बिहिबार १४ मंसिर २०८०

गैँडाकोट । किसान बचत तथा ऋण सहकारी संस्थाका प्रमुुख कार्यकारी अधिकृत गणेश शर्मा पौडलको नारायणी नदीमा नुहाउने क्रममा नदीमा चिप्लिएर मृत्यु भएको छ ।गैँडाकोट नगरपालिका वडा नं. ८ निवासी ४३ वर्षीय पौडेल नारायणी नदीमा नुहाउने क्रममा राधाकृष्ण मन्दिर नजिकैबाट ढुंगाबाट चिप्लिएर नदीमा डुव्नुभएको थियो ।

विहान ६ वजे नदीमा डुवेका उहाँलाई उद्धार गरि उपचारको लागि चितवन मेडिकल कलेज लगिएको उपचारको क्रममा निधन भएको हो । पौडेलका श्रीमती र २ छोरीहरु हुनुहुन्छ । प्रमुख कार्यकारी अधिकृत पौडेलको निधनप्रति किसान बचतले दुख ब्यक्त गरेको छ ।

सत्ता गठबन्धनका उम्मेदवार राईले नेकपा (एमाले)का उम्मेदवार प्रदेश १ का पूर्व मुख्यामन्त्री शेरधन राईलाई दुई हजार ३८५ मतान्तरले पराजित गरेका हुन्। किरातीले २८ हजार ५७८ मत र राईले २६ हजार १९३ मत पाएका छन्। २०७४ मा निर्वाचित किराती पुनः दोहोरिएका हुन्।

यस क्षेत्रमा नेपालका लागि नेपाली पार्टीका डा. सुरेश बस्नेतले एक हजार ८७, जनता समाजवादी पार्टीका ध्रुव छाङ्छा दुमिहाङ्ग राईले ९४२, राष्ट्रिय स्वतन्त्र पार्टीका सनम छिरिङ शेर्पाले ५००, मंगोल नेशनल अर्गनाइजेशनका चन्द्रप्रसाद राईले ३८६, राप्रपाका जीतेन्द्र घलेले २९७, हाम्रो नेपाली पार्टीका रमेशप्रसाद ओझाले २५२, खम्बुवान राष्ट्रिय मोर्चाका ऋषिधन राईले १६२ र स्वतन्त्रका दिलिपकुमार खतिवडाले १२४ मत प्राप्त गरेका छन्।

यस्तै, प्रदेश सभा सदस्यमा क्षेत्र नं ‘क’मा प्रदेश १ का मुख्यामन्त्री रहेका नेकपा (एकीकृत समाजवादी)का राजेन्द्रकुमार राई १६ हजार ११० मत सहित निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका हरिबहादुर राईले १२ हजार २२३ मत प्राप्त गरेका छन्। क्षेत्र नं ‘ख’मा नेपाली कांग्रेसका विनोद राई १३ हजार ५७९ मत सहित निर्वाचित भएका छन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका खड्गबहादुर कार्कीले १२ हजार ८२८ मत प्राप्त गरेका छन्।

काठमाडौं । प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीमा नेकपा (एमाले)को १० लाख मत कटेको छ । पछिल्लो परिणाम अनुसार एमालेले १० लाख ४ हजार १ सय ६३ मत पाएको छ । दोस्रो स्थानमा रहेको कांग्रेसको ९ लाख ६६ हजार ९ सय ८९ मत छ। चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ४ लाख ७८ हजार १ सय ८० मत पाएको छ ।

माओवादी चौथो स्थानमा छ । उसको ४ लाख ४२ हजार ३८ मत छ। पाँचौ स्थानमा रहेको राप्रपाको २ लाख ५५ हजार ५६ मत आएको छ ।

जनता समाजवादी पार्टीको १ लाख २७ हजार मत छ । नेकपा एकीकृत समाजवादी पार्टी सीके राउतको जनमत पार्टी भन्दा पछाडी छ । उसको ७१ हजार २ सय १४ मत छ भने जनमतको ७५ हजार मत आएको छ ।

पोखरा,

म्याग्दीमा जारी मतगणना रोकिएको छ । एकै वडाको एक सय चारवटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएपछि विवाद सुरु भएको हो । विवादसँगै मतगणना रोकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

म्याग्दीमा एक प्रतिनिधिसभा निर्वाचन क्षेत्र र २ प्रदेश सभा निर्वाचन क्षेत्र छन् । हालसम्म सत्ता गठबन्धनका उम्मेद्वारहरूले अग्रता लिइरहेका छन् । नेपाली कांग्रेसका खम्बिर गर्बुजाले पाँच हजार तीन सय ७० मत पाएका छन् भने एमालेका हरिकृष्ण श्रेष्ठले चार हजार ६ सय ४९ मत पाएका छन् ।

यो पनि:राप्रपाका चार उम्मेदवारको अग्रता, समानुपातिकको मतले राष्ट्रिय पार्टीको टुंगो:काठमाडौं, ६ मंसिर:प्रतिनिधिसभामा यसपटक राष्ट्रिय प्रजातन्त्र पार्टीले राम्रै सिट हासिल गर्ने देखिएको छ । मतगणना भइरहेका निर्वाचन क्षेत्रमध्ये चारवटामा राप्रपाले अग्रता हासिल गरेको छ ।

२०७४ को निर्वाचनमा राप्रपाले एक सिट जितेको थियो । वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देनले झापा ३ बाट चुनाव जितेका थिए । तर, समानुपातिकमा राप्रपाले थ्रेस होल्ड कटाउन नसक्दा राप्रपा राष्ट्रिय पार्टी बन्न असफल रह्यो ।

तर, यसपटक राप्रपाले प्रत्यक्षमै धेरै सिट जित्ने प्रारम्भिक अनुमान गरिएको छ । राप्रपा अध्यक्ष लिङ्देन झापा ३, महामन्त्री धवलशमशेर जबरा बाँके १, नेता ध्रुवबहादुर प्रधान नवपरासी १ र ज्ञानेन्द्र शाहीले जुम्लामा अग्रता हासिल गरेका छन् । जसमध्ये लिङ्देनले कांग्रेस उम्मेदवार कृष्णप्रसाद सिटौलासँग करिब एक हजार मतको अग्रता बनाएका छन् । तर, राणा, प्रधान र शाही भने प्रतिस्पर्धी उम्मेदवारभन्दा धेरैले अघि छन् ।

राप्रपाले प्रत्यक्षमा धेरै सिट जिते पनि ३ प्रतिशतको थ्रेसहोल्ड भने कटाउनै पर्छ । उसले यसपटक समानुपातिकमा पाँच लाखभन्दा बढी मत आउने अपेक्षा गरेको छ । तर, अहिलेसम्मको समानुपातिक मत हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले धेरैलाई आश्चर्यमा पारेको छ । उसले एमाले र कांग्रेसलाई सिधा टक्कर दिइरहेको छ । यदि राप्रपाले थ्रेसहोल्ड कटाएमा राष्ट्रिय पार्टी मात्र होइन, एउटा बलियो शक्तिका रूपमा संसदमा उपस्थित हुने सम्भावना प्रबल छ ।


Last Updated on: November 25th, 2022 at 1:19 pm
२११ पटक हेरिएको

तपाईको प्रतिक्रिया