
लाचार छोरा! जसले आफ्नै आँखा अगाडि आमालाई बगाउँदा बचाउन सकेनन् (भिडियो हेर्नुस्)
June 22, 2021 13
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
काठमाडौ । आफ्नै आमालाई खोलाले बगाउँदा छोराले कसरी सहे होलान् ? मेलम्चीमा आएको बाढीले उनीजस्तै थुप्रैले आफन्तलाई यसरी नै गुमाउन विवश भए । करोडौको सम्पत्ती समेत बगायो । करोडपति बनेकाहरु एकै पटक रोडपति बने । जिवनभर कमाएको सम्पत्ती मेलम्चीमा आएको भेलले एकै पटक आएको बाढीले स्वाहा बनायो । घर, खेती ब्यवसाय पशु चौपाया सबै बगाएकाहरु अहिले सडकमा आएका छन् ।
उनीहरु त्यहाँको एक विद्यालयमा आश्रय लिएर बसेका छन् । अब साँझ विहान दुई छाक खाने के हो ? उनीहरुलाई अर्को चिन्ता थपिएको छ । अहिले पनि मेलम्ची छिनमा थनिने र खुल्ने भइरहेको छ । त्यसैले उनीहरु हतारमा सामान बोकेर उनीहरु सुरक्षित स्थानमा पुग्ने गरेका छन् । कतिपय आफन्त गुमाएकाहरुले अन्तिम संस्कार पनि गर्न नपाएको बेताएका छन् ।
गत मङ्गलवार मेलम्चीमा आएको बाढी अनौठो भएको विज्ञहरुले बताएका छन् । नाकोटे भन्ने ठाउँमा रहेको नदीमापन केन्द्रमा जलसतह ४।७ मिटरबाट तीन मिटरमा खसेको देखिएको प्राधिकरणका अधिकारीहरू बताउँछन्। त्यसपछि एक्कासि छ मिटर देखाएर उक्त मापन उपकरण नदीले बगाएर हराएको देखिएको बताइएको छ ।
ूतथ्याङ्कले बीचमा एक घण्टा जति पानी घटेको र पछि ह्वात्तै बढेको देखाएको छ। त्यो सहज अवस्थामा वर्षाको बेला नहुने प्रवृत्ति हो,ू मौसम विज्ञान विभागका जलविद् रुद्र परियार भन्छन्। जसको अर्थ बीचमा केही बेर कतै नदी थुनिएको भन्ने सङ्केत हो। वर्षाको समय अझै आउनै बाँकी रहेकाले विस्थापित भएकाहरु तत्काल घर फर्कने अवस्था छैन । त्यसैले उनीहरुका लागि लामो समय सम्म ब्यवस्थापन गर्नुपर्ने चुनौती स्थानिय सरकारलाई छ ।