बिहिबार १९ माघ २०७९

अभिनेता सलोन बस्नेतले मंसिर १२ गते एयर होस्टेस करिश्मा केसीसँग करिब ४ वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरे । विवाहको पर्सीपल्ट मंसिर १४ गते बुधबार० काठमाडौंको एक पाँचतारे होटलमा उनले आफन्त, साथीभाई र फिल्मकर्मीहरुका लागि रिसेप्सन पार्टी आयोजना गरेका थिए । जहाँ उल्लेख्य संख्यामा नवविवाहित जोडीलाई बधाई दिन पाहुनाहरु उपस्थित थिए ।

पाहुनाहरुबाट बधाई ग्रहण गरेपछि मिडियासँग कुराकानी गर्ने क्रममा सलोनले खुसीसाथ विवाह गर्दा मज्जा आउने अनुभव साटे । उनले श्रीमतीतिर हेर्दै खुसी भावमा भने ‘मेरो विवाहको कुरा सुरु भएपछि जति जनासँग भेट गरेको थिएँ, उहाँहरुले विवाहपछि धेरै तनाव हुन्छ भनेर मलाई एक किसिमको डर नै देखाइदिनुभएको छ । तर, खुसी भएर विवाह गर्दा एकदमै मज्जा आउँदो रहेछ ।’

उनले करिश्माको आगमनले आफ्नो अपुरो जीवन पूर्ण भएकोमा खुसी व्यक्त गरेका छन् । सलोनले आमा बुबा भने अलि पछि बन्ने बताए । सञ्चारकर्मीको प्रश्नमा उनले मुस्कुराउँदै भने, ‘बच्चा चाहिँ अलि पछाडि नै हुन्छ । पहिला बुढा-बुढी बनेर रमाउन चाहन्छौं, त्यसपछि आमा बुबा बन्नेतिर सोचौंला ।’ त्यस्तै, करिश्माले आफ्नो कामले गर्दा अहिले नै बच्चाको विषयमा सोच्न नसक्ने बताइन् ।

बिहे गर्दा रमाइलो भएको बताउँदै उनले तत्काल हनिमुनका लागि कुनै योजना नबनाएको बताएकी छन् । ‘हामीले हनिमुनको प्लान नै गर्न पाएका छैनौं । विवाहका लागि म विदा लिएर बसेको हुँ । अबको दुई दिनमा मेरो विदा सकिन्छ । नयाँ वर्षको अवसर पारेर हनिमुनको प्लान गर्नेछौं,’ उनले भनिन् । उनले हिरोसँग बिहे गर्दाको फाइदा र बेफाइदाको बारेमा पनि आफ्नो अनुभव सुनाइन् ।

उनी भन्छिन्, ‘हिरोसँग विवाह गर्दाको फाइदा अलि बढीले चिन्न थालेका छन् । बेफाइदा चाहिँ जे गरे पनि क्यामेरा अगाडि आउँदो रहेछ । खाना खाँदा पनि ।’ उनलाई श्रीमान् सलोनले अभिनय गरेका फिल्मध्ये सबैभन्दा मन परेको चाहिँ ‘डाँडाको वर पीपल’ रहेछ । करिश्मा नेपाल एयरलाइन्समा एयर होस्टेस छिन् ।अभिनेता सलोन बस्नेतले मंसिर १२ गते एयर होस्टेस करिश्मा केसीसँग करिब ४ वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरे । विवाहको पर्सीपल्ट मंसिर १४ गते बुधबार० काठमाडौंको एक पाँचतारे होटलमा उनले आफन्त, साथीभाई र फिल्मकर्मीहरुका लागि रिसेप्सन पार्टी आयोजना गरेका थिए । जहाँ उल्लेख्य संख्यामा नवविवाहित जोडीलाई बधाई दिन पाहुनाहरु उपस्थित थिए ।

उनी भन्छिन्, ‘हिरोसँग विवाह गर्दाको फाइदा अलि बढीले चिन्न थालेका छन् । बेफाइदा चाहिँ जे गरे पनि क्यामेरा अगाडि आउँदो रहेछ । खाना खाँदा पनि ।’ उनलाई श्रीमान् सलोनले अभिनय गरेका फिल्मध्ये सबैभन्दा मन परेको चाहिँ ‘डाँडाको वर पीपल’ रहेछ । करिश्मा नेपाल एयरलाइन्समा एयर होस्टेस छिन् ।

Last Updated on: December 1st, 2022 at 1:45 pm
१७४ पटक हेरिएको

तपाईको प्रतिक्रिया