मंगलबार २० मंसिर २०७९

जुम्ला — जुम्लाका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले आर्थिक अनियमितताको भण्डाफोर गर्दै सुशासनयुक्त जुम्ला बनाउने अभियानमा जुट्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले आफू भ्रष्टचार नगर्ने र अरुलाई पनि भ्रष्टाचार गर्न नदिने बताए ।

निर्वाचित भएपछि विजय र्‍यालीको क्रममा खलंगाको बालमन्दिरमा आयोजित सभालाई सम्बोधन गर्दै शाहीले जुम्ली मतदाताले ठूलो आसा र भरोसाले दिएको मतलाई निराशामा परिणत हुन नदिने बताए ।

उनले भने, ‘केन्द्रमा उठेको जुम्लाको आवाजलाई दबाइएको छ । जुम्लाको प्रतिनिधित्वलाई सौतेनी व्यवहारले हेरिन्छ । त्यो सौतेनी व्यवहारको पर्दाफास गर्दै जुम्लीले पनि यो देशमा राज गर्न सक्छन् भन्ने उदाहरण दिन चाहन्छु ।’

अहिलेसम्म सांसद जितेर गएपछि गाउँ फर्कँदैनन् भन्ने आरोपलाई चिर्दै शाहीले भने जुम्लाका सबै स्थानीय तहमा पुगेर मतदाताको दु:ख पीडा सुन्ने बताए । ‘म एक रुपैयाँ पनि भ्रष्टाचार गर्दिनँ । आजका दिनसम्म पनि एक रुपैयाँ भ्रष्टाचार गरेको छैन । अब उप्रान्त जुम्लामा कसैले भ्रष्टचार गर्छु भनेर कल्पना मात्र गर्‍यो भने त्यसलाई जेल हाल्छु । ढुक्क हुनुस,’ उनले भने ।

उनले यस क्रममा आफूलाई कांग्रेस, एमाले, माओवादी र एकीकृत समाजवादीको पनि भोट आएको भन्दै सबैलाई समान व्यवहार गर्नेबताए । उनले भने, ‘साझा एजेण्डा लिएर अघि बढौं, अब जुम्ला बन्छ । जुम्ला बनाउन सबै तयार छौं ।

पोखरा,

म्याग्दीमा जारी मतगणना रोकिएको छ । एकै वडाको एक सय चारवटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएपछि विवाद सुरु भएको हो । विवादसँगै मतगणना रोकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

म्याग्दीमा एक प्रतिनिधिसभा निर्वाचन क्षेत्र र २ प्रदेश सभा निर्वाचन क्षेत्र छन् । हालसम्म सत्ता गठबन्धनका उम्मेद्वारहरूले अग्रता लिइरहेका छन् । नेपाली कांग्रेसका खम्बिर गर्बुजाले पाँच हजार तीन सय ७० मत पाएका छन् भने एमालेका हरिकृष्ण श्रेष्ठले चार हजार ६ सय ४९ मत पाएका छन् ।

यो पनि:राप्रपाका चार उम्मेदवारको अग्रता, समानुपातिकको मतले राष्ट्रिय पार्टीको टुंगो:काठमाडौं, ६ मंसिर:प्रतिनिधिसभामा यसपटक राष्ट्रिय प्रजातन्त्र पार्टीले राम्रै सिट हासिल गर्ने देखिएको छ । मतगणना भइरहेका निर्वाचन क्षेत्रमध्ये चारवटामा राप्रपाले अग्रता हासिल गरेको छ ।

२०७४ को निर्वाचनमा राप्रपाले एक सिट जितेको थियो । वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देनले झापा ३ बाट चुनाव जितेका थिए । तर, समानुपातिकमा राप्रपाले थ्रेस होल्ड कटाउन नसक्दा राप्रपा राष्ट्रिय पार्टी बन्न असफल रह्यो ।

तर, यसपटक राप्रपाले प्रत्यक्षमै धेरै सिट जित्ने प्रारम्भिक अनुमान गरिएको छ । राप्रपा अध्यक्ष लिङ्देन झापा ३, महामन्त्री धवलशमशेर जबरा बाँके १, नेता ध्रुवबहादुर प्रधान नवपरासी १ र ज्ञानेन्द्र शाहीले जुम्लामा अग्रता हासिल गरेका छन् । जसमध्ये लिङ्देनले कांग्रेस उम्मेदवार कृष्णप्रसाद सिटौलासँग करिब एक हजार मतको अग्रता बनाएका छन् । तर, राणा, प्रधान र शाही भने प्रतिस्पर्धी उम्मेदवारभन्दा धेरैले अघि छन् ।

राप्रपाले प्रत्यक्षमा धेरै सिट जिते पनि ३ प्रतिशतको थ्रेसहोल्ड भने कटाउनै पर्छ । उसले यसपटक समानुपातिकमा पाँच लाखभन्दा बढी मत आउने अपेक्षा गरेको छ । तर, अहिलेसम्मको समानुपातिक मत हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले धेरैलाई आश्चर्यमा पारेको छ । उसले एमाले र कांग्रेसलाई सिधा टक्कर दिइरहेको छ । यदि राप्रपाले थ्रेसहोल्ड कटाएमा राष्ट्रिय पार्टी मात्र होइन, एउटा बलियो शक्तिका रूपमा संसदमा उपस्थित हुने सम्भावना प्रबल छ ।


Last Updated on: November 24th, 2022 at 3:34 pm
५९ पटक हेरिएको

तपाईको प्रतिक्रिया