बिहिबार १९ माघ २०७९

तेह्रथुम-तेह्रथुममा गए राति भएको मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । फेदाप गाउँपालिका–२ ओयाक्जुङका ४२ वर्षीय चन्द्रबहादुर लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रवक्ता छिपिन्जो भोटेले जानकारी दिनुभयो । सदरमुकाम म्याङ्लुङबाट ओयाक्जुङ फर्किने क्रममा को२१प ४२२८ नंको मोटरसाइकल दुर्घटना परेको थियो ।

म्याङलुङस्थित दशगते उद्यानमा मोटरसाइकल अनियन्त्रित भई सडकको पिलरमा ठोक्किएपछि घाइते भएका लिम्बूको उपचारका लागि धरान लाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो पनि:

भोटेकोसीका होटल तथा रिसोर्ट लयमा फर्किदै- पछिल्लो समय सिन्धुपाल्चोकको भोटेकोसीमा आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्न थालेको छ । विश्वकै उत्कृष्ट १५ बन्जीजम्पभित्र पर्ने सो स्थानमा कोभिड महामारीसँगै पर्यटन सुस्ताएको थियो । भोटेकोसीमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन वढेको पर्यटन व्यवसायी शङ्खर भुजेल बताउनुभयो । उहाँका अनुसार केही वर्षअघिसम्म विदेशी पर्यटकमात्र देखिने बन्जीमा अहिले ९० प्रतिशत आन्तरिक पर्यटक देखिन्छन् ।

विराटनगरकी प्रतीक्षा घिमिरे अष्ट्रेलियाबाट नेपाल आएका बेला मनोरञ्जनका लागि भोटेकोसीमा बन्जी हान्न आएको सुनाउनुभयो । द्रुतगतिमा बग्ने भोटेकोसी नदीको एक सय ६० मिटरको झोलुङ्गे पुलबाट हामफाल्दा आफू उत्साहित भएको भारतीय पर्यटक धर्मेन्द्र चतुर्वेदी बताउनुभयो ।

हाइकिङ र ¥याफ्टिङका लागि पनि उत्कृष्ट यो ठाउँबाट दैनिक सरदर ३० जनासम्म पर्यटकले जम्प गर्ने गरेका छन् । पर्यटकको सङ्ख्यामा सुधार आएसँगै होटल तथा रिसोर्टहरू पनि पुरानै लयमा फर्कन थालेको होटल व्यवसायीहरू बताउँछन् ।

पोखरा,

म्याग्दीमा जारी मतगणना रोकिएको छ । एकै वडाको एक सय चारवटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएपछि विवाद सुरु भएको हो । विवादसँगै मतगणना रोकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

म्याग्दीमा एक प्रतिनिधिसभा निर्वाचन क्षेत्र र २ प्रदेश सभा निर्वाचन क्षेत्र छन् । हालसम्म सत्ता गठबन्धनका उम्मेद्वारहरूले अग्रता लिइरहेका छन् । नेपाली कांग्रेसका खम्बिर गर्बुजाले पाँच हजार तीन सय ७० मत पाएका छन् भने एमालेका हरिकृष्ण श्रेष्ठले चार हजार ६ सय ४९ मत पाएका छन् ।

यो पनि:राप्रपाका चार उम्मेदवारको अग्रता, समानुपातिकको मतले राष्ट्रिय पार्टीको टुंगो:काठमाडौं, ६ मंसिर:प्रतिनिधिसभामा यसपटक राष्ट्रिय प्रजातन्त्र पार्टीले राम्रै सिट हासिल गर्ने देखिएको छ । मतगणना भइरहेका निर्वाचन क्षेत्रमध्ये चारवटामा राप्रपाले अग्रता हासिल गरेको छ ।

२०७४ को निर्वाचनमा राप्रपाले एक सिट जितेको थियो । वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देनले झापा ३ बाट चुनाव जितेका थिए । तर, समानुपातिकमा राप्रपाले थ्रेस होल्ड कटाउन नसक्दा राप्रपा राष्ट्रिय पार्टी बन्न असफल रह्यो ।

तर, यसपटक राप्रपाले प्रत्यक्षमै धेरै सिट जित्ने प्रारम्भिक अनुमान गरिएको छ । राप्रपा अध्यक्ष लिङ्देन झापा ३, महामन्त्री धवलशमशेर जबरा बाँके १, नेता ध्रुवबहादुर प्रधान नवपरासी १ र ज्ञानेन्द्र शाहीले जुम्लामा अग्रता हासिल गरेका छन् । जसमध्ये लिङ्देनले कांग्रेस उम्मेदवार कृष्णप्रसाद सिटौलासँग करिब एक हजार मतको अग्रता बनाएका छन् । तर, राणा, प्रधान र शाही भने प्रतिस्पर्धी उम्मेदवारभन्दा धेरैले अघि छन् ।

राप्रपाले प्रत्यक्षमा धेरै सिट जिते पनि ३ प्रतिशतको थ्रेसहोल्ड भने कटाउनै पर्छ । उसले यसपटक समानुपातिकमा पाँच लाखभन्दा बढी मत आउने अपेक्षा गरेको छ । तर, अहिलेसम्मको समानुपातिक मत हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले धेरैलाई आश्चर्यमा पारेको छ । उसले एमाले र कांग्रेसलाई सिधा टक्कर दिइरहेको छ । यदि राप्रपाले थ्रेसहोल्ड कटाएमा राष्ट्रिय पार्टी मात्र होइन, एउटा बलियो शक्तिका रूपमा संसदमा उपस्थित हुने सम्भावना प्रबल छ ।


Last Updated on: November 27th, 2022 at 11:15 am
७१ पटक हेरिएको

तपाईको प्रतिक्रिया