सोमबार १९ मंसिर २०७९

काठमाडौँ। सहकारी संस्थाहरूविरुद्ध उजुरीको चाङ लाग्न थालेपछि काठमाडौं महानगरपालिकाले सहकारी संस्थाहरूका लागि निर्देशन जारी गरेको छ। कोभिड-१९ को महामारीपछि ठूला राष्ट्रहरूबीचको युद्धका कारण विश्वमा आएको आर्थिक मन्दीले निम्त्याएको मूल्यवृद्धिले वित्तीय क्षेत्रमा तरलता अभाव सिर्जना भएसँगै सहकारी क्षेत्रमा गम्भिर संकट देखा परेको छ।

थप ऋण दिन नसक्ने अवस्थामा सहकारी पुगेपछि ठूला निक्षेपकर्ताहरू निक्षेप झिक्न थालेको र सहकारीका सञ्‍चालकहरू सम्पर्कविहीन भएको उजुरी महानगरपालिकामा बढ्दै गएको महानगरपालिकाको सहकारी विभागले जानकारी दिएको छ।

महानगरपालिकाले एक सूचनामा भनेको छ, ‘सहकारी क्षेत्रमा समेत गम्भिर असर परेको जानकारी हामीले कार्यालयमा दिनहुँ पर्न आएका लिखित र मौखिक उजुरीको चापबाट महसुस गरेका छौं। यस्तो संवेदनशील समयमा सहकारी संघ संस्थाहरूले आफ्ना काम कारबाहीलाई जिम्मेवार, इमानदानर, अनुशासित, पारदर्शी एवं विधिसम्मत तरिकाले सदस्य केन्द्रित भई सञ्चालन एवं व्यवस्थापन गर्दै सहकारी सुशासन कायम गर्न हुन निर्देशन सहित अनुरोध गरेका छौं।’

यस्ता छन् सहकारी संस्थाहरूका लागि महानगरका १२ बुँदे निर्देशन –

१. सहकारी संस्थाहरूले यथाशीघ्र सबै सेयर सदस्यहरूलाई उपस्थित गराई साधारण सभा सम्पन्न गरी संस्थाको यथार्थ स्थिति र कारोबारबारे जानकारी गराउने। विश्वसनीयता र अपनत्व ग्रहण गराउनका लागि नियमित रूपले सेयर सदस्यहरूसँग सम्पर्क र संवाद बढाउने।

२. तोकिएको कार्य क्षेत्रभन्दा बाहिर गएर कुनै पनि कारोबार र लगानी नगर्ने।

३. वित्तीय जोखिमको विश्लेषण गरी बढीभन्दा बढी तरलता कायम राख्ने।
४. परिस्थितिको आँकलन गरी अनुत्पादक क्षेत्रहरूमा लगानी नगर्ने।
५. सेयर सदस्यहरूलाई बढी ब्याजदरको लोभ देखाई लामो अवधिको निक्षेप संकलन नगर्ने।
६. सञ्चालक समिति परिवर्तन गर्दा सहकारीको ज्ञान भएको नियमित रूपले संस्थासँग कारोबार भएको व्यक्तिहरूलाई मात्र संस्थाको जिम्मेवारी दिने।
७. कानूनी प्रक्रिया पूरा नगरी तथा कसैको इच्छा बेगर कुनै पनि व्यक्तिलाई सञ्चालक तथा लेखा समितिमा निर्वाचित नगर्ने।
८. कार्यपद्धतिमा सुशासन र निर्णय प्रक्रियामा पारदर्शिता कायम राखी तोकिएको समयभित्र प्रगति विवरण नियमनकारी निकायमा पेस गर्ने।
९. ऋण प्रवाह गर्दा ऋणीको पारिवारिक विवरण र एकाघर परिवारको सनाखत गराएर मात्र तोकिएको ढाँचामा ब्याज र सेवा शुल्क सहितको फाराम भराई अवधि तोकेर मात्र प्रवाह गर्ने।
१०. जोखिम विश्लेषण गरेर मात्र सुरक्षित ऋण प्रवाह गर्ने र जोखिम न्यूनीकरणका योजना बनाएर प्रभावकारी ऋण असुली गर्ने।
११. राष्ट्रिय सहकारी महासंघ, विषयगत संघहरूबाट सहकारी अभियानको सफलताका लागि जारी गरिएका अपिल अध्ययन गरी लागू गर्ने।
१२. आफ्ना सेयर सदस्य र बचतकर्ताहरूलाई नियमित सहकारी शिक्षा प्रदान गर्ने।

प्रतिक्रिया

पोखरा,

म्याग्दीमा जारी मतगणना रोकिएको छ । एकै वडाको एक सय चारवटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएपछि विवाद सुरु भएको हो । विवादसँगै मतगणना रोकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

म्याग्दीमा एक प्रतिनिधिसभा निर्वाचन क्षेत्र र २ प्रदेश सभा निर्वाचन क्षेत्र छन् । हालसम्म सत्ता गठबन्धनका उम्मेद्वारहरूले अग्रता लिइरहेका छन् । नेपाली कांग्रेसका खम्बिर गर्बुजाले पाँच हजार तीन सय ७० मत पाएका छन् भने एमालेका हरिकृष्ण श्रेष्ठले चार हजार ६ सय ४९ मत पाएका छन् ।

यो पनि:राप्रपाका चार उम्मेदवारको अग्रता, समानुपातिकको मतले राष्ट्रिय पार्टीको टुंगो:काठमाडौं, ६ मंसिर:प्रतिनिधिसभामा यसपटक राष्ट्रिय प्रजातन्त्र पार्टीले राम्रै सिट हासिल गर्ने देखिएको छ । मतगणना भइरहेका निर्वाचन क्षेत्रमध्ये चारवटामा राप्रपाले अग्रता हासिल गरेको छ ।

२०७४ को निर्वाचनमा राप्रपाले एक सिट जितेको थियो । वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देनले झापा ३ बाट चुनाव जितेका थिए । तर, समानुपातिकमा राप्रपाले थ्रेस होल्ड कटाउन नसक्दा राप्रपा राष्ट्रिय पार्टी बन्न असफल रह्यो ।

तर, यसपटक राप्रपाले प्रत्यक्षमै धेरै सिट जित्ने प्रारम्भिक अनुमान गरिएको छ । राप्रपा अध्यक्ष लिङ्देन झापा ३, महामन्त्री धवलशमशेर जबरा बाँके १, नेता ध्रुवबहादुर प्रधान नवपरासी १ र ज्ञानेन्द्र शाहीले जुम्लामा अग्रता हासिल गरेका छन् । जसमध्ये लिङ्देनले कांग्रेस उम्मेदवार कृष्णप्रसाद सिटौलासँग करिब एक हजार मतको अग्रता बनाएका छन् । तर, राणा, प्रधान र शाही भने प्रतिस्पर्धी उम्मेदवारभन्दा धेरैले अघि छन् ।

राप्रपाले प्रत्यक्षमा धेरै सिट जिते पनि ३ प्रतिशतको थ्रेसहोल्ड भने कटाउनै पर्छ । उसले यसपटक समानुपातिकमा पाँच लाखभन्दा बढी मत आउने अपेक्षा गरेको छ । तर, अहिलेसम्मको समानुपातिक मत हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले धेरैलाई आश्चर्यमा पारेको छ । उसले एमाले र कांग्रेसलाई सिधा टक्कर दिइरहेको छ । यदि राप्रपाले थ्रेसहोल्ड कटाएमा राष्ट्रिय पार्टी मात्र होइन, एउटा बलियो शक्तिका रूपमा संसदमा उपस्थित हुने सम्भावना प्रबल छ ।


Last Updated on: November 25th, 2022 at 11:10 am
३६ पटक हेरिएको

तपाईको प्रतिक्रिया