बुधबार १० आश्विन २०८०

काठमाडौ ।

गण्डकी प्रदेशमा विना विभागीय मन्त्री दीपक मनाङेले भौतिक पूर्वाधार मन्त्रालय आफुलाई दिन माग गरेका छन् । मुख्यमन्त्री कष्णचन्द्र नेपाली पोखरेलले मन्त्रीपरिषद् विस्तार गर्दा उनलाई विना विभागीय मन्त्री राखेका छन् ।

मनाङेकै कारण उनले मुख्यमन्त्रीमा चुनाव जितेका थिए । सुरुमा गृहमन्त्रालय माग गरेको भएपनि अब उनले आफ्नो दावी भौतिक पूर्वाधार मन्त्रालयमा भएको बताएका छन् ।

नेपाल प्रेसलाई अन्तरवार्ता दिँदै उनले गण्डकी प्रदेशमा प्रहरी प्रशासनले राम्रै काम गरेकाले आफुलाई गृहमन्त्रालयमा काम गर्न आवश्यक नभएकाले मनाङको विकासका लागि पनि भौतिक पूर्वाधार मन्त्रालय आफुले सम्हाल्नुपर्छ भन्ने लागेका छन् ।

मनाङमा फेरी पनि एमालेसंगै मिलेर चुनावमा जाने उनको योजना छ । पृथ्वीसुब्बाले मनाङको विकासमा ध्यान नदिएकाले उनलाई मुख्यमन्त्रीवाट हटाउनका लागि मात्र आफुले अहिले पोखरेललाई साथ दिएको बताएका छन् ।

हाम्रो अहिले ७ वटा जिल्ला बाढी पहिरोबाट प्रभावित छ । त्यस क्षेत्रको चिन्ता हो । म आफै भौतिक पूर्वाधार मन्त्री भए हुन्थ्यो भन्ने हो । त्यो मन्त्रालयको नेतृत्व गर्नु एकदमै जरुरी र महत्वपूर्ण छ, उनले अन्तरवार्ताका क्रममा भनेका छन्,

मैले त मनाङको विकास हेर्ने हो । मलाई जिताउनमा पनि कसैको योगदान छैन । आफ्नो जिल्लामा बजेटको ओइरो हाल्ने तर मनाङजस्तो सडक समेत नभएको जिल्लामा बजेट नदिने ? मैले यिनिहरूलाई नमस्ते गरेर बस्ने होइन ।


Last Updated on: June 21st, 2021 at 4:23 pm
४६९ पटक हेरिएको

तपाईको प्रतिक्रिया