बुधबार २० मंसिर २०८०

धारामा पानी भर्दै गरेकी महिलाको पहिरोले पुरिएर मृत्यु
June 21, 2021 5
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
बझाङ : धारामा पानी भरिरहेको अवस्थामा बझाङमा पहिरोमा पुरिएर एक महिलाको मृत्यु भएको छ। प्रहरीका अनुसार तलकोट गाउँपालिका–६ रजाडामा पहिरोमा पुरिएर ६० वर्षीया सुना दमाईको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी रुपक खड्काका अनुसार शुक्रबार धारामा पानी भर्ने बेला माथिबाट जमिन भासिएर पहिरो जाँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

यो पनि पढ्नुहोस्
बिरामी श्रीमानको मृत्यु भएपछि श्रीमतीले अस्पतालमै गरिन् आत्महत्या
म्याग्दी स् ललितपुरस्थित नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरमा उपचाररत बिरामीको मृत्युपछि उनकी पत्नीले अस्पतालमै आत्महत्या गरेकी छन् । म्याग्दीको मालिका गाउँपालिका–५ का ४५ वर्षीय पुरुषको मृत्युपछि कुरुवा बसेकी उनकी पत्नीले अस्पतालमै आत्महत्या गरेको ललितपुरकी प्रहरी

उपरीक्षक किरण बज्रचार्यले जानकारी दिइन् । ‘क्यान्सरबाट पीडित श्रीमानलाई किमोथेरापी गराउन उनले केही दिन अगाडि काठमाडौं ल्याएकी रहिछन्’, एसपी बज्रचार्यले भनिन्, ‘तर उपचारको क्रममा बिहीबार राति मृत्यु भएपछि अस्पतालकै बाथरुमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा उनको शव शुक्रबार बिहान फेला परेको हो ।’

घटनाबारे थप अनुसन्धान भइरहेको एसपी बज्रचार्यको भनाइ छ । ती पुरुषलाई गत जेठ १९ गते पोखरास्थित मणिपाल अस्पतालले काठमाडौं रिफर गरेको थियो । अस्पतालका सीईओ डा। बच्चुकैलाश कैनीले श्रीमानको मृत्युको पीडा सहन नसकेर आत्महत्या गरेको हुन सक्ने बताए । ‘बिहीबार राति करिब १ बजेतिर नर्सहरु

राउन्डमा गएर उनको श्रीमानको अवस्थाबारे जानकारी लिएका रहेछन् । त्यसबेलासम्म उनी कुरुवा रुममै सुतिरहेकी थिइन्’ उनले भने । श्रीमानको राति नै मृत्यु भएको र त्यसपछि उनले आत्महत्या गरेको अस्पतालको भनाइ छ । शुक्रबार बिहान बाथरुम नखुलेपछि अस्पतालका कर्मचारीहरुले प्रहरीलाई खबर गरेका थिए ।


Last Updated on: June 21st, 2021 at 11:47 am
४८६ पटक हेरिएको

तपाईको प्रतिक्रिया