
रुपा सुनारलाई कोठा नदिने घरबेटी पक्राउ
June 20, 2021 6
काठमाडौं । रूपा सुनारले घरभाडा माग्न जाँदा जातीय विभेद गरेको भन्दै उजुरी दिएपछि घरबेटी पक्राउ परेकी छन् । काठमाडौंको बबरमहलस्थित प्रधान थरकी महिलालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले आइतबार पक्राउ गरेको हो ।
वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक हरिबहादुर सिंहका अनुसार प्रहरीले घरबेटीविरूद्ध गत शुक्रबार नै जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो । रुपाले घरबेटी पक्राउ परेकोबारे पुष्टि गरेकी छन् ।
गत मंगलबार बबरमहलमा आमासँग बस्दै आएकी सञ्चारकर्मी समेत रहेकी रूपा कोठा खोज्न जाँदा थरका कारण आफूले कोठा नपाएको बताएकी थिइन । रूपा इमेज टेलिभिजनको उकाली ओराली कार्यक्रमकी प्रस्तोता हुन् ।
रूपाले आफूमाथि जातीय विभेद भएको भन्दै बिहीबार प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन् । प्रहरीले घरबेटीविरूद्ध जातीय भेदभाव तथा छुवाछूत मुद्दाको दफा ४ को उपदफा ३ बमोजिम जाहेरी दर्ता गरेको थियो ।
काठमाडौं : मनसुनजन्य विपद्मा परेर पछिल्लो एक सातामा १७ व्यक्तिको मृ’त्यु भएको छ । अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परी जेठ ३० यता १० पुरुष, ४ महिला, २ बालक र १ बालिकाको ज्यान गएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । मृ’त्यु हुनेमा सिन्धुपाल्चोकका ३, डोटीका ३, सप्तरी, काभ्रे, गोरखा, जुम्ला, अर्घाखाँची, पाल्पा, कास्की, कालिकोट, बाजुरा, बझाङ र प्युठानका १÷१ जना रहेका छन् ।
यस्तै बाढी, पहि’रो र डुबानमा परी १७ जना घाइते भएका छन् । घाइतेमध्ये १० पुरुष, ४ महिला, १ बालक र २ बालिका रहेका छन् । बाढी, पहिरोमा परी अहिलेसम्म २२ बेपत्ता भएका छन् । जसमध्ये १५ पुरुष, ५ महिला र २ बालक छन् । उनीहरूमध्ये सिन्धुपाल्चोकका मात्रै २० र बाजुरामा १ र रुपन्देहीमा १ जना छन् । वेप’त्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
बाढी तथा पहिरोमा परेका सिन्धुपाल्चोकमा ९४ सल्यानमा ८, दाङका ४ र कञ्चनपुरका ३ गरी १०९ जनाको उद्दार गरिएको छ । उक्त घटनाबाट प्रभावित स्थानमा भएको क्षति न्यूनीकरण र उद्दारमा सम्बन्धित प्रहरी कार्यालयबाट प्रहरी कर्मचारी उद्धारमा सक्रिय रूपमा संलग्न छन् ।
बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने, अवरोध सडक हटाउने काम जारी रहेको छ। गएको वैशाख यता भने विपद्जन्य घटनामा ७१ जनाको मृ’त्यु भएको छ भने २४ जना वेप’त्ता भएका छन् । ती घट’नाबाट ४१ करोड बढीको क्षति भएको राष्ट्रिय विपद् जो’खिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ