मंगलबार १२ मंसिर २०८०

ज्यो. ठाकुरप्रसाद बराल /

जन्म: पूर्व राजा ज्ञानेन्द्रको जन्म वि.सं. २००४ साल असार २३ गते सोमबार, चतुर्थी तिथिमा साँझको ९:४९ बजे काठमाडौंमा भएको बताइन्छ । प्राप्त समयलाई आधार मान्दा यिनको जन्मको नाम सतभिषा नक्षत्रको दोस्रो पाउ ‘सा’ अक्षरबाट बनेको हो ।

अशु’भता

यिनको राशी कुम्भ र लग्न मीन हो । यिनको जन्म पञ्चक भित्र परेको, शुक्लपक्ष चतुर्थी भद्रा भित्र पनि परेकोले अशुभ हुन्छ भनी जन्मको केही समयसम्म मावलीमा पालिएको हुन सक्छ । कुम्भको चन्द्रमा बाह्रौँमा छ ।

अर्कोतिर दुइ केन्द्रको मालिक शुक्र केन्द्रमा मित्रगृही भएर बसेको छ र केन्द्रमा बसेका तीन तीन ग्रहले राज्य भावमा पूर्ण दृष्टि दिइरहेको पाइन्छ । सुखको मालिक वुध साथमा रहेर बुधादित्य योग निर्माण गरिरहेको छ । यहाँ बुध पनि वक्री अवस्था मै छ । यो अत्यन्त शुभ संकेत हो ।

दीर्घायु

लग्न मालिक गुरू वक्री भयेर आठौ स्थानमा रहेको छ यसले दीर्घायु देखाउँछ । सूर्य राज्य वा राजनीतिको कारक ग्रह केन्द्रमा बसेर राज्यभावलाई पूर्ण दृष्टि दिइरहेको छ । वृहस्पति आठौँमा बसेर विदेश यात्राभावमा दृष्टि दिइरहेको छ ।

सिंहासन

राहू पराक्रम भावमा बसेर राज्यभावमा मङ्गल समेतले संयुक्त दृष्टि दिई सिंहासन योग पनि बनाइरहेको पाइन्छ। त्यसैमा भाग्यको मालिक मङ्गल समगृही भएर युति गरिरहेछ । यी दुबै ग्रहले राज्यभावमा पूर्ण दृष्टि दिइरहेका छन् । मङ्गल तृतीय स्थानमा रहनु परा’क्रमको दृष्टिले राम्रो मानिए पनि दाजुभाइका लागि राम्रो मानिदैन ।

दुर्घ’टना

त्यसमा पनि राहू मिसिएकोले दाजुभाइमा दुर्घ’टनाको सङ्केत दिएको पाइन्छ । भाग्येश र पराक्रमेश भयेर मङ्गल परा’क्रम भावमा बसेको छ । केही न केही नगरी चूपचाप बसिरहने व्यक्तित्व हैन ।

तीर्थाटन

नवौभावमा वसेको केतुले पवित्र नदी र धार्मिक स्थलहरूमा भ्रमण गराउँछ । पूर्व राजा ज्ञानेन्द्रको कुण्डलीमा कल्प वृक्ष,वेशी,उभयचरी, बुधादित्य योग समेत बनेका छन् । सूर्य चौथो भावमा स्वगृही,बुध र शुक्रको साथमा छ।

दशौ र चौथाको मालिकहरू एक अर्कामा स्थान दृष्टि रहेका छन्।

सन्तानमा शनि प्रभाव

शनि पाँचौ भावमा हुनु असल मानिँदैन । पाँचौ शनिले सन्तानमा असलपन देखिदैन । तर पनि छोराका माध्यमले मध्यपूर्वबाट सहयोग मिल्नेछ सक्ने छ । भाग्यभावमा केतु भयेकाले धार्मिक कार्यमा तीर्थाटन प्रशस्त हुनेछन् । यहाँ मङ्गल नवौको स्वामी तेस्रोमा राहूसँग बसेको छ ।

वाल्यकालमा सिंहासन

त्यसैका कारण यिनी आफ्नो उमेर ३ वर्ष ४ महिनाको अवधिमा पहिलो पटक राजा भए । यिनलाई मङ्गल पत्नी भ्रामरीको महाद’शामा भ्रामरीकै अन्तरमा राज्य सिंहासन थोरै समयको लागि पहिलोपटक प्राप्त भयेको थियो ।

यता राहूको अन्तरमा अष्टम भाव ओगटेर बसेका बृहस्पतिको अन्तर पनि चलिरहेको थियो । तर बुध पत्नी भद्रिका आएपछि सत्ता गुम्यो ।

दोश्रोपटक सिंहासन

दोश्रो पटक सिद्धा शुरू हुनु पूर्वै ५३ र १० मा राज्य प्राप्त भयो । तर सिद्धाकै म’हादशामा उल्का शुरू हुनासाथ खोसियो । उल्काले प्राय स्थान,मान र प्रतिष्ठा गु’म्ने नै गरेको पाइन्छ,उल्काले आफै पद छोड्न प्रेरित गर्दछ। यसबेला चौथाको मालिक बुधमा बुधकै अन्तरमा राज्य प्राप्त भयेकोमा स्थान साटासाटमा बलवान भयेर बसेको पुत्र स्वामी द्वादश गृही चन्द्रको अन्तरमा आफ्नै कम’जोरीले खो’सियो ।

यहा ज्ञानेन्द्रलाई चौथो भाव स्थित वुध,शुक्र,सूर्य र नवौ केन्द्र स्थित केतुले राज्य दिएको देखिन्छ । साथै अनायास चिट्ठा जस्तो पद प्रतिष्ठा पराक्रम भाव स्थित राहूले दिने गर्छ । तर विदेश स्वामी शनिको राशी जुन शनि पाचौ भावमा बसेको छ,चन्द्रले खो’सिदियो अर्थात् विदेशीहरूको सहयोगमा खो’सियो । ६० वर्ष १० महिना २१ दिनमा यिनी सिंहा’सनच्यूत हुन पुगे ।

राहूबाट राजयोग

मृगपति वृष कन्या कर्कटस्थे च राहौ ।।
भवति विपुल लक्ष्मी राजयोगाधियो वा ।।

५,२,६,४ राशिमा राहू बसेको छ भने त्यो मानिस विपुल सम्पत्तिका साथ राजाधिराज हुन्छ भनिएको पाइन्छ। । यहा ज्ञानेन्द्रको कूण्डलीमा साथ रहेको राहुले राज्य सत्ता जादुझै दियो र खो’स्यो ।

अब के हुन्छ ?

अहिले ज्ञानेन्द्र उमेरले ७३ वर्ष ११ महिना पुगेका छन् । अब वर्ष ७३/११/१८ देखि केतुको महादशामा वृहस्पतिको अन्तर चल्दैछ । धर्मको क्षेत्रमा केतु रहेकोले ज्ञानेन्द्रलाई धार्मिक सदभाव उच्च रूपमा वढेर आउनेछ । त्रिकोणको मालिक वा त्रिकोणस्थ ग्रहको समयमा व्यापक मान सम्मान प्राप्त हुनेछ । केतुको महा’दशामा वृहस्पतिको अन्तर यसै महिनाबाट शुरु हुदैछ ।

गोचरमा असार महिनामा सूर्य बुध नै आफ्नो ठाउँमा प्रवेश गर्दैछन् । राहु तेस्रोमा भयेर उचित मार्ग देखाइरहेको छ । हाल शनि (विदेश) र राहू (बुढापाकाहरू)ले अनुकूल वातावरण बनाए पनि बौद्धिक बर्गको साथ पाउन सकेको देखिँदैन । अर्को वर्ष वृहस्पति पनि अनुकूल भयेर आफ्नै राशिमा विचरण गर्दैछन् त्यसैले बौद्धिकवर्गले पनि साथ देलान् । अर्को वर्ष मुलुकको लग्नलाई पनि लग्नमा आफ्नै राशिमा पुगेका वृहस्पतिले दृष्टि दिनेछन् । त्यसपछि मुलुकले पूर्व राजा ज्ञानेन्द्रलाई खोज्ने योग रहेको छ ।

अनुकूल समय

तर पूर्व राजा ज्ञानेन्द्रलाई बुध र सिद्दाको अन्तरमा नै राज्य प्राप्त गर्ने योग अनुभवले देखाएकोले ७६ बर्ष ३ महिना र ७७ वर्ष बुधको अन्तर बीचमा फेरि सत्ता प्राप्त हुन सक्ने योग रहेको छ । त्यसबेला भने राज्यको कुनै पनि स्थानमा व्यापक भूमिकाको खोज्ने छ ।

अब फेरि लगातार राज्यले यिनको सहभागिता विना व्यव’स्थापनमा अप्ठ्यारो महसुस गर्नेछ । राज्यको वर्तमान प्रणालीलाई केही कठि’नाइहरू उत्पन्न हुन्छ । राजा नै हुनेछन् भनेर त सकिन्न तर राज्यमा फेरि यिनलाई सम्मानित ठाउँमा लानै पर्ने अवस्था आउनेछन् र गु’मेको सम्मान फिर्ता हुनेछ । – यो सा’मग्री नेपाल समाचा’रपत्रबाट सा’भार गरिएको हो


Last Updated on: June 21st, 2021 at 11:56 am
५२६ पटक हेरिएको

तपाईको प्रतिक्रिया