्रमोद पालले पीडितको पीडा कुनैपनि निकायबाट सम्बोधन नभएको बताए । उनले भोटका लागि आउने पीडा पर्दा नआउने आएपनि पीडा नबुझिदिने समस्याले पीडित निरास बनेको बताए ।


Last Updated on: June 20th, 2021 at 7:05 pm
४१७ पटक हेरिएको

तपाईको प्रतिक्रिया