मंगलबार २० मंसिर २०७९

विराटनगर : विराटनगर महानगरमा शुक्रबारदेखि फुटपाथको अतिक्रमण हटाउन थालिएको छ।

विराटनगर बजारको सौन्दर्यकरण र पैदलयात्रीको सहजताका लागि ठूलो संख्यामा महानगर प्रहरी परिचालन गरेर फुटपाथ खाली गराउन थालिएको हो।

फुटपाथको अतिक्रमण र सडक मापदण्ड मिचेर बनाएका टहरा हटाउने अभियान सुरु भएको मेयर नागेश कोइरालाले बताए। उनका अनुसार बजार सौन्दर्यकरण, दुर्घटना न्यूनीकरण तथा फुटपाथ नियन्त्रणका लागि गत कात्तिक ३ गते ३५ दिने सूचना सार्वजनिक गरिएको थियो। साथै सटरभन्दा बाहिर पसल नराख्न र फुटपाथ अतिक्रमण नगर्न आग्रह गर्दै महानगर प्रहरीले माइकिङसमेत गरेको थियो।

व्यापारीबाट फुटपाथको अतिक्रमण नरोकिएपछि विराटनगर बजारलाई व्यवस्थित बनाउन महानगर सक्रिय भएको कोइरालाको भनाइ छ। महानगरले फुटपाथ ओगटेर पसलबाहिर राखेका किराना सामान, टेलिभिजन, फ्रिज, माला, प्लाष्टिकका कुर्सीलगायतका सामान हटाएको छ। अटेर गर्ने व्यापारीका सामान नियन्त्रणमा लिएको छ।

फुटपाथ ओगट्नेलाई जरिवाना तिराइने महानगरले जनाएको छ। महानगर प्रहरीले नियन्त्रणमा लिएका सामान वीरेन्द्रसभा गृह छेउमा रहेको ‘इको पार्क’मा लगेर राख्ने गरेको छ। नियन्त्रणमा लिएका सामान व्यापारीहरुले जरिवाना तिरेर लैजाने गरेका छन्।
विराटनगरलाई साँच्चिकै महानगरजस्तो बनाउन कुनै कसर बाँकी नराखिने दाबी मेयर कोइरालाले गरेका छन्। ‘विराटनगरलाई व्यवस्थित र सुन्दर बनाउनु व्यापारीहरुको पनि कर्तव्य हो,’ उनले भने, ‘यो अभियानमा सबैले सहयोग गर्नुपर्छ।’

महानगर प्रहरीका प्रमुख राजन पौडेलले बजारको सौन्दर्यकरण र यात्रुलाई हिँड्न सहज होस् भनेर फुटपाथ खाली गराउन थालिएको जानकारी दिए। उनका अनुसार पहिलोपटकका लागि महानगर प्रहरीले नै सामान हटाउन सहयोग गर्ने र फेरि पनि अनुगमनमा जाँदा बाहिर राखेको पाइए नियन्त्रणमा लिइने छ।

महानगरले दुईपटक सार्वजनिक रुपमै सूचना प्रकाशित गरेको र माइकिङमार्फत आग्रह गर्दा पनि व्यापारीले अटेर गरेका कारण अतिक्रमण हटाउन सुरु गरिएको पौडेलले बताए।

महानगरले फुटपाथ खाली गरेर बजारको सौन्दर्यकरण बढाउने अभियान सकारात्मक भएको प्रतिक्रिया स्थानीयले दिएका छन्।
महानगरले सबैलाई नियम बराबरी लगाउनुपर्नेमा उनीहरुको जोड छ। व्यापारीले सामान हटाउनका लागि केही दिन समय दिन पनि महानगरसँग आग्रह गरेका छन्। ‘महानगरको अभियान राम्रो भएपनि कसैका सामान हटाउने र कसैका नहटाउने गर्नु हुँदैन,’ स्थानीय व्यापारी शंकर साहले भने, ‘नियम सबैलाई समान हुनुपर्छ र सामान हटाउन केहीदिन समय दिनुपर्छ।’

खुद्रा व्यापार संघका अध्यक्ष संजयकुमारसिंह मण्डलले महानगरको अभियानमा सबै व्यापारीले साथ दिने बताए। अभियानले निरन्तरता पाउनुपर्नेमा उनको जोड छ।

काठमाडौं,

कतारमा यही नोभेम्बर २० ९मङ्सिर ४ गते०देखि फिफा विश्वकप फुटबल प्रतियोगिता सुरु हुँदै छ । यसका लागि भव्य तयारी भएको छ । प्रतियोगिता सञ्चालन हुने रङ्गशालाको सजावट र कलाकारिताले रौनक थपिएको छ तर त्यही रङ्गशाला निर्माणका क्रममा ज्यान गुमाएका परिवार वा अङ्गभङ्ग वा दीर्घरोगी भएर वा तोकिएको तलब सुविधा नपाई फर्केका श्रमिकको रोदन कम्ती दर्दनाक छैन ।

रङ्गशाला निर्माणका क्रममा धेरै आप्रवासी श्रमिकरकामदारले पसिना बगाएका छन् र पीडा भोगेका छन् । त्यसमा नेपाली श्रमिकको सङ्ख्या पनि ठूलो छ । यस्तैमध्येकी एक हुनुहुन्छ, मकवानपुर शिखरपानी–१५ की निर्मला पाख्रिन ।

निर्मलाका २४ वर्षे श्रीमानले कतारमा रङ्गशाला निर्माणकै क्रममा ज्यान गुमाए। सानो छोरा र श्रीमतीको लालनपालन र विदेशमा कमाएर स्वदेशमा आएर केही गर्ने सपना बाँडेर विदेशिएका निर्मलाका श्रीमानले कतार गएको १० महिनामै जीवन गुमाए । “रङ्गशाला निर्माणका दैनिक १४ घण्टासम्म काम गर्नुपथ्र्यो न भनेको काम थियो न तलब नै ।

ढलान गरेको पिच फुुटाउने काम दिउँसो ५०–५२ डिग्री सेल्सियसको तापक्रममा गर्नुपथ्र्यो, खानाको त के कुरा पानीसमेत धीत मरुन्जेल पिउन पाइँदैन भन्नुहुन्थ्यो । श्रीमानको मृत्यु हुनुभन्दा एक दिनअघि मात्रै फोनमा कुराकानी भएको थियो । त्यही नै अन्तिम रहेछ, अर्को दिनको दिउँसो त मृत्युको खबर आयो,” निर्मलाले सुनाइन्।

रोजगारदाता कम्पनीले शवसँग पठाएको रिपोर्टमा मृत्युको कारण प्राकृतिक भनिएको छ । रोग नभएको मान्छेको कसरी प्राकृतिक मृत्यु हुन्छ, प्रतिप्रश्न गर्दै निर्मलाले भनिन्, “संसारभरिबाट खेलाडी आउने रङ्गशाला निर्माणमा श्रीमानको मृत्यु भयो । हामीलाई क्षतिपूर्ति चाहिन्छ ।”

कतारमा विश्वकप फुटबल सुरु हुनै लाग्दा कतारको रङ्गशालाको पूर्वाधार बनाउने क्रममा मृत्यु भएका, गम्भीर चोटपटक लागेका, ज्यालाबाट वञ्चित भएका श्रमिक र परिवारलाई क्षतिपूर्ति दिन अन्तर्राष्ट्रिय मानव अधिकारकर्मीले फिफा र कतारमाथि दबाब जारी राखेका छन् ।

त्यसो त कार्यस्थलमा वा सडक दुर्घटनामा परेर ज्यान गुमाउनेका परिवारले क्षतिपूर्ति पाउने व्यवस्था छ तर निर्मलाका श्रीमान् कार्यस्थलमै मृत्यु भएको हो तर उनले अहिलेसम्म क्षतिपूर्ति पाएका छैनन्।

निर्मलाका श्रीमानजस्तै कतारमा रङ्गशाला निर्माणका क्रममा सन् २०१० देखि २०२१ सम्म एक हजार ६४१ जना नेपालीको मृत्युको भएको तथ्याङ्क अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले जनाएको छ ।

एम्नेस्टी इन्टरनेसनलको एक अध्ययनअनुसार कतारमा खेल मैदान बनाउने क्रममा विभिन्न देशका छ हजार ७५० श्रमिकको मृत्यु भएको र त्योभन्दा दोब्बर सङ्ख्याका श्रमिक घाइते र अपाङ्ग भएको पाइएको छ ।

उक्त प्रतिवेदनअनुसार कतारको खेल मैदान बनाउन काम गर्ने क्रममा एक हजार ६४१ जनाको मृत्यु भएको छ । यस्तै भारतीय दुई हजार ७११ जना, बङ्गलादेशका एक हजार १८ जना, पाकिस्तान ८२४ जना र श्रीलङ्का ५५७ जनाको मृत्यु भएको तथ्याङ्क छ । गोरखापत्र दैनिकमा खबर छ ।


Last Updated on: November 25th, 2022 at 5:25 pm
४४ पटक हेरिएको

तपाईको प्रतिक्रिया