मंगलबार २० मंसिर २०७९

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले फिफा विश्वकप २०२२ अवलोकनको निम्ति टिकट उपलब्ध गराउने एक जना भाग्यशाली दर्शकको टिकट नम्बर सार्वजनिक गरेको छ ।

एन्फाले बिहीबार आफ्नो आधिकारीक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गर्दै बुधबार सम्पन्न नेपाल र पाकिस्तानबिचको मैत्रीपूर्ण खेलमा खरिद गरिएका टिकटमध्ये लक्की ‘ड्र’ बाट एक जना दर्शकको टिकट नम्बर सार्वजनिक गरेको हो ।

एन्फाले लक्की ‘ड्र’ मार्फत सार्वजनिक गरेको दर्शकको टिकट नम्बर ११ हजार दुई सय रहेको छ ।

उक्त टिकट साधारण प्यारापिटर्फत पाँच सयका दरले खरिद गरिएको टिकट भएको एन्फाका महासचिव किरण राईले प्रत्यक्ष प्रसारणमा जानकारी गराएका छन् ।

फिफा विश्वकप अन्तर्गत ब्राजिल र क्यामरुनबिचको खेल अवलोकन गर्नको लागि एन्फाले उक्त टिकट उपलब्ध गराउने छ ।

ब्राजिल र क्यामरुनबिचको खेल डिसेम्बर २ मा हुनेछ । उक्त खेल नेपाली समयानुसार राति १२:४५ बने शुरु हुनेछ ।

साथै उक्त टिकट ३० देखि ३५ हजार मुल्य बराबरको रहेको एन्फाले जनाएको छ ।

लक्की ‘ड्र’ मार्फत ११ हजार दई नम्बरको टिकट खरिद गर्ने दर्शलाई पाँच दिनभित्र उक्त टिकटको अर्धकट्टी लिएर एन्फामा सम्पर्क गर्न समेत आग्रह गरिएको छ ।

त्यस्तै महासचिव किरण राईले उक्त भाग्यशाली दर्शकलाई टिकट मात्र उपलब्ध गराउँने जानकारी गराउँदै खान र बस्नको सम्पूर्ण व्यवस्था खुद आफूले नै गर्नुपर्ने समते जनाएका छन् ।

साथै एन्फाले नेपाल र पाकिस्तानबिचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा कुल ४ हजार ५ सय ४२ वटा टिकट बिक्री भएको र पाँच हजार दरका दुई वटा टिकट मात्र बिक्री भएको पनि जनाएको छ।

Leave a Reply

म्याङलुङ-

करेसाबारी र आँगनको शोभा बढाउँछ फूलले । घरको शोभा बढाउन मात्र होइन यति बेला व्यावसायिक रुपमा फूल खेती गर्न पनि थालिएको छ । विभिन्न चाडपर्व, कार्यक्रम र उत्सवमा फूलको मालाको प्रयोग हुन थालेपछि व्यावसायिक रुपमा फूलखेती गर्नेहरु बढेका छन् । तेह्रथुमको फेदाप गाउँपालिका–२ ओयाक्जुङका किसान महेन्द्र तामाङले रु एक लाख लागतमा फूल खेती गर्नुभयो । तिहारमा फूलको माग बढी हुने र जिल्लामा अरु फूल व्यावसायिक पनि नभएकाले उहाँ फूल खेती सुरु गर्नुभयो ।

थोरै लगानीबाट मनग्य आम्दानी लिने सोचका साथ फूल खेती गर्नुभएका तामाङले लगाएको फूल यति बेला खेर गइरहेको छ । तिहार लक्षित गरेर लगाइएको सयपत्री फूल तिहार सकिएपछि फुलेकाले तामाङको मेहनत बालुवामा पानी खन्याएजस्तै भएको छ । यतिबेला उहाँको बारिमा फूल फुलेर ढकमक भएको छ । यस वर्षको तिहार गत वर्षको तुलनामा केही समयअघि भएकाले रोप्ने समयमा ख्याल नगरी रोप्दा नोक्सान बेहोर्नुपरेको महेन्द्रकी श्रीमती अम्बिका तामाङले बताउनुभयो ।

उहाँ भन्नुहुन्छ, “अरु नै खेती गर्दै आएका थियौ । फूल खेतीबाट राम्रो आम्दानी लिनको लागि धरानबाट दुई सय पाँच सय बिरुवा ल्याई तीन रोपनी क्षेत्रफल जग्गामा लगाइएको फूल अहिले खेर गइरहेको छ । अरु नै खेती लगाको भए अलि अलि भए नि आम्दानी हुन्थौँ । फूल लगाएर बेकार भयो । लगानी नै फसेको गुनासो गर्नुभयो ।”

फूल बिक्री हुने समय सकिएकाले फूल त्यतिकै बारीमै खेर जाने तामाङको भनाइ छ । उहाँ भन्नुहुन्छ, “धेरै राम्रो फूल भए तापनि बिक्री नभएपछि के गर्नु बाख्रालाई खुवाएर नि सकिँदैन । ठूल्ठूला सहरमा बाह्रै महिना फूलको माग हुने गर्छ अरे तर यहाँ त त्यहाँसम्म पु¥याउने बाटोघाटो नि छैन । यहाँ त यतिकै नास भएर जाने भयो ।”


Last Updated on: November 18th, 2022 at 1:59 pm
१७० पटक हेरिएको

तपाईको प्रतिक्रिया