शुक्रबार ०५ आश्विन २०८०

वि.सं.२०७७ साल चैत्र १० गते । मंगलबार । ईश्वी सन् २०२१ मार्च २३ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । फाल्गुन शुक्लपक्ष । तिथि–दशमी, अहोरात्र । नक्षत्र– पुनर्वशु,३२ घडी १३ पला,बेलुकी ०७ बजेर ०० मिनेट उप्रान्त तिष्य । योग–शोभन,०७ घडी ५८ पला,बिहान ०९ बजेर १८ मिनेट उप्रान्त अतिगण्ड । करण– तैतिल,बेलुकी ०६ बजेर ०६ मिनेट उप्रान्त गर । आनन्दादिमा–स्थिर योग । चन्द्रराशि–मिथुन,दिउसो १२ बजेर ४४ मिनेट उप्रान्त कर्कट । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ०६ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर १५ मिनेट । दिनमान ३० घडी २२ पला । विश्व मौषम दिवस ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

बिहानको समय राम्रो रहेकोले दाजुभाई तथा आफन्तको सहयोगले नयाँ कामको थालनी गर्न सकिनेछ । अध्ययन तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै नतिजा हात पार्न सकिनेछ । समयले साथ दिने हुनाले सानो सानो लगानीबाट आम्दानी गर्न सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले फाईदाका लागी पछि लाग्दा धनमाल गुम्न सक्छ ध्यान दिनुहोला । सवारी साधन तथा विलाशी बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

बिहानको समय राम्रो रहेकोले सानो लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । पारिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले यात्रा गर्दा ध्यान दिनुहोला कष्टकर नहोला भन्न सकिन्न । आफन्त तथा दाजुभाई सँग मनमुटाब सिर्जना हुनेछ । प्रेममा अबिस्वास बढ्ने योग रहेकोछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

बौद्धिक र चिन्तनमूलक क्रियाकलाप दिन बित्नेछ भने घरपरिवार र सन्तति पक्षको सहयोग मिल्नेछ । सामाजिक र परोपकारका क्षेत्र केही समय व्यतीत हुनसक्छ । दैनिक उपभोग्य बस्तुको व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । माया प्रेममा नजिक हुन सकिनेछ । कुटुम्बबाट आर्थिक सहयोग प्राप्त हुनेछ । औषधीजन्य तथा दैनिक उपभोग्य बस्तुको व्यापारमा बृद्धि हुनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

बिहानको समय मध्ययम रहेकोले दैनिक काममा बाधा तथा अवरोधको सामना गर्नुपर्नेछ । आँखा तथा टाउकोमा समस्या आई उपचार खर्च बढ्ने योग रहेकोछ । मध्यान्हबाट समय राम्रो रहेकोले राम्रा काम गरी नाम,नाम तथा ईनाम कमाउन सकिनेछ । राजनीति तथा जनताको काम गर्नेहरुका लागी समयले साथ दिने हुँदा पद प्राप्तीको योग रहेकोछ । अग्रज तथा आफन्तको सुझाब लाभदायी बन्नेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

समय मध्ययम रहेकोले उत्साह र जाँगरमा कमी देखिने छ । लगानी र श्रमको उचित मूल्य नपाइने समय रहेकोछ । खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा कमजोरी महसुस हुनेछ । समयमा होसियार बन्न नसक्दा आम्दानीका तुलनामा खर्चको मात्रा बढ्ने योग छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइने छ । परिवारजनसँग भावनात्मक दूरी बढ्न सक्छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

आर्थिक रूपमा सबल हुने तथा आर्थिक कारोबारमा गतिशीलता आउने छ । विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ । पठनपाठनमा प्रगती हुनेछ भने नयाँ ज्ञान प्राप्त हुने योग रहेकोछ । पछाडी कुरा काट्ने तथा शत्रु आफैं पराजित हुनेछन् । सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ हुन सक्छ । प्रेममा उच्च सफलता प्राप्त हुने योग छ । प्राकृतिक स्रोत साधनको प्रयोग गरि आम्दानी बढाउन सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

व्यावसायिक काममा समय खर्च हने तथा मनग्गे धन आर्जन गर्न सकिनेछ । अरूका काममा श्रम तथा बुद्धि खर्च भएपनि फाईदा आफैलाई हुनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । मध्यान्हबाट आफ्नो वा आफन्तको स्वास्थ्य कमजोर रहनाले चिताएको काम गर्न सम्पादन हुने छैनन । जिम्मेवारी बढेपनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्नेछ । बाध्यताले अनावश्यक अलमल बढाउन सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

समाजसेवा तथा कल्याणकारि काममा दिन बित्ने योग रहेकोछ । काम बन्नाले दिन उत्साहबर्धक रहनेछ । राजनीति तथा सरकारि काममा सफल भई नाम कमाउन सकिनेछ । धर्ममा मन जाने हुनाले धार्मिक स्थल तथा मन्दिर तिरको यात्रा गरि टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । अध्ययन तथा लेखन क्षेत्रका समय लगानी गरि आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । बिहानको समय मध्ययम रहेकोले भौतिक सम्पतिको प्रयोग गर्दा ध्यान दिनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

बिहानको समय राम्रो रहेकोले भौतिक सम्पती तथा सवारी साधन प्राप्तिको योग रहेकोछ । आफुले मन पराएको मानिससँग रमाईलो यात्रा गर्न सकिने तथा यात्राका क्रममा बिभिन्न मन लोभ्याउने दृष्यहरु मन मुटुमा कैद गर्न पाउदा मन प्रफुल्लित हुनेछ । मध्यान्हबाट स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन । गोप्य सुचनाहरु बहिरिने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

प्रेममा रमाउन चाहनेहरुका लागी समय राम्रो रहेकोछ । अभिभावकवर्ग वा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनाले समयमा नै काम सम्पन्न हुनेछन् । जागिरमा बढुवा, प्रशंसा र पुरस्कार पाईने योग रहेकोछ । साजाजिक काम गरी प्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि गर्न सकिनेछ । छोटो दुरीको लाभदायी यात्रा हुने योग रहेकोछ भने पारिवारिक जीवनमा रमाइलोपना आउने छ । घरायसी काममा समय र धन खर्च हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

बन्दव्यापार र कामधन्धाका क्षेत्रमा राम्रो प्रगती हुनेछ । छोटो दूरीको यात्राका लागी समय अनुकूल रहेकोछ । दाम्पत्यसुख, प्रेमसम्बन्ध तथा पारिवारिक स्थितीमा सुधार आउने छ । दीर्घकालीन व्यवस्थापनका क्षेत्रमा आर्थिक लगानी हुनेछ । आत्मविश्वासमा अभिबृद्धि हुनेछ । मामा तथा अभिभावक वर्गसँग राम्रो सम्बन्ध रहने र महत्वपूर्ण सल्लाह र सुझाव प्राप्त हुनेछ । सानो प्रयासले अड्डाअदालत वा प्रशासनका क्षेत्रमा रोकिएका काम अघी बढ्नेछन् ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

समय राम्रो रहेकोले अध्ययनमा मन जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । मन परेको मानिसबाट भौतिक सम्पती तथा उपाहार प्राप्तीको योग रहेकोछ । बौद्धिक चिन्तन तथा विचारले धेरैलाई प्रभावित पार्न सकिनेछ । प्रतियोगिता तथा प्रतिस्पर्धामा विजयको योग रहेकोछ । छोराछोरीको पढाइ तथा स्वास्थ्य प्रति जिम्मेवारी बोध हुनेछ । नसोचेको ठाँउबाट धन आगमनको योग रहेकोछ । बिहानको समय मध्ययम रहेकोले आफन्तसँग मनमुटाव सिर्जना हुनेछ ।

तपार्ईँको दिन शुभ रहोस् ।

०००

साप्ताहिक राशिफल : चैत्र ०८ गते आईतबारदेखी चैत्र १४ गते शनिबार सम्मको

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

नसोचेको धन तथा सम्पति हात लागि हुँनेछ भने चिट्ठा प्राप्तीको गतिलो योग रहेकोछ । आफन्त तथा दिदि बहिनिबाट सहयोग तथा समर्थन पाईनेछ । सुभचिन्तकको सुझाबलाई शिरोधार्य गर्दै अगाढि बढ्न सके फाईदा हुँनेछ । माया प्रेममा नजिक भई आफ्ना कुराहरु राख्न सकिनेछ । प्रयत्न गर्दा पदिय जिम्मेवारि प्राप्त हुँनेछ । व्यावसायिक यात्राको तय गर्न सकिनेछ भने कर्म फल प्राप्त हुनाले मन प्रशन्न हुनेछ । लामो समयदेखि रोकिएका कामहरु बन्नुको साथै गरिरहेको कामबाट मनग्गे आम्दानि हुनेछ । आफन्त तथा जीवन साथिको साथ पाईने हुनाले मन प्रशन्न हुनेछ । समाजमा तारिफयोग्य काम गरि नाम कमाउन सकिनेछ भने सामाजिक क्षेत्रमा नेतृत्वदायी भुमिका निर्बाह गर्नु पर्नेछ । उच्च शिक्षाको लागि लामो दुरिको यात्रा हुनेछ । व्यापारबाट मनग्गे आम्दानि गर्न सकिनेछ भने घरायरि सुख सुबिधा भरपुर मात्रामा प्रयोग गर्न पाईनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)

साताको सुरु र अन्तको समय राम्रो रहेकोले अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । स्वास्थ्य आफ्नै काबुमा रहने हुँनाले नयाँ नयाँ काम गर्ने जोस जागर बढेर आउँनेछ । व्यापार व्यावसायबाट मनग्गे नाफा कमाउँन सकिनेछ भने लामो दुरिको यात्राको तय गर्न सकिनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अगि बढ्न सकिनेछ भने माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यातित गर्दा खुसि भएको महशुस गर्नेछन् । राज्यपक्षबाट पद पाईने ग्रहयोग रहेकोछ भने समाजको पक्षमा काम गर्न सक्दा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । मंगलबारबाट बिहिबार बिहान सम्मको समय मध्ययम रहेकोले आफन्त तथा चेलि माईति बिच बैमनस्यता बढ्ने ग्रहयोग रहेकोछ सचेत रहनुहोला । समय तथा परिस्थिति अनुशार नचल्नाले दुख पाईनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पत्नि बिच मायाको डोरो कसिलो भएर जानेछ । व्यावसायमा लगानि बढाई आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । पुरानो रोग तथा समस्याहरु स्वत ठिक भएर जानेछन् । मामा तथा मावलिबाट तपाईको काममा सहयोग हुँनेछ । पढाई लेखाईमा अरुभन्दा अग्र पंतिमा तपाईको नाम आउँनेछ । अदालतबाट आउँने निर्णयहरु तपाईकै पक्षमा आउँने हुँनाले एक किसिमको उमङग शरिरमा आउँनेछ । बिहिबार दिउँसोबाट समय मध्ययम रहेकोले सत्यता बुझेर अगाडि बढ्नुको सट्टा हल्लाको पछि लाग्दा दुख पाईनेछ । अनाबस्यक यात्रा तथा खर्च बढ्ने हुनाले मन चिन्तित रहनेछ । अरुकै कामका लागि समय खर्चनु पर्ने हुदा आफ्नो काम थाति रहनेछ । सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

उपहार तथा चिठ्ठा प्राप्तिको प्रशस्त सम्भावना रहेकोछ भने भौतिक सम्पति हरु लाभ हुँनेछन् । शिक्षा क्षेत्रसँग सम्बन्धित क्षेत्रमा लगानि बढाउँदा मनग्गे धन कमाउँन सकिनेछ । घर परिवारमा नयाँ मानिसको आगमान हुँनेछ भने सन्तान तथा छोराछोरिको प्रगति देख्न पाईनेछ । व्यापार व्यावसायमा लगानि गर्दा प्रशस्त आम्दानि हुँनेहुँदा दैनिक कामहरु सहज रुपमा अछन् भने महत्वपुर्ण कामहरु सम्पादन हुँनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवारमा आत्मियत झल्कनेछ । पढाई लेखाईमा साथिहरुभन्दा अग्र स्थानमा तपाईको नाम आउँदा मन प्रशन्न हुँनेछ । प्रतिष्ठित व्याक्तिुसँग प्रतिष्पर्धा गर्नुपरेपनि अन्तत तपाईकै पक्षमा नतिजा आउँदा मन खुसि हुँनेछ । बिवाद प्रतिष्पर्धामा बिपक्षहरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ । हप्ताको अन्तमा लामो दुरिको व्यावसायिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

साता राम्र्रो रहेकोले आमा,आफन्त तथा सहयोगीबाट भनेजस्तो सहयोग पाईने हुँदा मन प्रशन्न रहनेछ । घर जग्गा तथा सवारि साधन जोड्न सकिनेछ । समाजमा जनताको काम गर्दा पद प्रतिष्ठा कमाउन सकिनेछ । कृषि तथा पशुपालन व्यावसायबाट राम्रो आम्दानि हुनेछ । बौद्धिक क्षेत्र जस्तौ स्कुल कलेज बैक तथा बित्तय क्षेत्रमा गरिने फस्टाएर जानेछ भने दैनिकी सहज रुपमा बित्नेछ । बौद्धिक साहित्य तथा सिर्जनात्मक क्षेत्रबाट नाम तथा दाम दुवै कमाउँने समय रहेकोछ । माया प्रेममा नजिक हुँने तथा मन परेका मानिसबाट उपाहार प्राप्त हुँने योग रहेकोछ । आफन्त तथा छोराछोरी सँगको सम्बन्ध अझ राम्रो हुँनेछ । मुद्दा मामिला तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा फैसला हुँनेछन् । शरिर स्वास्थ्य रहने हुँनाले राम्रा काम गरि दाम कमाउँन सकिनेछ । मामा तथा मावलीबाट सकारात्मक सहयोग पाईनेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)

हप्ताको शुरु र अन्तको समय राम्रो रहेकोले छोटो तथा रमाईलो यात्राको तय हुँनेछ भने यात्राका क्रममा रमाईला तथा मन मिल्ने साथिभाईहरु भेटिनेछन् । प्रणय सम्बन्धमा सुधार हुँनेछ भने एक अर्काको सहयोगले खोजमुलक बिषयमा मन जानेछ । आम्दानि बढाउँन गरिने कामहरु समयमा नै सम्पन्न गरि आर्थिक स्थिति मजभुत पार्न सकिनेछ । दाजुभाईको सहयोगले राम्रा तथा परिणाम मुखि कामगर्न सकिनेछ । बिवादित बिषयहरु तपाईकै पक्षमा आउँने हुँदा मन प्रशन्न रहनेछ । बिद्या तथा प्रतिश्पर्धामा सहभागिहरुलाई किनारा लगाउँदै अग्र स्थानमा तपाईको नाम आउँनेछ । मंगलबारबाट बिहिबार बिहान सम्मको समय मध्ययम रहेकोले आफन्त तथा आमा सँग मनमुटाब बढ्ने योग रहेकोछ भने टाडिएर लामो दुरिको यात्रा गर्नु पदा मन दुखि हुनेछ । घर जग्गाको खरिद बिक्रि गर्दा जा सवारि चलाउदा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,त)

आफ्नो प्रिय पात्रलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न रहनेछ । बिवादित बिषयहरुको नतिजा तपाई आफ्नै पक्षमा आउँने हुँनाले मन प्रशन्न हुँनेछ । अर्थ उपार्जनका बिभिन्न स्रोतहरु जुट्ने हुँनाले पछिसम्म आम्दानि हुँने व्यावसायमा लगानि बढाउँन सकिनेछ । परिवारका साथ रहेर मिष्टान्न भोजन लिने अवसर मिल्नेछ । तपाईले सुरु गर्नुभएको कामको दाजुभाई तथा छिमेकिबाट उच्च मुल्याङकन हुँने ग्रहयोग रहेकोेछ । छोटो तथा रमाईलो यात्राको प्रशस्त सम्भावना रहेकोछ । बिहिबार दिउँसोबाट समय मध्ययम रहेकोले राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुका लागि समय मध्यमय रहेकोले मान सम्मान तथा पद प्राप्तिको योग टरेर जानेछ । स्वास्थ्यमा सामान्य समस्या आउने तथा छाति सम्बन्धि समस्या बढ्नेछ । सवारि साधन चलाउदा वा घर जग्गाको कारोबार गर्दा ध्यान दिनुहोला ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जाने तथा दाम्पत्य जीवन सुखि रहनेछ । पढाई लेखाईमा प्रतिश्पर्धिहरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ । बिभिन्न अवसरले पछ्याउँनेछन् भने चाहेको समयमा कामहरु सम्पन्न हुँने हुँदा आफन्तहरु खुसि हुँनेछन् । सुन्दर तथा बिलाशि बस्तुहरुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउँन सकिनेछ । उत्तम बस्त्र,मनपर्ने भोजन तथा बिशेष उपाहार प्राप्तिको योग रहेकोछ । पराक्रम बढेर जाने हुँनाले जोसिलो काम गर्ने जागर आउँनेछ । सानो प्रयत्नले राम्रो काम गरि फाईदा लिन सकिनेछ भने प्रतिश्पर्धिहरु परास्त हुँनेछन् । अध्ययन अध्यापनमा प्रगति गरि गन्तव्य भेटाउँन सकिनेछ । दाजुभाई तथा छिमेकिहरु सँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्त सँग गरिने व्यापार व्यावसायबाट प्रशस्त आम्दानि हुँने ग्रहयोग रहेकोछ । उत्पादित उद्योगमा लगानि बढाई भने जस्तो रुपैया पैसा कमाउँन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

लामो दुरिको बिदेश यात्राको तय हुँनेछ भने बिदेशबाट सञ्चालित सस्था,एनजिओ तथा आईएनजिओमा काम पाउने प्रवल सम्भावना रहेकोछ । बिदेसमा बसेर पेशा व्यावसाय गर्ने तथा अध्ययन गर्नेहरुका लागि दिन फलदायि रहनेछ । खर्च बढेपनि उपलब्धिमुलक कामहरु हुनेछन् । मंगलबारबाट समय अझ राम्रो आउँने हुँनाले पढाई लेखाईमा राम्रो प्रगति गरि सफलताको मार्गमा अगाडि बढ्न सकिनेछ । व्यावसायबाट मनग्गे फाईदा हुँनेछ भने घर परिवारमा सुखद समाचारले थप उत्साह जगाउँनेछ । आम्दानिका स्रोत पहिल्याउन सकिनेछ भने सामाजिक कामगर्दै नाम कमाउँन सकिनेछ । नौलो प्रकृतिको काम गरि आयस्रोतमा बृद्धि गर्न सकिनेछ । बिभिन्न किसिममा भौतिक लाभ हुँनेछ भने सवारि साधन प्राप्तिको योग रहेको छ । कलाकारित तथा संगित पेशा व्यावसायमा समय लगानि गर्नेहरुले प्रसस्त रुपैया पैसा कमाउँने ग्रहयोग रहेकोछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

साताको सुरु र अन्तको समय राम्रो रहेकोले भौतिक सम्पतिहरु जुट्नेछन् भने उपाहार प्राप्त हुँने योग रहेकोछ । नयाँ कामहरु गरेर आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । सरकारि सम्पति तथा पृत्रिक सम्पति हात लागि हुँने प्रसस्त सम्भावना रहेको छ । दाजुभाई वा अग्रजहरुको सुझाब तथा सल्लाह मानेर अगाडि बढ्दा सफलता पाउँन सकिनेछ । बिद्यामा राम्रो प्रगति हुँने हुँदा पढाई लेखाईमा मन जानेछ । बौद्धिकता प्रयोग गरि समाजमा राम्रा काम गरेर देखाउँन सकिनेछ भने आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । मंगलबारबाट बिहिबार बिहान सम्मको समय मध्ययम रहेकोले आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन् । फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ। खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ। धेरै लगानीपछि कममात्र फाइदा हुनेछ। समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। होसियारीसाथ काम लिनुपर्ने समय छ। तापनि लामो दुरिको बिदेश यात्राको प्रशस्त सम्भावना रहेकोछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

पैत्रिक कामबाट मनग्गे लाभ लिन सकिने तथा पैत्रिक सम्पतिको प्रयोग गरि आर्थिक रुपमा सम्पन्न हुने योग रहेकोछ । नयाँ काम पाउँने तथा नोकरिमा उच्च पद प्राप्तीको गतिलो सम्भावना रहेकोछ । लक्ष्य प्राप्तीको लागि चालिने पाईलाहरु सकारात्मक दिशामा अगाडि बढ्नेछन् । प्रेममा नजिक हुने समय रहेकोछ । भौतिक सम्पतिहरु जुट्नेछन् भने उपाहार प्राप्त हुँने योग रहेकोछ । दाजुभाई वा अग्रजहरुको सुझाब तथा सल्लाह मानेर अगाडि बढ्दा सफलता पाउँन सकिनेछ । बिद्यामा राम्रो प्रगति हुँने हुँदा पढाई लेखाईमा मन जानेछ । बौद्धिकता प्रयोग गरि समाजमा राम्रा काम गरेर देखाउँन सकिनेछ भने आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । बिहिबार दिउँसोबाट समय मध्ययम रहेकोले स्वास्थ्य सम्बन्धि समस्या बड्न सक्छ ध्यान दिनुहोला । नियम सँगत काम नगर्दा जरिवाना तथा दण्ड तिर्नु पर्नेछ । तापनि लामो दुरिको यात्रा हुँने तथा विदेशमा बसेर काम गर्नेहरुका लागि समयले साथ दिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

मिन राशि भएका हरुकालाई यो साता राम्रो रहेकोछ । भाग्य,राज्य तथा आए भावमा साताभर गोचर गर्ने चन्द्रमाले सामाजिक काम गरि समाजमा नाम तथा दाम दुबै कमाउँन सकिनेछ । पढाई लेखाईमा सुधार भएर जाने तथा आफन्तहरुलाई खुसि पार्न सकिनेछ । आफ्नो रितिरिवाज जोगाउने काममा समय खर्च हुँनेछ भने तिर्थ यात्राको प्रसस्त सम्भावना रहेकोछ । व्यापार व्यावसायमा लगानि बढाई प्रसस्त नाफा कमाउँने समय रहेको छ । प्रेम प्रशङगमा रमाउँन चाहनेहरुका लागि दिन उत्तम रहेकोछ । पारिवारिक माहोलमा मिष्टान्न भोजन गर्ने अवसर प्राप्त हुँनेछ । कामहरु समयमा नै सम्पन्न हुँने हुँनाले थप काम गर्न जोस जागर बढेर आउँनेछ । सहयोगिहरुबाट आर्थिक लाभ हुँनेछ भने उपहार प्राप्तिको योग रहेको छ । तपाईको चुम्बकिय ब्यात्तित्वले सबैको मन तान्नेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आम्दानिका बाटाहरु फराकिला हुँनेछन् ।

तपाईको दिन शुभ रहोस ।


Last Updated on: March 23rd, 2021 at 3:56 am
१३६७ पटक हेरिएको

तपाईको प्रतिक्रिया