मंगलबार २० मंसिर २०७९

काठमाडौँ। तराई मधेस आन्दोलनका चर्चित नेता उपेन्द्र यादवलाई पराजय गरेर पहिलोपटक संघीय संसदमा आएका जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउत यतिखेर धन्यवाद दिन हिँडिरहेका छन्।

जनता समाजवादी पार्टीका अध्यक्ष यादवलाई १८ हजार ६३ मतान्तरले पराजित गरेका रातउ यतिखेर जनतालाई धन्यवाद दिनका लागि किसानका खेततिर पुगिरहेका छन्। शान्ति प्रक्रियामा आएपछि मुख्यत: मलको विषयलाई लिएर सडक आन्दोलन गरेका राउतले जनताको खेतमा नै गएर धन्यवाद ज्ञापन गरेका हुन्।

राउतले ३५ हजार ४२ मत प्राप्त गर्दा पराजित यादवले १६ हजार ९७९ मतमा सीमित भएका थिए। राउतको विजयसँगै चौथोपटक निर्वाचित हुने यादवको उम्ममेदवारीमा धक्का लागेको छ।

स्वतन्त्र मधेस गठबन्धनका नाममा तराई मधेसमा स्वतन्त्र मधेस अभियान चलाउँदै आएका राउत २०७५ साल फागुन २४ गते सरकारसँग ११ बुँदे सहमति गरी शान्तिपूर्ण राजनीतिमा आएका हुन्। उनलाई देश विभाजन गर्न खोजेको आरोप लागे पनि अन्तत: तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले शान्ति प्रक्रियामा ल्याएको थियो।

शान्तिपूर्ण राजनीतिमा आएपछि (जनमत पार्टी) का रूपमा राजनीतिक दल गठन गरेर तराई मधेस केन्द्रित आन्दोलन गरिरहेका राउतले पहिलोपटक स्थानीय तहको निर्वाचनमा भाग लिएका थिए, जसअनुसार सप्तरी धनुषालगायतका स्थानिय तहमा पनि उनको पार्टी विजय भएको थियो। गत स्थानिय तहमा विजय हासिल गरेको जनमत पार्टी पहिलोपटक प्रतिनिधिसभामा प्रवेश गर्न लागेको हो।

काठमाडौं । प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीमा नेकपा (एमाले)को १० लाख मत कटेको छ । पछिल्लो परिणाम अनुसार एमालेले १० लाख ४ हजार १ सय ६३ मत पाएको छ । दोस्रो स्थानमा रहेको कांग्रेसको ९ लाख ६६ हजार ९ सय ८९ मत छ। चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ४ लाख ७८ हजार १ सय ८० मत पाएको छ ।

माओवादी चौथो स्थानमा छ । उसको ४ लाख ४२ हजार ३८ मत छ। पाँचौ स्थानमा रहेको राप्रपाको २ लाख ५५ हजार ५६ मत आएको छ ।

जनता समाजवादी पार्टीको १ लाख २७ हजार मत छ । नेकपा एकीकृत समाजवादी पार्टी सीके राउतको जनमत पार्टी भन्दा पछाडी छ । उसको ७१ हजार २ सय १४ मत छ भने जनमतको ७५ हजार मत आएको छ ।

काठमाडौँ। नायिका तथा नेकपा एमाले नेत्री करिस्मा मानन्धरले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आफ्नो पार्टी चौतर्फी घेराबन्दीमा परेर पनि राम्रो जनमत ल्याएको दाबी गरेकी छिन्।

उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै भनेकी छिन्, ‘चारैतिरबाट घेराउ हुँदा पनि हाम्रो पार्टीको जुन जनमत आएको छ त्यो राम्रो छ । ( बाघलाइ हायनाहरुले घेरेर चारैतिरबाट झम्टिएको जस्तो देखिन्थ्यो तर बाघ त बाघ हो। )’

समग्रमा १ नम्बर पार्टी नेकपा एमाले नै बन्ने उनको दाबी छ। उनले लेखेकी छिन्, ‘मधेसमा दुई जना महिला प्रतिनिधि जित्नु सानोकुरा होइन। सम्पूर्ण कम्रेडहरुलाई शुभकामना।’

पोखरा,

म्याग्दीमा जारी मतगणना रोकिएको छ । एकै वडाको एक सय चारवटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएपछि विवाद सुरु भएको हो । विवादसँगै मतगणना रोकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

म्याग्दीमा एक प्रतिनिधिसभा निर्वाचन क्षेत्र र २ प्रदेश सभा निर्वाचन क्षेत्र छन् । हालसम्म सत्ता गठबन्धनका उम्मेद्वारहरूले अग्रता लिइरहेका छन् । नेपाली कांग्रेसका खम्बिर गर्बुजाले पाँच हजार तीन सय ७० मत पाएका छन् भने एमालेका हरिकृष्ण श्रेष्ठले चार हजार ६ सय ४९ मत पाएका छन् ।

यो पनि:राप्रपाका चार उम्मेदवारको अग्रता, समानुपातिकको मतले राष्ट्रिय पार्टीको टुंगो:काठमाडौं, ६ मंसिर:प्रतिनिधिसभामा यसपटक राष्ट्रिय प्रजातन्त्र पार्टीले राम्रै सिट हासिल गर्ने देखिएको छ । मतगणना भइरहेका निर्वाचन क्षेत्रमध्ये चारवटामा राप्रपाले अग्रता हासिल गरेको छ ।

२०७४ को निर्वाचनमा राप्रपाले एक सिट जितेको थियो । वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देनले झापा ३ बाट चुनाव जितेका थिए । तर, समानुपातिकमा राप्रपाले थ्रेस होल्ड कटाउन नसक्दा राप्रपा राष्ट्रिय पार्टी बन्न असफल रह्यो ।

तर, यसपटक राप्रपाले प्रत्यक्षमै धेरै सिट जित्ने प्रारम्भिक अनुमान गरिएको छ । राप्रपा अध्यक्ष लिङ्देन झापा ३, महामन्त्री धवलशमशेर जबरा बाँके १, नेता ध्रुवबहादुर प्रधान नवपरासी १ र ज्ञानेन्द्र शाहीले जुम्लामा अग्रता हासिल गरेका छन् । जसमध्ये लिङ्देनले कांग्रेस उम्मेदवार कृष्णप्रसाद सिटौलासँग करिब एक हजार मतको अग्रता बनाएका छन् । तर, राणा, प्रधान र शाही भने प्रतिस्पर्धी उम्मेदवारभन्दा धेरैले अघि छन् ।

राप्रपाले प्रत्यक्षमा धेरै सिट जिते पनि ३ प्रतिशतको थ्रेसहोल्ड भने कटाउनै पर्छ । उसले यसपटक समानुपातिकमा पाँच लाखभन्दा बढी मत आउने अपेक्षा गरेको छ । तर, अहिलेसम्मको समानुपातिक मत हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले धेरैलाई आश्चर्यमा पारेको छ । उसले एमाले र कांग्रेसलाई सिधा टक्कर दिइरहेको छ । यदि राप्रपाले थ्रेसहोल्ड कटाएमा राष्ट्रिय पार्टी मात्र होइन, एउटा बलियो शक्तिका रूपमा संसदमा उपस्थित हुने सम्भावना प्रबल छ ।


Last Updated on: November 25th, 2022 at 1:10 pm
३८ पटक हेरिएको

तपाईको प्रतिक्रिया