बिहिबार १९ माघ २०७९

काठमाडौं । चिकित्सकले १४ वर्षीया बालिकाको पेटबाट ३ किलोग्राम तौल भएको कपालको गुच्छा निकालेका छन् । एक रोग (पिका) को कारण यी बालिका आफ्नै कपाल खान्थिन्। पेटमा धेरै कपाल जमेका कारण उनको अवस्था निकै गम्भीर बन्दै गएको थियो । उनको आन्द्रा पनि बन्द भएको थियो । जसका कारण उनलाई चिकित्सककहाँ लैजानुपरेको थियो ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार यो घटना चीनको शान्सी प्रान्तसँग सम्बन्धित छ। यस हप्ताको सुरुमा यहाँ एक बालिकाको पेटबाट ३ किलोग्राम तौल भएको हेयरबल (कपालको गुच्छा) निकालिएको थियो । यी बालिका आफ्नो कपाल काटेर खाएपछि झन्डै तालिखुइले भइसकेकी थिइन्।

डाक्टरहरुले भनेका छन् कि बालिकाको पेटमा यति धेरै कपाल जमेको कारण खानाका लागि ठाउँ नै बाँकी थिएन । नखाएपछि कमजोर भइन् । पछि अवस्था यति बिग्रियो कि उनलाई अस्पताल भर्ना गर्नुपर्‍यो । यहाँ दुई घण्टाको शल्यक्रियापछि डाक्टरले बालिकाको पेट र आन्द्राबाट करिब ३ किलोग्राम तौलको कपाल निकालेका थिए ।

कपाल खाने लतलाई डाक्टरहरुले पिका नाम दिएका छन् । यसमा अखाद्य चीज खाने असामान्य इच्छा जागृत हुन्छ। यो प्रायः बालबालिका र किशोरकिशोरीहरूमा पाइन्छ।

अहिले बालिकाको अवस्था सामान्य रहेको र निको भईरहेको छ । उनी हजुरबा हजुरआमासँग बस्छिन्। उनका बुबाआमा कामको सिलसिलामा धेरैजसो शहरबाहिर बस्छन्। बालिकाका हजुरबुवा र हजुरआमाले सुरुमा उनको अवस्थालाई ध्यान दिएनन् तर अवस्था बिग्रिएपछि उनलाई अस्पताल लगे । त्यहाँ बालिकाको पेटमा धेरै कपाल भएको भेटियो ।

प्रतिक्रिया

काठमाडौं,

कतारमा यही नोभेम्बर २० ९मङ्सिर ४ गते०देखि फिफा विश्वकप फुटबल प्रतियोगिता सुरु हुँदै छ । यसका लागि भव्य तयारी भएको छ । प्रतियोगिता सञ्चालन हुने रङ्गशालाको सजावट र कलाकारिताले रौनक थपिएको छ तर त्यही रङ्गशाला निर्माणका क्रममा ज्यान गुमाएका परिवार वा अङ्गभङ्ग वा दीर्घरोगी भएर वा तोकिएको तलब सुविधा नपाई फर्केका श्रमिकको रोदन कम्ती दर्दनाक छैन ।

रङ्गशाला निर्माणका क्रममा धेरै आप्रवासी श्रमिकरकामदारले पसिना बगाएका छन् र पीडा भोगेका छन् । त्यसमा नेपाली श्रमिकको सङ्ख्या पनि ठूलो छ । यस्तैमध्येकी एक हुनुहुन्छ, मकवानपुर शिखरपानी–१५ की निर्मला पाख्रिन ।

निर्मलाका २४ वर्षे श्रीमानले कतारमा रङ्गशाला निर्माणकै क्रममा ज्यान गुमाए। सानो छोरा र श्रीमतीको लालनपालन र विदेशमा कमाएर स्वदेशमा आएर केही गर्ने सपना बाँडेर विदेशिएका निर्मलाका श्रीमानले कतार गएको १० महिनामै जीवन गुमाए । “रङ्गशाला निर्माणका दैनिक १४ घण्टासम्म काम गर्नुपथ्र्यो न भनेको काम थियो न तलब नै ।

ढलान गरेको पिच फुुटाउने काम दिउँसो ५०–५२ डिग्री सेल्सियसको तापक्रममा गर्नुपथ्र्यो, खानाको त के कुरा पानीसमेत धीत मरुन्जेल पिउन पाइँदैन भन्नुहुन्थ्यो । श्रीमानको मृत्यु हुनुभन्दा एक दिनअघि मात्रै फोनमा कुराकानी भएको थियो । त्यही नै अन्तिम रहेछ, अर्को दिनको दिउँसो त मृत्युको खबर आयो,” निर्मलाले सुनाइन्।

रोजगारदाता कम्पनीले शवसँग पठाएको रिपोर्टमा मृत्युको कारण प्राकृतिक भनिएको छ । रोग नभएको मान्छेको कसरी प्राकृतिक मृत्यु हुन्छ, प्रतिप्रश्न गर्दै निर्मलाले भनिन्, “संसारभरिबाट खेलाडी आउने रङ्गशाला निर्माणमा श्रीमानको मृत्यु भयो । हामीलाई क्षतिपूर्ति चाहिन्छ ।”

कतारमा विश्वकप फुटबल सुरु हुनै लाग्दा कतारको रङ्गशालाको पूर्वाधार बनाउने क्रममा मृत्यु भएका, गम्भीर चोटपटक लागेका, ज्यालाबाट वञ्चित भएका श्रमिक र परिवारलाई क्षतिपूर्ति दिन अन्तर्राष्ट्रिय मानव अधिकारकर्मीले फिफा र कतारमाथि दबाब जारी राखेका छन् ।

त्यसो त कार्यस्थलमा वा सडक दुर्घटनामा परेर ज्यान गुमाउनेका परिवारले क्षतिपूर्ति पाउने व्यवस्था छ तर निर्मलाका श्रीमान् कार्यस्थलमै मृत्यु भएको हो तर उनले अहिलेसम्म क्षतिपूर्ति पाएका छैनन्।

निर्मलाका श्रीमानजस्तै कतारमा रङ्गशाला निर्माणका क्रममा सन् २०१० देखि २०२१ सम्म एक हजार ६४१ जना नेपालीको मृत्युको भएको तथ्याङ्क अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले जनाएको छ ।

एम्नेस्टी इन्टरनेसनलको एक अध्ययनअनुसार कतारमा खेल मैदान बनाउने क्रममा विभिन्न देशका छ हजार ७५० श्रमिकको मृत्यु भएको र त्योभन्दा दोब्बर सङ्ख्याका श्रमिक घाइते र अपाङ्ग भएको पाइएको छ ।

उक्त प्रतिवेदनअनुसार कतारको खेल मैदान बनाउन काम गर्ने क्रममा एक हजार ६४१ जनाको मृत्यु भएको छ । यस्तै भारतीय दुई हजार ७११ जना, बङ्गलादेशका एक हजार १८ जना, पाकिस्तान ८२४ जना र श्रीलङ्का ५५७ जनाको मृत्यु भएको तथ्याङ्क छ । गोरखापत्र दैनिकमा खबर छ ।


Last Updated on: November 27th, 2022 at 4:37 pm
६२४ पटक हेरिएको

तपाईको प्रतिक्रिया