बिहिबार ०४ कार्तिक २०७८

काठमाडौँ । चर्चित नायिका करिना कपुरले पैसाका लागि आँफुभन्दा दोब्बर उमेरका पाका अभिनेतासँग विबाह गरेको आरोप खेप्दै आएकी छिन् ।

यसैबिच करिनाले छोटो समयमा नै २ सन्तानलाई जन्म दिएपनि उनको अभिनय यात्रा भने जारी छ । यसैबिच करिनाले दोस्रो सन्तान जन्माउँदा मलाई धेरै पीडा भएको उल्लेख गरेकी छिन् ।

दोस्रो सन्तानको आगमन भएपछि उनले आफ्नो तौल धेरै नै घटाएकी छिन् । करिनाले योग दिवसको दिन योग गर्दै गरेको पोष्ट शेयर गरेर दोस्रो सन्तान जन्माएपछि आफुले योगमा खासै ध्यान दिन नसकेको उल्लेख गरेकी छिन् ।

योग र अभ्यासले आफ्नो शरीरुलाई सन्तुलीत अवस्थामा राख्न सफल भएको उल्लेख गर्दै करिनाले दोस्रो सन्तानको जन्मपछि मलाई रेगुलर लाइफमा फर्कनलाई धेरै गाह्रो भएको बताएकी छिन् । उनले यो समय म निकै थकित भएको उल्लेख गरेकी छिन् ।


Last Updated on: June 22nd, 2021 at 2:23 am
९९१ पटक हेरिएको

तपाईको प्रतिक्रिया