आइतबार २१ जेठ २०८०

“म कार्यालयबाट टाढा बसेर काम गर्ने प्रमु`ख कार्यकारी अधिकृत जस्तै हुँ,” टाढा सम्म देखिएको हरियो धान खेत हेर्दै श्रीधर भेम्बुले भने । श्रीधर र उनका दुई भाइ मिलेर सन् १९९६ मा अमेरिकाको क्यालिफोर्निया स्थित सिलिकन भ्या`लीमा जोहो स्थापना गरे। अहिले सो क्लाउड-आधारित सफ्टवेयर कम्पनीमा ९,५०० कर्मचारी छन् र फोर्ब्स पत्रिकाले उनी`हरूको सम्पत्ति अढाई अर्ब रहेको अनुमा`न गरेको छ।

तर क्यालि`फोर्नियामा करिब तीन दशक बिताए`पछि श्रीधरले शान्त ठाउँमा सर्ने निर्णय गरेर दक्षिण भारतको एउटा सानो दुर्गम गाउँमा बसाइँ सरे।उनी बस्ने हराभ`रा गाउँ चेन्नाइबाट ६०० किलोमिटर टाढा रहेको तेन्कासी जिल्लामा पर्वत शृङ्ख`लाको फेदमा पर्छ। त्यहाँ २,००० भन्दा कम मानिस बस्छन्। त्यहाँ बाटो छैन।

पानी छैन र ढल सुविधा छैन। बिजुली छ तर अनिय`मित छ। त्यसैले भेम्बु डिजेलबाट चल्ने जेनरेट`रमा भर पर्छन्।सिलिकन भ्यालीभन्दा यो धेरै नै भिन्न छ। भेम्बुले कसरी त्यहाँ`बाट काम गरिरहेका छन् त ? एउटा महत्त्व`पूर्ण सुवि`धा इन्टरनेटले दिएको छ त्यसैले श्रीधर उच्च गतिको इन्टरनेट सम्पर्कमा रहन्छन् ।

एउटा ठूलो र सफल कम्पनी`का हाकिम भएका का`रण उनलाई केही फाइदा पनि छ। “मूल रूपमा मेरो भागमा महत्त्वपूर्ण नीतिहरूको काम आइपर्छ। कम्प`नी अहिले ठूलो भएकोले धेरै निर्णय`हरू टोलीसँग रहेर हामी स्थानीय रूपमै गर्छौँ,” उनले भने।

कुनै पनि वरिष्ठ कार्यकारी वा व्यक्ति`गत सहयोगी उनी नजिक बस्दैनन्। तर पनि यी डिजिटल उद्यमी दैनिक कामकाजमा व्यस्त रहन रमाउँछन्। “मैले एउटा टोली`को प्रत्यक्ष रूपमा नेतृत्व गर्छु। म प्रोग्राम`हरूसँग निकट भएर काम गर्छु र प्रविधि सम्बन्धी केही गहन परियोजनामा काम गर्छु। सफ्टवेयर टोली`सँग काम गर्ने इन्जिनि`यरहरू विश्वभरिबाट छन्।”

भेम्बु हालै बनाइएको दुई वटा शयन कक्ष भएको एउटा फार्म हाउसमा बस्छन् र गाउँले तरिका`को जीवन मन पराउँछन्। उनको घर वातानुकूलित छैन र कारको सट्टा उनी एउटा विद्यु`तीय रिक्सा र साइकल चलाउँछन् । उनी बेलाबेला स्थानीय मानिससँग कुरा गर्न गाउँको चिया पसलमा जान्छन्। “मैले यहाँ खुब रमाइलो जीवन बिताइरहेको छु। मैले यहाँका र छिमेकी गाउँका मानिस`हरूबारे धेरै थाहा पाउ`न सकेको छु।”

उनी अहिले सामा`न्य जिन्स र टिसर्टमा देखिन्छन् र कहिलेकाहीँ भारतका धेरै पुरुषले जस्तै उनी धोती लगाउँछन्। सञ्चारमाध्य`ममा उनका बारे समा`चार आउने भ`एर उनलाई स्थानीयले चिन्छन्। तर पनि उनी आफूलाई सेलिब्रेटी ज`स्तो मान्दैनन् । उनले आफ्नो गाउँको नाम प्रकाशित नगर्न भनेका छन् किनभने उनी मानि`सहरू खबरै नगरी नआ`उन् भन्ने चाहन्छन्।

“यहाँको ग्रामीण सामा`जिक जीवन निकै फरक छ। मानिसहरूसँग राम्रो साथी बनाउने समय छ। मानिस`हरूले घरमा खाना खान बोला`उँछन्। हालसालै म जब छिमेकी गाउँ गएँ मैले सायद १०/१५ जनासँग कुराकानी गरेँ।” भेम्बुका अनुसा`र उनी कहिल्यै पनि धनी र तडकभडक भएका व्यापारी थिए`नन् त्यसैले उनी यो गाउँ`मा सर्नु अघिको आफ्नो जीवन सम्झँदैनन्।

“मैले कहिल्यै पनि गल्फ खेलिनँ। म कहि`ल्यै पनि सामा`जिक प्राणी थिइनँ। म व्यापारका लागि यात्रा गर्थेँ तर अब त यी सबै भिडिओ मार्फतनै हुन्छ।” आफ्नो उद्योगमा आएका पछिल्ला कुराबारे थाहा पाउन उनी सामा`जिक सञ्जा`ल प्रयोग गर्छन्। को’रोना भाइरसको विश्वव्यापी महामारीले धेरै मानिसलाई घर`बाटै काम गर्न बाध्य पारेको छ। तर भेम्बु भने यस खेलमा निकै अघि थिए।

उनले म`हामारी अगाडि नै कर्मचारीहरू`लाई घरबाट काम गर्ने सुविधा दिएका थिए। उनको जोहो नामक कम्पनीले १० वर्षअघि नै भारतको तामिल`नाडू राज्यमा कार्या`लय स्थापना गरेको थियो। त्यस`यता जोहोले भारतका थुप्रै ग्रामीण भेगमा ३० भन्दाबढी साना कार्यालय हरू खोलिसके`को छ।

उनी किन यहाँ आए ? भेम्बु भारतमा जन्मि`एका हुन् र आफ्नो स्कुले दिनमा बिदाको समय पु`र्ख्यौली घरमा बिताएको समय सम्झन मन पराउँछन्। अध्ययनका लागि अमेरिका गए पनि र उतै काम भए पनि उनी सधैँ भारत`को आफ्नो गाउँमा उनी फर्किन चाहन्थे। श्रीधर`ले जब सान फ्रान्सिस्कोको बे एरिया छोडे उनको उक्त निर्ण`यप्रति उनका सहकर्मीहरू आश्चर्यच`कित भएनन्।

“एक तरिका`ले भन्ने हो भने श्रीधरले सधैँ कार्याल`यमा नरही टाढा रहेर नै काम गरे । जब उनी क्यालिफोर्नि`यामा थिए, हाम्रा ९० प्रतिशत भन्दा बढी कर्मचारीले भारतको चेन्नाइ`स्थित कार्यालयबाटै काम गरे,” जोहो कम्प`नीको मार्केटिङ तथा कस्टुमर एक्सपिरियन्स`का उपप्रमुख प्रबल सिंहले भने।


Last Updated on: June 21st, 2021 at 2:19 am
४१२ पटक हेरिएको

तपाईको प्रतिक्रिया