
मेलम्ची खोलाले कटान गरेर पोल ढाल्दा सि’न्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर ११ का २८ वर्षीय धर्मराज दुलालको घ:टनास्थलमै मृ’त्यु भएको छ।
मेलम्ची खोलामा आएको बाढीले घरजग्गा कटान गरेपछि बाँध लगाउन एक्साभेटर लिन गएका दुलाललाई सोमबार बिहान ११ बजे करेन्ट लागेको हो।
मेलम्ची नगरपालिका वडा नम्बर १० स्थित बगरमा हिँडिराखेका दुलालको हातमा करेन्ट लागेको स्था:नीय बासिन्दाले जनाएका छन्।
मेलम्चीले कटान गरेर विद्यु’तको पोल ढालेको र उनको हातमा ११ हजार भोल्टको करेन्ट लागेको थियो।
‘विद्युतको पोल ढलेर उहाँलाई करेन्ट लागेको खबर आएको छ,’ जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उप’रीक्षक राजन अधिकारीले भने, ‘उहाँको घ’टनास्थलमै मृ:त्यु भएको छ।’
स्थानीय बासिन्दासँग छलफल गरेपछि शव पो’स्टमार्टम गरिने उनले बताए। मेलम्चीमै पोस्टमार्टम गर्ने तयारी रहेको उनको भनाइ छ।
दुलाल मेलम्ची बजारमा तरकारी पसल चलाउँदै आएका थिए। गत मंगलबार मेलम्चीमा आएको बाढीले उनको जग्गा पनि बगाएको छ।
उनी बाढीपीडितको उ’द्धार र राहतलगायत काममा व्यस्त रहेका थिए।
‘आज पनि उहाँ मेलम्चीले जग्गा कटान गरेपछि बाँध राख्नुपर्छ भनेर एक्साभेटर बोलाउन जानुभएको थियो। बाटोमै करेन्ट लागेर मृ’त्यु भयो,’ घट’नास्थलमा रहेका पत्रकार आदित्य दाहालले भने, ‘उहाँको देब्रे हातमा करेन्ट लागेको छ।’
बाढीले प्रभाव पारेका क्षेत्रमा धरापमा रहेका पोलमा पनि विद्युत छाडेको भन्दै स्थानीय बासिन्दाले नेपाल विद्युत प्रा:धिकरणको कमजोरी रहेको बताएका छन्।
दुलालका श्रीमती, एक छोरा र एक छोरी छन्।
#सेतोपाटी बाट