बिहिबार १९ माघ २०७९

काठमाडौं । फिफा विश्वकप फुटबलमा ८ समूहमध्ये ४ समूहका समूह चरणका सबै खेल सकिएका छन् । यससँगै ४ सुमूहबाट ८ टिम नकआउट चरणमा पुगेका छन् भने ८ टिम बाहिरिएका छन् ।

अन्य ८ समूहका टिमहरुले १–१ खेल खेल्न बाँकी छ । यी समूहबाट पनि २ टिक नकआउट पुग्ने निश्चित भइसकेको छ तर बाहिरिने टिमको छिनोफानो हुन बाँकी छ ।

यससँगै कूल १० टिम नकआउट चरण पुग्ने निश्चित भइसकेको छ । अन्य ६ टिमको छिनोफानो हुन भने बाँकी छ । विश्वकप खेलेका ३२ टिममध्ये १६ टिम नकआउट चरण पुग्छन् भने १६ टिम बाहिरिन्छन् ।

समूह ए, बी, सी र डीका सबै खेल सकिएका छन् । यससँगै समूह ए बाट नेदरल्याण्ड्स र सेनेगल नकआउट चरण पुगेका छन् भने इक्वेडर र कतार बाहिरिएका छन् ।

समूह बीबाट इङल्याण्ड र अमेरिका नकआउट चरण पुग्दा इरान र वेल्स बाहिरिएका छन् । अब नकआउटमा नेदरल्याण्ड्सले अमेरिकासँग र सेनेगलले इङल्याण्डसँग खेल्नुपर्नेछ ।

समूह सीबाट अर्जेन्टिना र पोल्याण्ड नकआउट चरण पुगेका छन् भने मेक्सिको र साउदी अरब बाहिरिएका छन् । समूह डीबाट फ्रान्स र अस्ट्रेलिया नकआउट चरण पुग्दा ट्युनिसिया र डेनमार्क बाहिरिएका छन् ।

अब नकआउटमा अर्जेन्टिनाले अस्ट्रेलियासँग र फ्रान्सले पोल्याण्डसँग खेल्नुपर्नेछ । अन्य २ समूहबाट पनि एक–एक टिम नकआउट चरण पुग्ने निश्चित भइसकेको छ तर उनीहरुले कुन टिम प्रतिद्वन्द्वी पाउँछन् भन्ने निश्चित छैन ।

समूह जीबाट ब्राजिल र समूह एचबाट पोर्चुगल नकआउट चरण पुगिसकेका छन् । उनीहरु दुवैको छ अंक छ र उनीहरुको समूहमा अर्को एउटा टिमको मात्र ६ अंक पुग्ने सम्भावना छ । त्यसैले जुनसुकै अवस्थामा पनि उनीहरु समूहमा तेस्रो हुने सम्भावना छैन ।

एक समूहबाट २ टिम नकआउट चरण पुग्ने भएकोले ब्राजिल र पोर्चुगल नकआउट पुगिसकेका छन् तर उनीहरु आफ्नो समूहमा कुन स्थानमा रहन्छन् र अर्को समूहका टिमहरुको स्थान कस्तो रहन्छ भन्ने निश्चित नभएकोले उनीहरुको प्रतिद्वन्द्वी निश्चित छैन ।

यी ४ समूहबाट २ टिम नकआउट पुग्ने निश्चित भइसकेको भए पनि कुनै पनि टिम बाहिरिएको छैन । ४ समूहका १६ वटै टिमसँग नकआउट चरण पुग्न सक्ने सम्भावना छ तर यो कुरा उनीहरुको जीत, गोल अन्तरसँगै समूहको अर्को खेलको नतिजामा निर्भर गर्नेछ ।

प्रतिक्रिया

सोलुखुम्बु :

विश्वको प्रमुख पर्यटकीय गन्तव्य सगरमाथा क्षेत्र बिस्तारै सुनसान बन्दै गएको छ। पर्यटकीय सिजन सकिएर चिसो मौसम सुरु भएसँगै खुम्बु क्षेत्र सुनसान बन्दै गएको हो।

केही समय अघिसम्म पर्यटकले खचाखच भरिएका विमानस्थल, होटल, लज, क्याम्पिङ साइट, चौतारा, बाटो तथा दृश्यावलोकन गर्ने स्थलहरु अहिले सुनसान बनेका छन्। पर्यटनको मध्य सिजनमा एकैपटक धेरै पर्यटकको आगमन हुँदा सेवा दिनसमेत धौ धौ परेका यहाँका होटल व्यवसायीहरुलाई समेत यतिखेर फुर्सद मिलेको स्थानीय होटल व्यवसायी दामु शेर्पाले बताइन्।

केही हप्ता अघिसम्म विदेशी पर्यटक, पर्यटकको भारी बोक्ने चौपाया तथा भरियाको ताँतीले भरिभराउ खुम्बु क्षेत्र अहिले शान्त छ। सिजनमा आवातजावतसमेत अवरुद्ध हुने साँघुरा बाटोघाटोमा अहिले सिमित पर्यटक मात्रै भेटिने गरेको पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताए।

सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेको तथ्यांक अनुसार पछिल्लो एक सातामा १३ सय ९० जना पर्यटक भित्रिदा २१ सय ७ जनाले खुम्बु छोडेका छन्। सिजनमा दैनिक ७ सय जनासम्म पर्यटक भित्रिएको खुम्बुमा अहिले भित्रिने पर्यटक न्यून रहेको निकुञ्जका सुचना अधिकारी मनोज मण्डलले जानकारी दिए। पर्यटकको अवगमन न्यून भएसँगै निकुञ्ज चेकपोष्टका कर्मचारीहरु पनि केही फुर्सदिला बनेको निकुञ्जको कार्यालयले जनाएको छ।

सिजनमा अत्यन्तै चाप हुने भएकाले सिजन सकिएपछि घुम्नका लागि अधिकांश व्यवसायी तथा होटल सञ्चालकहरु बाहिर निस्कने गरेका छन्। यस क्षेत्रका नागरिकहरुको मुख्य आम्दानीको स्रोत नै पर्यटन भएकाले सिजन सकिएसँगै उनीहरु फुर्सदिला बनेका हुन्। सिजनमा कडा मेहनत गर्ने र ‘अफसिजन’मा रमाइलो, घुमफिर,भ्रमण लगायतका कार्यमा समय बिताउनु यहाँका नागरिकहरुको विशेषता जस्तै बनेको छ।


Last Updated on: December 1st, 2022 at 12:41 pm
१०४ पटक हेरिएको

तपाईको प्रतिक्रिया