बुधबार १० आश्विन २०८०

काठमाडौं । नेपाली चलचित्र जगतको सफल टिमका रुपमा मानिएको ‘छक्का पञ्जा’टिममा जितु नेपाल औपचारीक रुपमै वाहिरिएको देखिएको छ । हास्यटेलिश्रंखला हुँदै चलचित्र उद्योगमा प्रवेश गरेको टिम छक्का पञ्जा सबैभन्दा शक्तिशाली समुह मानिन्छ । त्यसको एक बलियो कलाकार जितु नेपाल पनि हुन् ।

हास्य क्षेत्रका चर्चित कलाकारहको यो समुहले उत्कृष्ट फिल्म बनाउदै आएको छ । यो टिममा कति कलाकार छुट्टिए भने कति नयाँ जोडिए । कलाकारहरु सिताराम कट्टेल र निर्मल शर्माले यो समुह धेरै अगाडी नै छाडिसकेका छन् ।

तर पछिल्लो समय सम्म जितु नेपाल पनि संगै थिए । त्यसैले जितुले संचालन गर्ने कार्यक्रम कमेडी शो मा पनि अध्यक्षको रुपमा दीपाश्री निरौला थिइन् । तर उनलाई दोस्रो सिजनमा निकालिएको छ ।

कलाकार तथा निर्देशक दिपाश्री निरौलाको आवाजमा रहेको ‘धनियाँ के होली’ गीतको भिडियोमा छक्का पञ्जाका सबै कलाकारहरुले अभिनय गरेका छन् । तर, जितु नेपाल भने देखिदैनन् । यसले पनि जितु नेपाल छक्का पञ्जाबाट अलग्गिएको सहजै अनुमान लगाउन सकिन्छ ।

जितु नेपालले विवादमा मुछिएँगै दीपालाई हटाएर मुन्द्रेको कमेडी क्लबमा अध्यक्षमा नायिका करिश्मा मानन्धरलाई राखेका थिए । यद्धपी उनीहरुले यसवारेमा सार्वजनिक अभिब्यक्ति दिँदै सम्बन्ध नराम्रो छैन भनेका थिए ।


Last Updated on: March 23rd, 2021 at 3:27 am
१६९७ पटक हेरिएको

तपाईको प्रतिक्रिया