बिहिबार १९ माघ २०७९

काठमाडौं। चुनावी परिणाम सम्पन्न हुने क्रममा रहेको बेला मुलुकमा अब कसको नेतृत्वमा सरकार गठन हुने हो भन्ने अड्कलवाजी शुरु भएको छ। मतदाताले एउटा दल वा त्यसको गठबन्धनलाई बहुमत पुग्न सक्ने गरी मत नदिएकाले यस्तो अड्कलवाजी शुरु भएको हो।

पछिल्लो मतपरिणाम अनुसार सत्ता गठबन्धन एमालेभन्दा बढी सिट हासिल गर्दैछ। सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेस बन्ने निश्चित प्राय छ र अब कांग्रेस नेतृत्वमा सरकार गठन हुनुपर्ने आवाज उठ्न थालेका बेला कांग्रेसभित्र विभिन्न व्यक्तिले प्रधानमन्त्रीको दाबी गरिरहँदा वरिष्ठ नेता रामचन्द्र पौडेलले अबको प्रधानमन्त्री आफू भएको बताएका छन्।

उनले देशको आवश्यकता नै आफू प्रधानमन्त्री बन्ने बलियो आधार भएको जिकिरसमेत गरे। डिसी नेपालसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले गठबन्धनको सरकार बन्ने निश्चित भइसकेको अवस्थामा अब आफू निर्विकल्प प्रधानमन्त्री भएको बताए।

‘देशको आवश्यकता भनेको अहिले मेरो नेतृत्व हो,’ पौडेलले भने, ‘अहिले देशलाई सुशासन चाहिएको छ, देशलाई योगदान गर्ने नेतृत्व चाहिएको छ, भिजन भएको नेतृत्व चाहिएको छ, त्यसका लागि उपयुक्त पात्र म हुँ ।’

उनले आफूले सुरुदेखि नै राजनीतिलाई बुझेको, जनताका आर्थिक र समाजिक समस्यालाई बुझेको र धरातलबाट आएको मासिन आफू भएकाले आफ्नो नेतृत्वमा अबको सरकार गठन हुने बताए। ‘मैले आफूलाई प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरिसकेको छु, देशलाई योगदान गर्न सक्ने र जनताको निरासालाई चिर्न पनि देशमा मेरो नेतृत्व आवश्यक छ।’

उनले अहिले जनतामा चरम निराशा देखिएको उल्लेख गर्दै त्यो निराशा घण्टी र रविमार्फत व्यक्त भइरहेको उल्लेख गरे। उनले भने, ‘उक्त निराशालाई आशामा परिणत गर्न मैले आफूलाई प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरेको हुँ।’ उनले सबै दलको सहमति जुटाएर छिट्टै आफ्नो नेतृत्वमा सरकार गठन गर्न पहल थाल्नेसमेत बताए।

निर्वाचनका क्रममा तनहुँमा भएको एक आमसभामा सत्तारुढ गठबन्धनका एक नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत पौडेललाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्ताव गरेका थिए।

कांग्रेसभित्र वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, महामन्त्री गगन थापा, पूर्वमहामन्त्री डा. शशांक कोइराला, प्रकाशमान सिंहले प्रधानमन्त्रीको दाबी गर्दै आएका छन्।

शनिबार प्रधानमन्त्री र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच गठबन्धन कै नेतृत्वमा सरकार गठन गर्ने विषयमा छलफल भएको थियो।

चुनाव अघि नै देउवा र प्रचण्डबीच आलोपालो प्रधानमन्त्री बन्ने भद्र सममति भइसकेको छ। तर पहिला को प्रधानमन्त्री बन्ने भन्ने सवाल पेचिलो भन्दै गर्दा वरिष्ठ नेता पौडेलले अबको प्रधानमन्त्री आफू भन्ने सार्वजनिक गरेका हुन्।

पोखरा,

म्याग्दीमा जारी मतगणना रोकिएको छ । एकै वडाको एक सय चारवटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएपछि विवाद सुरु भएको हो । विवादसँगै मतगणना रोकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

म्याग्दीमा एक प्रतिनिधिसभा निर्वाचन क्षेत्र र २ प्रदेश सभा निर्वाचन क्षेत्र छन् । हालसम्म सत्ता गठबन्धनका उम्मेद्वारहरूले अग्रता लिइरहेका छन् । नेपाली कांग्रेसका खम्बिर गर्बुजाले पाँच हजार तीन सय ७० मत पाएका छन् भने एमालेका हरिकृष्ण श्रेष्ठले चार हजार ६ सय ४९ मत पाएका छन् ।

यो पनि:राप्रपाका चार उम्मेदवारको अग्रता, समानुपातिकको मतले राष्ट्रिय पार्टीको टुंगो:काठमाडौं, ६ मंसिर:प्रतिनिधिसभामा यसपटक राष्ट्रिय प्रजातन्त्र पार्टीले राम्रै सिट हासिल गर्ने देखिएको छ । मतगणना भइरहेका निर्वाचन क्षेत्रमध्ये चारवटामा राप्रपाले अग्रता हासिल गरेको छ ।

२०७४ को निर्वाचनमा राप्रपाले एक सिट जितेको थियो । वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देनले झापा ३ बाट चुनाव जितेका थिए । तर, समानुपातिकमा राप्रपाले थ्रेस होल्ड कटाउन नसक्दा राप्रपा राष्ट्रिय पार्टी बन्न असफल रह्यो ।

तर, यसपटक राप्रपाले प्रत्यक्षमै धेरै सिट जित्ने प्रारम्भिक अनुमान गरिएको छ । राप्रपा अध्यक्ष लिङ्देन झापा ३, महामन्त्री धवलशमशेर जबरा बाँके १, नेता ध्रुवबहादुर प्रधान नवपरासी १ र ज्ञानेन्द्र शाहीले जुम्लामा अग्रता हासिल गरेका छन् । जसमध्ये लिङ्देनले कांग्रेस उम्मेदवार कृष्णप्रसाद सिटौलासँग करिब एक हजार मतको अग्रता बनाएका छन् । तर, राणा, प्रधान र शाही भने प्रतिस्पर्धी उम्मेदवारभन्दा धेरैले अघि छन् ।

राप्रपाले प्रत्यक्षमा धेरै सिट जिते पनि ३ प्रतिशतको थ्रेसहोल्ड भने कटाउनै पर्छ । उसले यसपटक समानुपातिकमा पाँच लाखभन्दा बढी मत आउने अपेक्षा गरेको छ । तर, अहिलेसम्मको समानुपातिक मत हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले धेरैलाई आश्चर्यमा पारेको छ । उसले एमाले र कांग्रेसलाई सिधा टक्कर दिइरहेको छ । यदि राप्रपाले थ्रेसहोल्ड कटाएमा राष्ट्रिय पार्टी मात्र होइन, एउटा बलियो शक्तिका रूपमा संसदमा उपस्थित हुने सम्भावना प्रबल छ ।


Last Updated on: November 27th, 2022 at 11:25 am
११५ पटक हेरिएको

तपाईको प्रतिक्रिया