शनिबार २३ मंसिर २०८०

गुल्मी-गुल्मी मालिका गाउँपालिका–४ का १२ वर्षे अमृत अर्याल विद्यालय पुग्न दैनिक तीन घण्टा पैदल हिँड्नुहुन्छ । घर नजिकै विद्यालय भए पनि त्यति टाढाको विद्यालयमा भर्ना हुनुको कारण हो, अङ्ग्रेजी माध्यम । कक्षा ७ मा पढ्ने उहाँ घर अर्खबाङ्गदेखि मालिका–३ ह्वाङ्दीमा पुग्नुहुन्छ । उहाँसँगै दीक्षा अर्याललगायतका करिब ५० जना विद्यार्थीहरु गाउँको विद्यालय छाडेर लामो यात्रा गरी पढ्न जानुहुन्छ ।

“त्यति टाढाको विद्यालय नगए पनि हुन्थ्यो भन्ने लाग्छ, आउँदा जाँदा एक झर पानी परे मेरा आँखाबाट आँसु झर्छन्”, अर्खबाङ्गकी ७३ वर्षीया तिलमती बुढाले भन्नुभयो, “नाति–नातिनाको भविष्यका लागि जोखिम मोलेरै भए पनि पढ्न पठाउनुपरेको छ ।”

मालिका–३ मा रहेको देवीस्थान माध्यमिक विद्यालय अङ्ग्रेजी माध्यमबाट कक्षा १० सम्म अध्यापन हुने गाउँपालिकाकै एउटा मात्रै विद्यालय हो । विसं २०५० मा स्थापना भएको विद्यालयमा २०६७ देखि अङ्ग्रेजी माध्यमको पढाइ सुरु भएको प्रधानाध्यापक नारायणप्रसाद अर्यालको भनाइ छ । विद्यालयमा अहिले दुई सय ५७ विद्यार्थीले अङ्ग्रेजी माध्यमबाट पढिरहेको उहाँले जानकारी दिनुभयो ।

अङ्ग्रेजी माध्यमबाट पढाइ हुने भएपछि विद्यालयमा छिमेकी जिल्ला बागलुङको निगलपानी, चिसापानी र गङ्गरेका विद्यार्थी आउने गरेका छन् । गाउँमा एकमात्र अङ्ग्रेजी माध्यमको विद्यालय भएपछि टाढाका विद्यार्थी पढ्नका लागि आउने गरेको विद्यालयका विज्ञान शिक्षक विकास तामाङले जानकारी दिनुभयो ।

विद्यालयमा स्थायी दरबन्दीको अभावका कारण आर्थिक जोखिम मोल्दै भए पनि विद्यालयले अङ्ग्रेजी माध्यमबाट पढाइरहेको छ । चार जना प्राथामिक तहका स्थायी शिक्षकसहित तीन निम्न माध्यमिक र एक माध्यमिक तह गाउँपालिका अनुदान शिक्षक छन् । बाँकी छ शिक्षक र तीन कर्मचारी निजी स्रोतमा छन् ।

गाउँका अन्य विद्यालयमा विद्यार्थीको सङ्ख्या निरन्तर घट्दा पनि अङ्ग्रेजी माध्यमले गर्दा यस विद्यालयमा विद्यार्थी नघटेको प्रधानाध्यापक अर्यालको भनाइ छ ।

पोखरा,

म्याग्दीमा जारी मतगणना रोकिएको छ । एकै वडाको एक सय चारवटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएपछि विवाद सुरु भएको हो । विवादसँगै मतगणना रोकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

म्याग्दीमा एक प्रतिनिधिसभा निर्वाचन क्षेत्र र २ प्रदेश सभा निर्वाचन क्षेत्र छन् । हालसम्म सत्ता गठबन्धनका उम्मेद्वारहरूले अग्रता लिइरहेका छन् । नेपाली कांग्रेसका खम्बिर गर्बुजाले पाँच हजार तीन सय ७० मत पाएका छन् भने एमालेका हरिकृष्ण श्रेष्ठले चार हजार ६ सय ४९ मत पाएका छन् ।

यो पनि:राप्रपाका चार उम्मेदवारको अग्रता, समानुपातिकको मतले राष्ट्रिय पार्टीको टुंगो:काठमाडौं, ६ मंसिर:प्रतिनिधिसभामा यसपटक राष्ट्रिय प्रजातन्त्र पार्टीले राम्रै सिट हासिल गर्ने देखिएको छ । मतगणना भइरहेका निर्वाचन क्षेत्रमध्ये चारवटामा राप्रपाले अग्रता हासिल गरेको छ ।

२०७४ को निर्वाचनमा राप्रपाले एक सिट जितेको थियो । वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देनले झापा ३ बाट चुनाव जितेका थिए । तर, समानुपातिकमा राप्रपाले थ्रेस होल्ड कटाउन नसक्दा राप्रपा राष्ट्रिय पार्टी बन्न असफल रह्यो ।

तर, यसपटक राप्रपाले प्रत्यक्षमै धेरै सिट जित्ने प्रारम्भिक अनुमान गरिएको छ । राप्रपा अध्यक्ष लिङ्देन झापा ३, महामन्त्री धवलशमशेर जबरा बाँके १, नेता ध्रुवबहादुर प्रधान नवपरासी १ र ज्ञानेन्द्र शाहीले जुम्लामा अग्रता हासिल गरेका छन् । जसमध्ये लिङ्देनले कांग्रेस उम्मेदवार कृष्णप्रसाद सिटौलासँग करिब एक हजार मतको अग्रता बनाएका छन् । तर, राणा, प्रधान र शाही भने प्रतिस्पर्धी उम्मेदवारभन्दा धेरैले अघि छन् ।

राप्रपाले प्रत्यक्षमा धेरै सिट जिते पनि ३ प्रतिशतको थ्रेसहोल्ड भने कटाउनै पर्छ । उसले यसपटक समानुपातिकमा पाँच लाखभन्दा बढी मत आउने अपेक्षा गरेको छ । तर, अहिलेसम्मको समानुपातिक मत हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले धेरैलाई आश्चर्यमा पारेको छ । उसले एमाले र कांग्रेसलाई सिधा टक्कर दिइरहेको छ । यदि राप्रपाले थ्रेसहोल्ड कटाएमा राष्ट्रिय पार्टी मात्र होइन, एउटा बलियो शक्तिका रूपमा संसदमा उपस्थित हुने सम्भावना प्रबल छ ।


Last Updated on: December 1st, 2022 at 2:15 pm
८५ पटक हेरिएको

तपाईको प्रतिक्रिया