बिहिबार ०९ चैत्र २०७९

बाढी, पहिरो र डुबानले १७ जनाको मृ’त्यु
June 20, 2021 6
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
काठमाडौं : मनसुनजन्य विपद्‍मा परेर पछिल्लो एक सातामा १७ व्यक्तिको मृ’त्यु भएको छ । अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परी जेठ ३० यता १० पुरुष, ४ महिला, २ बालक र १ बालिकाको ज्यान गएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । मृ’त्यु हुनेमा सिन्धुपाल्चोकका ३, डोटीका ३, सप्तरी, काभ्रे, गोरखा, जुम्ला, अर्घाखाँची, पाल्पा, कास्की, कालिकोट, बाजुरा, बझाङ र प्युठानका १÷१ जना रहेका छन् ।

यस्तै बाढी, पहि’रो र डुबानमा परी १७ जना घाइते भएका छन् । घाइतेमध्ये १० पुरुष, ४ महिला, १ बालक र २ बालिका रहेका छन् । बाढी, पहिरोमा परी अहिलेसम्म २२ बेपत्ता भएका छन् । जसमध्ये १५ पुरुष, ५ महिला र २ बालक छन् । उनीहरूमध्ये सिन्धुपाल्चोकका मात्रै २० र बाजुरामा १ र रुपन्देहीमा १ जना छन् । वेप’त्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

बाढी तथा पहिरोमा परेका सिन्धुपाल्चोकमा ९४ सल्यानमा ८, दाङका ४ र कञ्चनपुरका ३ गरी १०९ जनाको उद्दार गरिएको छ । उक्त घटनाबाट प्रभावित स्थानमा भएको क्षति न्यूनीकरण र उद्दारमा सम्बन्धित प्रहरी कार्यालयबाट प्रहरी कर्मचारी उद्धारमा सक्रिय रूपमा संलग्न छन् ।

बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने, अवरोध सडक हटाउने काम जारी रहेको छ। गएको वैशाख यता भने विपद्जन्य घटनामा ७१ जनाको मृ’त्यु भएको छ भने २४ जना वेप’त्ता भएका छन् । ती घट’नाबाट ४१ करोड बढीको क्षति भएको राष्ट्रिय विपद् जो’खिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । रासस (फाइल तस्बिर)


Last Updated on: June 20th, 2021 at 7:37 pm
३४८ पटक हेरिएको

तपाईको प्रतिक्रिया