सोमबार १९ मंसिर २०७९

काठमाडौँ। सरकारले नेपाली कामदारलाई कोरिया पठाउन हवाईटिकट छाप्ने तयारी गरेको छ। काठमाडौंबाट दक्षिण कोरियाको सिऔलसम्म रोजगार अनुमति प्रणालीमार्फत नेपाली कामदार पठाउनका लागि आवश्यक पर्ने एकतर्फी हवाइटिकट गराउन वैदेशिक रोजगार विभागको ईपिएस शाखाले बोलपत्र आह्वान गरेको छ।

चालु आर्थिक वर्ष वा कोभिड-१९ का कारण सीधा उडानमार्फत पठाउनुपर्ने शर्तका कामदारलाई पठाउन टिकट छपाइ गर्न लागिएको शाखाले जानकारी दिएको छ।

शाखाले उत्पादनमूलक क्षेत्रतर्फ दोस्रो चरणको कोरियन भाषा परीक्षाको नतिजा प्रकाशन गरिसकेको छ। गत भदौ २० देखि कात्तिक २१ सम्म सञ्चालित परीक्षाको नतिजा एचआरडी कोरियाबाट प्राप्त भएको थियो। भाषा परीक्षा दिएकामध्ये ६२ प्रतिशत अर्थात् ८ हजार ७८५ जना उतीर्ण भएका छन्। सो भाषा परीक्षामा सहभागी हुनका लागि १८ हजार ५९५ जनाले आवेदन दिएका थिए भने परीक्षामा १४ हजार ४३ सहभागी थिए।

उत्पादनतर्फ पहिलो चरणको भाषा परीक्षाको नतिजा गत भदौमा सार्वजनिक भइसकेको छ। पहिलो चरणमा ७ हजार १४२ जना भाषा परीक्षामा उत्तीर्ण भएका थिए। सन् २०२२ को उत्पादनतर्फको भाषा परीक्षा सम्पन्न भएको थियो। उत्पादनतर्फ सन् २०२३ का लागि भने केही ढिला मात्र परीक्षा सञ्चालन हुनेछ । सन् २०२२ का लागि पहिलो र दोस्रो चरणमा उत्तीर्ण भइ रोष्टरमा रहेका दुईतिहाइ व्यक्ति रोजगारीका लागि कोरिया गएपछि मात्र उत्पादनतर्फको परीक्षाको तालिका सार्वजनिक हुने शाखाले जानकारी दिएको छ। २०२२ मा उत्पादनतर्फ १५ हजार नौ सय २७ जना भाषा परीक्षा उत्तीर्ण भइ रोष्टरमा छन्।

सन् २०२३ का लागि कृषितर्फको भाषा परीक्षा आगामी डिसेम्बर/जनवरी महिनामा हुनेछ। सन् २०२२ का लागि कृषितर्फ उत्तीर्ण भएका तीन हजारमध्ये आधाभन्दाबढीको रोजगार सम्झौता आइसकेको छ।

दक्षिण कोरिया नेपालीका लागि आकर्षक श्रम गन्तव्यका रुपमा रहँदै आएको छ। नेपाल र कोरियाबीच सन् २००८ मा रोजगार अनुमति प्रणााली (ईपिएस) सम्झौता भएको थियो। सुरुवाती वर्षहरूमा २८ सय कामदार लगेको कोरियाले सन् २०११ देखि त्यो सङ्ख्या बढाउँदै गएको थियो। ईपिएस सम्झौता भएयता भाषा परीक्षा उत्तीर्ण गरी करिब ७७ हजार नेपाली रोजगारीका लागि कोरिया पुगेका छन्। अहिले भाषा परीक्षा उत्तीर्ण ४० हजार नेपाली कोरियामा विभिन्न क्षेत्रमा काम गरिरहेका छन्। कोरियामा ईपिएस प्रणालीबाट विदेशी कामदार भित्र्याउने सूचीमा नेपाल दोस्रो सूचीमा रहेको छ। पहिलो सूचीमा कम्बोडिया छ।

प्रतिक्रिया

पोखरा,

म्याग्दीमा जारी मतगणना रोकिएको छ । एकै वडाको एक सय चारवटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएपछि विवाद सुरु भएको हो । विवादसँगै मतगणना रोकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

म्याग्दीमा एक प्रतिनिधिसभा निर्वाचन क्षेत्र र २ प्रदेश सभा निर्वाचन क्षेत्र छन् । हालसम्म सत्ता गठबन्धनका उम्मेद्वारहरूले अग्रता लिइरहेका छन् । नेपाली कांग्रेसका खम्बिर गर्बुजाले पाँच हजार तीन सय ७० मत पाएका छन् भने एमालेका हरिकृष्ण श्रेष्ठले चार हजार ६ सय ४९ मत पाएका छन् ।

यो पनि:राप्रपाका चार उम्मेदवारको अग्रता, समानुपातिकको मतले राष्ट्रिय पार्टीको टुंगो:काठमाडौं, ६ मंसिर:प्रतिनिधिसभामा यसपटक राष्ट्रिय प्रजातन्त्र पार्टीले राम्रै सिट हासिल गर्ने देखिएको छ । मतगणना भइरहेका निर्वाचन क्षेत्रमध्ये चारवटामा राप्रपाले अग्रता हासिल गरेको छ ।

२०७४ को निर्वाचनमा राप्रपाले एक सिट जितेको थियो । वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देनले झापा ३ बाट चुनाव जितेका थिए । तर, समानुपातिकमा राप्रपाले थ्रेस होल्ड कटाउन नसक्दा राप्रपा राष्ट्रिय पार्टी बन्न असफल रह्यो ।

तर, यसपटक राप्रपाले प्रत्यक्षमै धेरै सिट जित्ने प्रारम्भिक अनुमान गरिएको छ । राप्रपा अध्यक्ष लिङ्देन झापा ३, महामन्त्री धवलशमशेर जबरा बाँके १, नेता ध्रुवबहादुर प्रधान नवपरासी १ र ज्ञानेन्द्र शाहीले जुम्लामा अग्रता हासिल गरेका छन् । जसमध्ये लिङ्देनले कांग्रेस उम्मेदवार कृष्णप्रसाद सिटौलासँग करिब एक हजार मतको अग्रता बनाएका छन् । तर, राणा, प्रधान र शाही भने प्रतिस्पर्धी उम्मेदवारभन्दा धेरैले अघि छन् ।

राप्रपाले प्रत्यक्षमा धेरै सिट जिते पनि ३ प्रतिशतको थ्रेसहोल्ड भने कटाउनै पर्छ । उसले यसपटक समानुपातिकमा पाँच लाखभन्दा बढी मत आउने अपेक्षा गरेको छ । तर, अहिलेसम्मको समानुपातिक मत हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले धेरैलाई आश्चर्यमा पारेको छ । उसले एमाले र कांग्रेसलाई सिधा टक्कर दिइरहेको छ । यदि राप्रपाले थ्रेसहोल्ड कटाएमा राष्ट्रिय पार्टी मात्र होइन, एउटा बलियो शक्तिका रूपमा संसदमा उपस्थित हुने सम्भावना प्रबल छ ।


Last Updated on: November 25th, 2022 at 11:12 am
३४ पटक हेरिएको

तपाईको प्रतिक्रिया