शनिबार २३ मंसिर २०८०

खोटाङमा समानुपातिक मतमा एमालेले अन्य दललाई पछि पारेको छ ।

समानुपातिकतर्फको पछिल्लो मतगणनाको परिणामअनुसार एमाले कांग्रेस, माओवादी केन्द्रलगायतका दलभन्दा अघि छ । कुल एक लाख ४२ हजार ७९२ मतदाता रहेको जिल्लामा समानुपातिकतर्फ ३७ हजार १५६ मत खसेकामा एमालेलाई १४ हजार ५५ मत प्राप्त भएको छ ।

समानुपातिकमा कांग्रेसलाई १० हजार १७४, माओवादी केन्द्रलाई ६ हजार ६२२, जसपालाई एक हजार ११२, एकीकृत समाजवादीको एक हजार ५९१ मत प्राप्त भएको मुख्या निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । रवि लामिछाने अध्यक्ष रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ६१८ मत पाएको छ ।

जिल्लामा साना तथा ठूला गरी ४७ दललाई समानुपातिक मत गएको छ । कतिपय दलले एक मत पनि पाएका छन् । शुक्रबार दिउँसो २ बजेसम्ममा दुई हजार दुई मत बदर भएको पाइएको छ । राप्रपाको ३०७, राष्ट्रिय जनमोर्चाको २८, नेपाल मजदुर किसान पार्टीको ५९, लोकतान्त्रिक समाजवादी पार्टीको १७, जनमत पार्टीको १९, मौलिक जरोकिलो पार्टीको १, नेपाल समावेसी पार्टीको २९, हाम्रो नेपाली पार्टीको २४, जनता प्रगतिशीलको सात, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीको पाँच, राष्ट्रिय नागरिक पार्टीको एक मत आएको छ ।

नागरिक उन्मुक्ती पार्टीलाई चार, नेपालका लागि नेपाली पार्टीलाई १२, राप्रपा नेपाललाई चार, मितेरी पार्टी नेपाललाई दुई, बहुजन एकता पार्टी नेपाललाई सात, नेपाल कम्यूनिष्ट पार्टी (माक्सवादी लेनिनवादी)लाई १२१, मंगोल नेशनल अर्गनाइजेसनलाई ३८, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई आठ, नेश्नलिष्ट पिपुल्स पार्टीलाई ६, नेपाल लोकतान्त्रिक पार्टीलाई तीन, राष्ट्रिय जनमुक्ति पार्टीलाई तीन, नेपाल कम्युनिष्ट पार्टी माक्सवादी (पुष्पलाल)लाई पाँच, नेपाली कांग्रेस (बीपी)लाई सात, तराई मधेस लोकतान्त्रिक पार्टीलाई ११ मत गएको छ ।

नेपाल जनता पार्टीलाई तीन, राष्ट्रिय मुक्ति आन्दोलन नेपाललाई १०, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)लाई १७, पिछडावर्ग निषाद दलित जनजाति पार्टीलाई तीन, नेपाल कम्युनिष्ट पार्टी परिवर्तनलाई आठ, नेपाल कम्युनिष्ट पार्टीलाई पाँच, बहुजन शक्ति पार्टीलाई एक, विवेकशील साझा पार्टीलाई पाँच, एकीकृत शक्ति नेपाललाई तीन, नेपाल संघीय समाजवादी पार्टीलाई २३, जनजागरण पार्टी नेपाललाई ११ मत प्राप्त भएको छ ।

सामाजिक एकता पार्टी/नेपाल कम्युनिष्ट पार्टी (समाजवादी)/नेपाल दलित पार्टीलाई १५, आमूल परिवर्तन मसिहा पार्टीलाई ६०, नेपाल आमा पार्टी/नेपाल नौलो जनवादी पार्टी/सचेत नेपाली पार्टी/नेपाल सुशासन पार्टी)लाई १४ र नेपाली जनता दललाई ३१ मत झरेको मुख्या निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणना जारी छ ।

पोखरा,

म्याग्दीमा जारी मतगणना रोकिएको छ । एकै वडाको एक सय चारवटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएपछि विवाद सुरु भएको हो । विवादसँगै मतगणना रोकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

म्याग्दीमा एक प्रतिनिधिसभा निर्वाचन क्षेत्र र २ प्रदेश सभा निर्वाचन क्षेत्र छन् । हालसम्म सत्ता गठबन्धनका उम्मेद्वारहरूले अग्रता लिइरहेका छन् । नेपाली कांग्रेसका खम्बिर गर्बुजाले पाँच हजार तीन सय ७० मत पाएका छन् भने एमालेका हरिकृष्ण श्रेष्ठले चार हजार ६ सय ४९ मत पाएका छन् ।

यो पनि:राप्रपाका चार उम्मेदवारको अग्रता, समानुपातिकको मतले राष्ट्रिय पार्टीको टुंगो:काठमाडौं, ६ मंसिर:प्रतिनिधिसभामा यसपटक राष्ट्रिय प्रजातन्त्र पार्टीले राम्रै सिट हासिल गर्ने देखिएको छ । मतगणना भइरहेका निर्वाचन क्षेत्रमध्ये चारवटामा राप्रपाले अग्रता हासिल गरेको छ ।

२०७४ को निर्वाचनमा राप्रपाले एक सिट जितेको थियो । वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देनले झापा ३ बाट चुनाव जितेका थिए । तर, समानुपातिकमा राप्रपाले थ्रेस होल्ड कटाउन नसक्दा राप्रपा राष्ट्रिय पार्टी बन्न असफल रह्यो ।

तर, यसपटक राप्रपाले प्रत्यक्षमै धेरै सिट जित्ने प्रारम्भिक अनुमान गरिएको छ । राप्रपा अध्यक्ष लिङ्देन झापा ३, महामन्त्री धवलशमशेर जबरा बाँके १, नेता ध्रुवबहादुर प्रधान नवपरासी १ र ज्ञानेन्द्र शाहीले जुम्लामा अग्रता हासिल गरेका छन् । जसमध्ये लिङ्देनले कांग्रेस उम्मेदवार कृष्णप्रसाद सिटौलासँग करिब एक हजार मतको अग्रता बनाएका छन् । तर, राणा, प्रधान र शाही भने प्रतिस्पर्धी उम्मेदवारभन्दा धेरैले अघि छन् ।

राप्रपाले प्रत्यक्षमा धेरै सिट जिते पनि ३ प्रतिशतको थ्रेसहोल्ड भने कटाउनै पर्छ । उसले यसपटक समानुपातिकमा पाँच लाखभन्दा बढी मत आउने अपेक्षा गरेको छ । तर, अहिलेसम्मको समानुपातिक मत हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले धेरैलाई आश्चर्यमा पारेको छ । उसले एमाले र कांग्रेसलाई सिधा टक्कर दिइरहेको छ । यदि राप्रपाले थ्रेसहोल्ड कटाएमा राष्ट्रिय पार्टी मात्र होइन, एउटा बलियो शक्तिका रूपमा संसदमा उपस्थित हुने सम्भावना प्रबल छ ।

 


Last Updated on: November 25th, 2022 at 4:29 pm
१६१ पटक हेरिएको

तपाईको प्रतिक्रिया