शुक्रबार ०५ आश्विन २०८०

नेपाली चलचित्र ‘कृ’ बाट एकाएक चर्चामा आएकी नायिका हुन् अदिति बुढाथोकी । उनले भुवन केसीले निर्माण गरेको चलचित्र ‘कृ’मा अनमोल केसीसँग नेपाली चलचित्रमा पाईला टेकेकी थिइन भने उक्त चलचित्रले बक्स अफिसमा राम्रै कलेक्सन गरेर सुपरहिट साबित भएको थियो । उनले ‘कृ’ खेली सकेपछी अरु कुनै नेपाली चलचित्रमा काम गरेकी छैनन्।

चलचित्र ‘कृ’ खेली सकेपछी उनको चर्चा परिचर्चा एकाएक चुलिएको छ । उनी निर्देशक सुरेन्द्र पौडेलको नयाँ चलचित्रमा काम गर्ने तयारीमा थिइन् । तरपनि लकडाउनका कारण उक्त चलचित्रको छायांकन सुरु हुन सकेन । दर्शकको मन- मुटुमा बस्न सफल भएकी उनी नेपाली फिल्म ‘कृ’ मा अनमोल केसीसँग अभिनय गरेपछि दर्शकको राम्रै साथ पाएकी थिइन।

पछिल्लो समय फिल्मका कारण भन्दापनि सामाजिक सञ्जालमा राखिएका आफ्ना ग्ल्यामर तस्वीरका कारण चर्चामा छिन् भने उनका फ्यान फलो अर्स हरु पनि धेरै छन्। हालै एक अन्तर्वार्तामा अदितीले कोरोनाका कारण चलचित्रको छायांकन २/३ महिना पछाडि सरेको जानकारी दिएकी थिइन् ।

 

 

 


Last Updated on: June 21st, 2021 at 7:13 pm
५५० पटक हेरिएको

तपाईको प्रतिक्रिया