मंगलबार १२ मंसिर २०८०

त्रिभुवन विमानस्थलमा सोमवार देखियो अनौठो दृष्य ! स्थानिय डराए ? वास्तविकता यस्तो रहेछ
June 21, 2021 5
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
काठमाडौ । सोमवार विहान काठमाडौ स्थित त्रिभुवन अन्तराष्टिय विमानस्थलको आकासमा अनौठो दृष्य देखियो । एउटै विमान घरी उड्ने फेरी बस्ने र फेरी उड्ने गरिरहेको थियो । त्यो जहाज विमानस्थल माथि फन्को लगाउँथ्यो फेरी आएर बस्थ्यो । यस्तो देखेपछि विमानस्थल वरपरका बासिन्दा अचम्म परे । एउटै जहाज छिनमै उड्ने र बस्ने गरेको देखेपछि स्थानियको मनमा चिसो पस्यो । कतै कुनै विपत पो आयो की ?

तर यो कुनै विपद्को संकेत थिएन । अहिले निषेधाज्ञा भएका कारण विमानस्थल माथिको आकास खाली छ । विमानहरु उडेका छैनन् । यही मौकामा विमान कम्पनीले आफ्ना पाइलटहरुलाई जहाज उडाउने अभ्यास गराइरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार पाइलटले हवाईजहाज उडाउने अभ्यास गरिरहेकाले यस्तो दृष्य देखिएको बताएका छन् ।

सोमबार बिहानैदेखि हिमालय एयरलाइन्सले आकाश खालि भएको मौकामा आफ्ना पाइलटलाई अभ्यास गराइरहेका कारण यस्तो दृष्य देखिएको उनले बताए । त्यही भएर हिमालय एयरलाइन्सको हवाईजहाज छिनमै उड्न र छिनमै बस्ने गरिरहेका छन् ।


Last Updated on: June 21st, 2021 at 11:59 am
५७१ पटक हेरिएको

तपाईको प्रतिक्रिया