शुक्रबार ०५ आश्विन २०८०

काठमाडौं : काठमाडौं महानगरपालिका-१८ नरदेवीस्थित सुन बनाउने कारखानाबाट १० तोला सुन लुट्ने ६ जना पक्राउ परेका छन्।

प्रहरी हवल्दारको बर्दी लगाएर उनीहरुले सुनका गहना बनाउने कारखानामा लुटपाट गरेका थिए। भारत घर भएका ३२ वर्षीय सेख मुस्तफा अली र ४५ वर्षीय गौतम माझीले न्युरोडमा सुनका गहना बनाउने कारखाना सञ्चालन गरिरहेका थिए।

चुनावको पूर्वसन्ध्यामा धादिङ घर भई हाल गैरीगाउँ बस्ने २८ मनिला तामाङ, सुमन राईसहित मिलेर पेस्तोल देखाई डर धम्की दिएर सुनका गहना बनाउने कारखाना लुटेका थिए।

जिल्ला प्रहरी परिसरका प्रवक्ता दिनेस मैनालीका अनुसार जिल्ला प्रहरी परिसर र प्रहरी वृत जनसेवाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई काठमाडौंको विभिन्न स्थानबाट प्रक्राउ गरेको हो।

मनिला तामाङको कोठा तलासी गर्दा घटनामा प्रयोग भएको प्रदेश ३-०२-००१ प ६२१७ नम्बरको मोटरसाइकल, घटनामा प्रयोग भएको पेस्तोल १ थान, सोही पेस्तोलमा लाग्ने गोली ४ राउण्ड सहितको म्याग्जिन, जर्सी र ज्याकेट सहितको प्रहरी पोशाक एक जोर बरामद गरेको छ।

यसका साथै उनको कोठाबाट नियन्त्रित लागूऔषध फेनारगन १ सय ९७ एम्पुल, डाईजेपाम १ सय९७ एम्पुल र नुफिन १ सय ९७ एम्पुल बरामद गरेको छ।

काठमाडौं,

कतारमा यही नोभेम्बर २० ९मङ्सिर ४ गते०देखि फिफा विश्वकप फुटबल प्रतियोगिता सुरु हुँदै छ । यसका लागि भव्य तयारी भएको छ । प्रतियोगिता सञ्चालन हुने रङ्गशालाको सजावट र कलाकारिताले रौनक थपिएको छ तर त्यही रङ्गशाला निर्माणका क्रममा ज्यान गुमाएका परिवार वा अङ्गभङ्ग वा दीर्घरोगी भएर वा तोकिएको तलब सुविधा नपाई फर्केका श्रमिकको रोदन कम्ती दर्दनाक छैन ।

रङ्गशाला निर्माणका क्रममा धेरै आप्रवासी श्रमिकरकामदारले पसिना बगाएका छन् र पीडा भोगेका छन् । त्यसमा नेपाली श्रमिकको सङ्ख्या पनि ठूलो छ । यस्तैमध्येकी एक हुनुहुन्छ, मकवानपुर शिखरपानी–१५ की निर्मला पाख्रिन ।

निर्मलाका २४ वर्षे श्रीमानले कतारमा रङ्गशाला निर्माणकै क्रममा ज्यान गुमाए। सानो छोरा र श्रीमतीको लालनपालन र विदेशमा कमाएर स्वदेशमा आएर केही गर्ने सपना बाँडेर विदेशिएका निर्मलाका श्रीमानले कतार गएको १० महिनामै जीवन गुमाए । “रङ्गशाला निर्माणका दैनिक १४ घण्टासम्म काम गर्नुपथ्र्यो न भनेको काम थियो न तलब नै ।

ढलान गरेको पिच फुुटाउने काम दिउँसो ५०–५२ डिग्री सेल्सियसको तापक्रममा गर्नुपथ्र्यो, खानाको त के कुरा पानीसमेत धीत मरुन्जेल पिउन पाइँदैन भन्नुहुन्थ्यो । श्रीमानको मृत्यु हुनुभन्दा एक दिनअघि मात्रै फोनमा कुराकानी भएको थियो । त्यही नै अन्तिम रहेछ, अर्को दिनको दिउँसो त मृत्युको खबर आयो,” निर्मलाले सुनाइन्।

रोजगारदाता कम्पनीले शवसँग पठाएको रिपोर्टमा मृत्युको कारण प्राकृतिक भनिएको छ । रोग नभएको मान्छेको कसरी प्राकृतिक मृत्यु हुन्छ, प्रतिप्रश्न गर्दै निर्मलाले भनिन्, “संसारभरिबाट खेलाडी आउने रङ्गशाला निर्माणमा श्रीमानको मृत्यु भयो । हामीलाई क्षतिपूर्ति चाहिन्छ ।”

कतारमा विश्वकप फुटबल सुरु हुनै लाग्दा कतारको रङ्गशालाको पूर्वाधार बनाउने क्रममा मृत्यु भएका, गम्भीर चोटपटक लागेका, ज्यालाबाट वञ्चित भएका श्रमिक र परिवारलाई क्षतिपूर्ति दिन अन्तर्राष्ट्रिय मानव अधिकारकर्मीले फिफा र कतारमाथि दबाब जारी राखेका छन् ।

त्यसो त कार्यस्थलमा वा सडक दुर्घटनामा परेर ज्यान गुमाउनेका परिवारले क्षतिपूर्ति पाउने व्यवस्था छ तर निर्मलाका श्रीमान् कार्यस्थलमै मृत्यु भएको हो तर उनले अहिलेसम्म क्षतिपूर्ति पाएका छैनन्।

निर्मलाका श्रीमानजस्तै कतारमा रङ्गशाला निर्माणका क्रममा सन् २०१० देखि २०२१ सम्म एक हजार ६४१ जना नेपालीको मृत्युको भएको तथ्याङ्क अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले जनाएको छ ।

एम्नेस्टी इन्टरनेसनलको एक अध्ययनअनुसार कतारमा खेल मैदान बनाउने क्रममा विभिन्न देशका छ हजार ७५० श्रमिकको मृत्यु भएको र त्योभन्दा दोब्बर सङ्ख्याका श्रमिक घाइते र अपाङ्ग भएको पाइएको छ ।

उक्त प्रतिवेदनअनुसार कतारको खेल मैदान बनाउन काम गर्ने क्रममा एक हजार ६४१ जनाको मृत्यु भएको छ । यस्तै भारतीय दुई हजार ७११ जना, बङ्गलादेशका एक हजार १८ जना, पाकिस्तान ८२४ जना र श्रीलङ्का ५५७ जनाको मृत्यु भएको तथ्याङ्क छ । गोरखापत्र दैनिकमा खबर छ ।


Last Updated on: November 24th, 2022 at 3:23 pm
१६६ पटक हेरिएको

तपाईको प्रतिक्रिया