मंगलबार २० मंसिर २०७९

परेवाजस्तै देखिने यो सुन्दर चरा कति राम्रो छ। हलुका हरियो—पहेँलो रंगको हुने भएकाले यसलाई ‘हरियो चरा’ तथा अंग्रेजीमा ‘ग्रीन पिजन’ भनिन्छ। नेपालमा पनि पाइने यो चरा भारत, श्रीलंका, बंगलादेश, पाकिस्तान तथा कम्बोडिया र चीनमा पनि देख्न सकिन्छ।

यो ट्रेरन फेओनीकोप्टेरा प्रजातिको चरा हो। दुर्लभ प्रजातिमा सूचीकृत यसको मासु नरम हुन्छ। त्यसैले यसको शिकार धेरै हुने गरेको छ।

यसको आवाज विस्तारै सिट्ठी बजाउँदा निस्किएको जस्तै मधुर सुनिन्छ। कहिलै पनि यसले जमिनमा टेक्दैन। यदि कुनै बा’ध्यात्मक कारणले जमिनमा टेक्नुपर्ने भएमा आफ्नो खुट्टामा एउटा काठको टु’क्रा वा रुखका साना हाँगाको टु’क्रालाई चेपेर मात्रै भुइँमा आउँछ।

पानी पिउनका लागि पनि यो जमिनमा आउँदैन। रुखको पातमा जमेको वा शीत परेका ठाउँमा गएर यसले आफ्नो प्यास मेटाउँछ। त्यसैले यो जातका चरा सदावहार जंगलमा बस्न रुचाउँछन्। यो चराको आयु लगभग २६ वर्ष हुन्छ।

अग्ला–अग्ला पीपल तथा बरका रुखमा गुँड बनाएर बस्न रुचाउने यो चरालाई घनाजंगल मन पर्छ। यो पूर्णतः शाकाहारी चरा हो। यसले फलफूल तथा टुसा उम्रिएका बिउहरू खान्छ। पाकेको फल खान पाउँदा असाध्यै खुसी हुन्छ। त्यस्तो फल भेट्यो भने खुसी भएर विभिन्न कला देखाउँदै खान्छ।

यो चरा लजालु स्वभावको हुन्छ। मानिसलाई देख्यो भने लजाएर लुक्न खोज्छ। यदि लुक्न सकेन भने पनि आफ्नो चुच्चो लुकाउन खोज्छ। यसले आफ्नो जीवनकालमा एउटा मात्रै साथी बनाउँछ। र, त्यसैसँग जीवन कटाउँछ।

यो सामाजिक चरा हो। समूहमा बस्न रुचाउने यिनीहरूको हुल ५ देखि १० वटाको हुन्छ। यिनीहरू प्रायः समूहमै उड्छन्। यिनीहरूको प्रजनन समय चैत महिनादेखि जेठसम्म हुन्छ। एकपटकमा यसले एक वा दुईवटा अन्डा दिन्छ। अन्डाको भालेपोथी दुवैले स्याहार गर्छन्।

 

Leave a Reply

मकवानपुर :

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले मुलुकको व्यवस्था परिवर्तन गर्न नयाँ शक्तिको जित आवश्यक रहेको बताएका छन्।

सोमबार मकवानपुर क्षेत्र नं १ को पदमपोखरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लिङ्देनले पुराना दलहरुका कारण मुलुकको व्यवस्था नै असफल भएको भन्दै अब मुलुकको व्यवस्था परिवर्तन गर्न नयाँ शक्तिको जित आवश्यक रहेको बताए।

उनले ठूला भनिएका पार्टी तथा नेतालाई धेरै पटक विजयी बनाए पनि देशको अवस्था उही रहेकाले एकपटक राप्रपालाई मतदान गर्न आग्रह गरे।

लिङ्देनले अहिलेसम्मका निर्वाचनमा ठिक पार्टी र ठिक नेता चुन्न नसकेकै कारण दुःख पाएको भन्दै यसपटक मतदाताहरु सचेत रहनुपर्ने धारणा राखे। उनले कांग्रेस, माओवादीभित्रका कार्यकर्ताले समेत राप्रपालाई मतदान गर्न आग्रह गरे।

कार्यक्रममा अभिनेत्री मनिषा कोइरालाले वीपीको सिद्धान्तलाई सम्झेर आफूले राप्रपालाई समर्थन गरेको बताइन्। उनले लिङ्देनको नेतृत्वमा राप्रपाले राम्रोसँग देश र जनताको सेवा गर्ने विश्वास व्यक्त गरिन्।

मुलुक अहिले अप्ठेरो अवस्थामा रहेकाले जनताले सचेत भएर देशको नेतृत्व चयन गर्नुपर्ने उनको भनाइ छ ।

काठमाडौं,  कतारमा हुने फिफा विश्वकप फुटबल हेर्न अतिरिक्त शुल्क तिर्नु पर्ने भएको छ । विश्वकप फुटबल हेर्ने ग्राहकसँग अतिरिक्त शुल्क लिने मिडिया हब प्रालिको निर्णयविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै सर्वाेच्च अदालतले अतिरिक्त शुल्क लिन पाउने बाटो खोलिदिएको छ ।

उक्त रिटमाथि सुनुवाइ गर्दै २२ कात्तिकमा सर्वाेच्च अदालत न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले अतिरिक्त पाँच सय रुपैयाँ शुल्क उठाउने मिडिया हबको निर्णय कार्यान्वयन नगर्न/नगराउन अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

तर, बुधबार यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले उक्त अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिन आदेश गरेको छ ।मिडिया हबको ४ मंसिरबाट कतारमा हुने विश्वकप फुटबल हेर्ने ग्राहकसँग अतिरिक्त पाँच सय शुल्क लिने निर्णयविरुद्ध अधिवक्ताहरु किशोर पौडेल, अनुपम भट्टराईले सर्वाेच्च अदालतमा रिट दायर गरेका थिए ।


Last Updated on: November 18th, 2022 at 11:54 am
८६ पटक हेरिएको

तपाईको प्रतिक्रिया