
काठमाडौं/ अभिनेत्री निरुता सिंह दशौं नेफ्टा अवार्डमा सहभागी भएकी छन् । उनी अब चाँडै नै दर्शकमाझ नयाँ फिल्म लिएर आउँदै छिन् ।
निरुता पछिलो पटक मह जोडीको ‘दालभात तरकारी’मा अभिनय गरेकी थिइन् । उनले अब भने ‘दर्पण छायाँपछि‘ फिल्म लिएर आउने बताइन् ।
निरुताले भनिन्, ‘म उत्तम जी र दीलिप जी मिलेर दर्पण छायाँपछि बनाउँदै छौं ।’ यो फिल्ममा निरुता, उत्तम प्रधान र दीलिप रायमाझीकै मुख्य भूमिका रहनेछ । फिल्मको निर्देशन उत्तम प्रधानले गर्नेछन् ।
फिल्म ‘दर्पण छायाँ’ नेपाली फिल्म क्षेत्रको सर्वाधिक सफल र रुचाइएको फिल्म हो । यसलाई तुलसी घिमिरेले निर्देशन गरेका थिए ।