मंगलबार १६ आश्विन २०८०

जो मेलम्ची बाढीपीडितका लागि खटेका थिए ११ हजार भोल्टको करेन्टले लियो ज्या’न
June 22, 2021 36
12
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
काठमाडौ । मेलम्चीका बाढीले विद्युतको पोल यत्रतत्र ढालेको छ । यस्तो अवस्थामा भएको दुर्घटनामा एक पीडितको करेन्ट लागेर मृत्यु भएको छ । स्थानिय २७ वर्षका धर्मराज दुलालको घटनास्थलमै मृत्यु भएको का् । बाढीबाट कटान रोक्नका लागि स्काभेटर लिन जाने क्रममा बाटोमा करेन्ट लागेको स्थानियले जनाएका छन् ।

मेलम्ची बजारका उनी तरकारी पसल गर्थे। बाढीले पसल गर्ने अवस्था नरहे पछि उनी मेलम्ची नगरपालिका वडा १० स्थित माझी गाउँतिर हिँडेका थिए। वडा १० मा क्रसर रहेको त्यही जाने तयारीमा निस्केका उनी करेन्टले लागेर ढलेको अवस्थामा स्थानियले उनलाई देखेका थिए । उनी बाढीपीडितको उद्धार र राहतलगायत काममा व्यस्त रहेका थिए। आज पनि उनि मेलम्चीले जग्गा कटान गरेपछि बाँध राख्नुपर्छ भनेर एक्साभेटर बोलाउन गएका थिए ।

दुलालको हातमा करेन्ट लागेको स्थानीय बासिन्दाले जनाएका छन्। मेलम्चीले कटान गरेर विद्युतको पोल ढालेको र उनको हातमा ११ हजार भोल्टको करेन्ट लागेको थियो। मेलम्चीबाट शिखरपुर नवलपुरतर्फ ल्याएको फलामे पोललाई बाढीले तानेर ढालेको बताइएको छ। मृतकको मुचुल्का उठाइसकेको प्रहरीले जनाएको छ।

आइतवार र सोमवार पनि मेलम्चीले जग्गा कटान गरेपछि बाँध राख्नुपर्छ भनेर उनी एक्साभेटर बोलाउन गएको बेलामा दुर्घटना भएको स्थानियको भनाई छ । बाढीले प्रभाव पारेका क्षेत्रमा धरापमा रहेका पोलमा पनि विद्युत छाडेको भन्दै स्थानीय बासिन्दा घटना पछि रिसाएका छन् । दुलालका श्रीमती, एक छोरा र एक छोरी छन्।(तस्बिर ताजा खबर)


Last Updated on: June 22nd, 2021 at 11:09 am
३७५ पटक हेरिएको

तपाईको प्रतिक्रिया