शुक्रबार १५ मंसिर २०८०

काठमाडौँ। कोरियोग्राफर तथा कन्टेम्पोरेरी डान्सर जेडी तमु र डासिङ्ग स्टार नेपालका विजेता छिरिङ शेर्पा मिलेर अग्लाे ठाउँमा नृत्य गरेर कीर्तिमान कायम गरेका छन्।

बिहीबार ​सर्बोच्च शिखर सगरमाथाको काखमा पर्ने कालापत्थर,पाँच हजार ६०० मिटर उचाइमा उनीहरूले नृत्य गरेर यो कीर्तिमान कायम गरेका हुन्।

यो शीर्षकमा विश्व कीर्तिमान कायम गर्ने विश्वभरिबाटै पहिलो टोली हो। विभिन्न नेपाली लोक नृत्य समायोजन गरी तीन मिनेट लामो प्रस्तुति गरिएको थियो। नेपाली कला संस्कृति र पर्यटनलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम गरेको बताइएको छ।

नृत्यलाई सरस्वती धिमालले कोरियोग्राफ गरेकी हुन्, जसलाई प्रेम पौडेलले छायांकन गरेका थिए।

प्रतिक्रिया

मकवानपुर :

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले मुलुकको व्यवस्था परिवर्तन गर्न नयाँ शक्तिको जित आवश्यक रहेको बताएका छन्।

सोमबार मकवानपुर क्षेत्र नं १ को पदमपोखरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लिङ्देनले पुराना दलहरुका कारण मुलुकको व्यवस्था नै असफल भएको भन्दै अब मुलुकको व्यवस्था परिवर्तन गर्न नयाँ शक्तिको जित आवश्यक रहेको बताए।

उनले ठूला भनिएका पार्टी तथा नेतालाई धेरै पटक विजयी बनाए पनि देशको अवस्था उही रहेकाले एकपटक राप्रपालाई मतदान गर्न आग्रह गरे।

लिङ्देनले अहिलेसम्मका निर्वाचनमा ठिक पार्टी र ठिक नेता चुन्न नसकेकै कारण दुःख पाएको भन्दै यसपटक मतदाताहरु सचेत रहनुपर्ने धारणा राखे। उनले कांग्रेस, माओवादीभित्रका कार्यकर्ताले समेत राप्रपालाई मतदान गर्न आग्रह गरे।

कार्यक्रममा अभिनेत्री मनिषा कोइरालाले वीपीको सिद्धान्तलाई सम्झेर आफूले राप्रपालाई समर्थन गरेको बताइन्। उनले लिङ्देनको नेतृत्वमा राप्रपाले राम्रोसँग देश र जनताको सेवा गर्ने विश्वास व्यक्त गरिन्।

मुलुक अहिले अप्ठेरो अवस्थामा रहेकाले जनताले सचेत भएर देशको नेतृत्व चयन गर्नुपर्ने उनको भनाइ छ ।

काठमाडौं,

कतारमा हुने फिफा विश्वकप फुटबल हेर्न अतिरिक्त शुल्क तिर्नु पर्ने भएको छ । विश्वकप फुटबल हेर्ने ग्राहकसँग अतिरिक्त शुल्क लिने मिडिया हब प्रालिको निर्णयविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै सर्वाेच्च अदालतले अतिरिक्त शुल्क लिन पाउने बाटो खोलिदिएको छ ।

उक्त रिटमाथि सुनुवाइ गर्दै २२ कात्तिकमा सर्वाेच्च अदालत न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले अतिरिक्त पाँच सय रुपैयाँ शुल्क उठाउने मिडिया हबको निर्णय कार्यान्वयन नगर्न/नगराउन अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

तर, बुधबार यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले उक्त अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिन आदेश गरेको छ ।मिडिया हबको ४ मंसिरबाट कतारमा हुने विश्वकप फुटबल हेर्ने ग्राहकसँग अतिरिक्त पाँच सय शुल्क लिने निर्णयविरुद्ध अधिवक्ताहरु किशोर पौडेल, अनुपम भट्टराईले सर्वाेच्च अदालतमा रिट दायर गरेका थिए ।


Last Updated on: November 18th, 2022 at 12:47 pm
१२८ पटक हेरिएको

तपाईको प्रतिक्रिया