बुधबार २४ जेठ २०८०

सिन्धुपाल्चोक, ६ असार –

यही असार १ गतेको मेलम्चीको बाढीमा बेपत्ता भएका मध्ये थप एक जनाको शव भेटिएको छ । बाढीमा हराइरहेका पाँचपोखरी थाङपाल गाँउपालिका—२ का ६३ वर्षीय ठकुरी स्याङ्बोको शव पहिचान भएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिनुभयो ।बाढीबाट मृ त्यु हुनेको संख्या चार पुगेको छ भने अझै २१ जना बेपत्ता छन् ।

चामेमै रोकियो सेनाको हेलिकप्टर-मनाङको बाढीपहिरो पीडितका लागि राहत लिएर आएको नेपाली सेनाको हेलिकप्टर मौसम खराबका कारण सदरमुकाम चामेमै रोकिएको छ । विघटित प्रतिनिधिसभा सदस्य पोल्देन छोपाङ गुरुङसहित स्थानीय तहका पदाधिकारी सवार हेलिकप्टर राहत लिएर मनाङको बाढी प्रभावित क्षेत्रमा आएको हो ।

मनाङको विभिन्न स्थानका बाढीपीडितका लागि राहत लिएर आएको हेलिकप्टरमा इन्धन राख्न पोखरा लागि उडेको थियो तर मौसम खराब भएकाले पुनः सदरमुकाम चामे नै फर्किएको हो । मौसम अनुकूल भएपछि हेलिकप्टर पोखरा प्रस्थान गर्नेछ ।

बाढीपीडितलाई दैनिक उपभोग्य सामग्रीसहित तत्कालका लागि आवश्यक पर्ने त्रिपाल, टेन्ट, म्याटलगायतका राहत सामग्री ल्याइएको जनाएको छ । गएको मङ्गलबार मनाङको विभिन्न स्थानमा भीषण वर्षापछि यहाँका बाटो क्षत्विक्षत् भएर गाडीसमेत आवागमन हुन सकेका छैनन् ।(रासस)


Last Updated on: June 21st, 2021 at 2:12 am
३६० पटक हेरिएको

तपाईको प्रतिक्रिया