बिहिबार १४ मंसिर २०८०

काठमाडौं । नायीका आँचल शर्माको वास्तविक दवाडी हो । तर पनि उनी शर्मा थरवाट चर्चित छन् । उनले एक वर्ष अघि डा उदिप श्रेष्ठसंग विवाह गरेकी छन् । उनको विवाहको समयमा निकै चर्चा भयो । उनले लगाएको लुगा र गहनाको चर्चा भयो भने हेलिकप्टर लिएर रिसेप्सनमा आएको कुराले पनि निकै चर्चा पायो ।

आँचल शर्मा र उनका साथी पल शाहको बारेमा आँचलको विवाह अघि उनीहरुको सम्बन्धलाई लिएर चर्चा गरिन्थ्यो । पल र आँचलको प्रेम रहेको र आँचलले पललाई धोका दिएर उदिपसंग विवाह गरेको सम्मका चर्चा सामाजिक सञ्जालमा भए । तर अहिले ति चर्चा विस्तारै सेलाउँदै गएको छ ।

एउटै फिल्मवाट काम सुरु गरेका उनीहरुले एक सय भन्दा बढी म्युजिक भिडियो छन् ।अहिले आँचल फेरी चर्चामा छन् । उनी १० दिनको विपश्यता ध्यानमा गएर फर्केर आएपछि सामाजिक काममा निकै सक्रिय छन् । उनको ब्यवहार र बोल्ने, सोँच्ने शैली पनि परिवर्तन भएको छ ।

उनले निकै भावुक र दार्शनिक कुरा गर्न थालेकी छन् ।आफुहरुको सम्बन्ध फरक भएका कारण दुई जनाको फरक फरक ब्यक्तिसंग विवाह भए पनि आँप नाम र जोडी भने संधै रहने उनले बताएकी छन् । धेरै फिल्ममा पलसंग खेलेका कारण दर्शकले मन पराएर बनाइदिनु भएको आँप जोडी संधै रहन्छ, उनले भनिन् यो नामले इतिहास बनाउन सक्छ ।

तर प्रष्ट हुनुस् हाम्रो प्रेम भने होइन । पलसंगै नाई नभन्नु ल ४ वाट फिल्म खेल्न सुरु गरेकी आँचलले डा उदिप श्रेष्ठसंग विवाह गरेकी छन् ।यसै क्रममा नायिका आँचल शर्मा र उनका टिमले बिहिबार सिन्धुपाल्चोक पुगेर सहयोग वितरण गरेको छ ।

नायिका आँचलको साथमा निर्देशक मिलन चाम्स, बसन्त निरौला, कलाकार रितेश चाम्स, ओएसआर डिजिटलका प्रमुख ओम अग्रवाल लगायतको टिमले सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीबाट विस्थापित भएका परिवारलाई खाद्यन्न वितरण गरेको हो ।

सिन्धुपाल्चोक पुगेर फर्किएपछि नायिका आँचल शर्माले त्यहाँको परिस्थिती कहालीलाग्दो रहेको उल्लेख गरेकी छिन् । उनले, सबैको सपना मेलम्चीले बगाएर लगेको भन्दै सबै नेपालीहरु एकजुट भएर सिन्धुपाल्चोकबासीका बगेका सपनालाई पूल बनेर पुरानै लयमा फर्काउनुपर्ने बताएकी छिन् ।

उनले, यो अवस्थामा जसले जसरी सकिन्छ, त्यसरी नै सहयोग गर्नुपर्ने बताएकी छिन् । मेलम्चीमा बाढीले वितण्डा मच्चाएर सयौ मानिसहरुलाई विस्थापित गरेपछि कलाकारहरुले पनि सहयोग वितरणलाई तिव्रता दिएका छन् ।नायिका आँचल शर्माले चलचित्र ‘नाई नभन्नु ल ४’बाट चलचित्र क्षेत्रको यात्रा तय गरेकी हुन् ।

यो चलचित्रमा नायिका वर्षा राउत पनि मुख्य नायिकाको रुपमा थिइन् । चलचित्र हिट भएपनि यसको सम्पूर्ण जस आँचललाई गएन । यसपछि, आँचलले सोलो नायिकाको रुपमा ‘ब्ल्याक, जोनी जेन्टलम्यान’ लगायतका चलचित्रमा काम गरिन् । यी दुबै चलचित्र बक्स अफिसमा सुपर फ्लप भए ।

आँचलले समुहमा काम गरेको चलचित्र ‘शत्रु गते, दाल भात तरकारी’ बक्स अफिसमा हिट भएपनि यसको जस उनलाई गएन । आँचलले सोलो नायिकाको रुपमा काम गरेको चलचित्र बक्स अफिसमा सुपर फ्लप हुँदा उनले समुहमा काम गरेको चलचित्र भने हिट भएको छ ।

यसैले, पनि आँचलले हिट चलचित्रको जस आफूले लिन पाएकी छैनन् ।नायिका आँचल शर्मा आफ्नो बोलीका कारण बारम्बार चर्चामा आउँछिन् । आँचलले अन्तरवार्ता दिने क्रममा बोलेको कैयो बिषयहरु सामाजिक संजालमा अहिले पनि भाइरल छन् । तर, बिहेपश्चात भने उनी बारम्बार ट्रोलको शिकार भैरहेकी छिन् ।

बिहेको पार्टीमा लगाएको १६ लाखको लेहेंगा होस् या हालै मात्र पब्जी र टिकटकको बिषयमा बोलेको कुराले नै किन नहोस्, आँचल ट्रोलको शिकार भइन् ।हुनत, आँचललाई यस्ता ट्रोलमा आउने प्रतिक्रियाले हैरान बनाउँछन् । तर, यसलाई वेवास्ता गर्दै अगाडि बढ्नु अहिलेको समयमा सेलिब्रिटीका लागि सहज भने छैन ।

अर्कोतिर, आँचल शर्माको बिषयमा विभिन्न खालका चर्चा गर्न चलचित्र क्षेत्र भित्रकै चलचित्रकर्मी पनि पछाडि छैनन् । यो कुरा आँचललाई पनि राम्रोसँग थाहा छ ।विहेपछि पनि पलप्रति आँचलको मायामा पनि कमी भएको देखिएको छैन । यसैसाता एक टेलिभिजनसँगको अन्तर्वार्तामा आँचलले पलको खुलेर प्रशंसा गरेकी छिन् ।

पललाई उनले महानायककै संज्ञा दिएकी छिन् ।को’रोना महामारीमा पलको समाजसेवाको प्रशंसा गर्दै आँचलले उनी समाजका लागि वास्तविक नायक भएको बताइन् । ‘यस्तो विषम परिस्थितीमा पनि पलजी खट्नुभएको छ । देशका लागि उहाँको चिन्ता देखिन्छ ।

उहाँ महानायकभन्दा पनि बढी हो’ आँचलले प्रशंसा गरेकी छिन् ।‘ग्ल्यामर गफ्’ नामक टकसोमा पललाई लिएर सोधिएका प्रश्नमा समेत आँचल पजेटिभ सुनिइन् । कोरोना भाइरस महामारी साम्य भए फिल्म निर्माण गर्ने बताउँदै आँचलले फिल्म क्षेत्रको दुःख बुझ्ने संचारमन्त्री नियुक्त हुनु जरुरी भएको बताइन् ।


Last Updated on: June 20th, 2021 at 7:43 pm
८६८ पटक हेरिएको

तपाईको प्रतिक्रिया