बिहिबार १९ माघ २०७९

१९ मंसिर, कुश्मा। वनको माँझमा एउटा सानो गाउँ छ । त्यही गाउँ छेउमा कक्षा ५ सम्म पढाउने एउटा पुरानो विद्यालय छ । विद्यार्थीको पर्खाइमा विद्यालयका कक्षाकोठाका ढोका सधैँ खुला हुन्छन् । उनीहरुका लागि बनाइएका डेस्क-बेञ्च भरिभराउ भए पनि त्यहाँ बसेर पढ्ने विद्यार्थी एक जनाबाहेक अरु कोही छैनन् । विद्यार्थीको अभावमा विद्यालय नै रित्तिएको छ ।

पर्वतको मोदी गाउँपालिका चित्रेमा रहेको दुर्गा भवानी प्राथमिक विद्यालय २०४० सालमा स्थापना भएको हो । विगतमा विद्यार्थीको सङ्ख्या बाक्लै भए पनि यस वर्ष शिशु कक्षामा पढ्न एक्ला विद्यार्थी नीरज लम्साल मात्र आउने गरेका छन् ।

 

विद्यालयमा विद्यार्थी लम्साल र शिक्षिका ठाकुकुमारी केसी मात्रै छिन्। विद्यालयमा विद्यार्थी आए वा नआए पनि हरेक दिन विद्यालय पुग्नु केसीको दिनचर्या हो । त्यहाँका एक शिक्षिका र कार्यालय सहयोगी गत वर्ष काजमा खटिएपछि शिक्षिका केसी एक्लै भएकी हुन् ।

‘गत वर्षसम्म १०-१५ विद्यार्थी नियमित पढ्न आउँथे’, उनले भनिन्, ‘गाउँबाट बसाइँसराइ गर्ने बढेका छन्, विद्यालय आउन खोला तर्नुपर्छ तर बर्खामा तर्न सकिँदैन । पुल नहुँदा विद्यार्थी नजिक छाडेर टाढाको विद्यालय जानुपर्ने अवस्था छ ।’

विद्यार्थीविनाको विद्यालयमा आउँदा धेरै नरमाइलो लाग्ने गरेको शिक्षिका केसीले सुनाइन् । चाँडै गाउँपालिकाले कतै व्यवस्थापन गर्दिए हुन्थ्यो भन्ने आफ्नो चाहना रहेको उनले सुनाइन्। विद्यालय नजिकको गाउँ हिले, दराक, लम्सालथर, पङ्गालीथर, रेग्मीथर, सरादेखोलालगायत स्थानका विद्यार्थी पढ्न आउने गरेकामा अहिले उनीहरु एक घण्टा टाढाको विद्यालयमा पुग्छन् ।

विद्यार्थी नभएको बहानामा विद्यालयलाई अन्यत्र गाभ्ने कुरा गाउँका लागि उचित नहुने स्थानीयवासीको भनाइ छ । ‘गाउँको ७० घरका विद्यार्थी पढ्ने एक्लो विद्यालय हो’, स्थानीयवासी शेरबहादुर केसीले भनिन्, ‘विद्यालय आउने खोलामा पुल, सहज बाटो निर्माण र अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्न पालिकामा छलफल भइरहेको छ ।’

गाउँपालिकाले अरु विद्यालयमा विद्यार्थीको सङ्ख्या ज्यादै न्यून भएकाले तिनलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्नेमा छलफल भइरहेको बताएको छ ।’एक विद्यार्थी भए पनि पढ्न पाउने अधिकारबाट बञ्चित हुनु हुँदैन’, गाउँपालिकाकी अध्यक्ष हिरादेवी शर्माले भनिन्, ‘बसाइँसराइले विद्यार्थी पाउन मुस्किल छ । केही ठाउँमा विद्यार्थीलाई शिक्षक चित्तबुझ्दो नभएर समस्या छ ।’

काठमाडौं।

हृदयघातको समस्या विश्वभर नै बढेको छ । विश्व व्यापी रूपमा भइरहेको औद्योगीकरण र मानव जीवनमा भइरहेको जीवनशैलीको परिवर्तनसंगै मुटुरोग मानव मृत्युको पहिलो कारण बनिरहेकोछ । पुरुष-महिला दुवैजनालाई असर पार्ने यो रोग अहिले पनि बढ्दो क्रममा छ। हृदयाघातको जोखिम कम गर्न स्वस्थ जीवनशैली, खानपान र नियमित व्यायाम लगायतका कुराहरुमा ध्यान दिनु पर्ने हुन्छ ।

मुटुरोग प्राणघातक भए तापनि ८०% हृदयघात (heart attack) रोकथाम गर्न सकिन्छ। विश्व मुटु महासंघका अनुसार मुटुरोगका कारण विश्वभर बर्से १ करोड ८० लाख मानिसको मृत्यु हुने गर्छ। मुटुका रोगहरूको ७५ प्रतिशत हृदयाघातसँग सम्बन्धित मुटुरोगको ९० प्रतिशत कारण अव्यवस्थित जीवनशैली हो भन्ने कुरा प्रमाणित भइसकेको छ। यस्तो धेरै चीजहरू छन् जसले हृदयघातको जोखिमलाई उल्लेखनीय रूपमा बढाउने गर्दछ । जसमध्ये एक periodontitis पनि हो ।

periodontitis गिजासँग सम्बन्धित समस्या हो। periodontitis एकदम सामान्य अवस्था हो। पिरियडोन्टाइटिसका कारण गिजामा रगत आउने, सुन्निने जस्ता समस्याको सामना गर्नुपर्ने हुन्छ । यसबाहेक पिरियडोन्टाइटिसका कारण स्ट्रोक, हृदयाघात र हृदयाघातको जोखिम पनि बढ्छ ।

Periodontitis के हो ?

पिरियोडोन्टाइटिसलाई गिजाको रोग पनि भनिन्छ। यो गिजामा हुने खतरनाक संक्रमण हो । जसले गिजाको नरम तन्तुलाई नोक्सान पुर्‍याउँछ र समयमै उपचार गरिएन भने दाँतलाई सपोर्ट गर्ने हड्डीलाई नष्ट गर्न पनि सक्छ। पिरियडोन्टाइटिसका कारण दाँत हल्लिने, मकिने र भाँच्न थाल्छ ।

periodontitis एक सामान्य समस्या हो तर यसलाई रोक्न पनि सकिन्छ। पिरियडोन्टाइटिसको समस्याको प्रमुख कारण मुखको स्वास्थ्य कमजोर हुनु हो। यस समस्याबाट छुटकारा पाउनको लागि तपाईले दिनमा दुई पटक ब्रस गर्नु, जिब्रो सफा गर्नु र दाँतको नियमित जाँच गराउनु आवश्यक छ।

मुखको समस्या र हृदय रोग बीचको सम्बन्ध

चिकित्सकहरुका अनुसार हाम्रो मुखमा धेरै प्रकारका ब्याक्टेरिया हुने गर्दछ । मुखको सरसफाईमा ध्यान दिनुभएन भने यी ब्याक्टेरिया सक्रिय भएर शरीरमा नराम्रो असर गर्न थाल्छन् ।

मुखमा स्ट्रेप्टोकोकस नामक ब्याक्टेरिया हुन्छ जसले मुटुको भल्भलाई असर गर्छ । जसका कारण हृदयाघात र स्ट्रोकको समस्याको सामना गर्नुपर्ने हुनसक्छ । मुखको सरसफाईका कारण मुटुको स्वास्थ्यमा असर पर्ने चिकित्सकहरु बताउँछन् । मुखको सरसफाईको उचित ख्याल नगर्ने हो भने मुटुको भल्भ बिग्रन्छ र मुटुको समस्या देखिन थाल्छ ।

मुटुरोगबाट बच्न मुखको स्वास्थ्यको ख्याल कसरी गर्ने ?

स्वास्थ्यको ख्याल राख्न खाना खाइसकेपछि दैनिक ब्रस गर्नुका साथै एन्टिसेप्टिकले कुल्ला गर्न चिकित्सकहरु बताउँछन् । यसका साथसाथै सुर्ती र खैनीको सेवन गर्नु हुँदैन। खाना खाएपछि मनतातो पानीले कुल्ला गर्नु पर्छ । खाना खाएपछि मुख राम्ररी सफा नगरेमा ब्याक्टेरिया सक्रिय भएर स्वास्थ्यमा असर गर्न थाल्ने चिकित्सकहरु बताउँछन् ।

हृदयघातको जोखिम कसरी कम गर्ने ?

पिरियडोन्टाइटिसको समस्यालाई धेरै हलुका रुपमा नलिन चिकित्सकहरु सुझाउछन् । स्वास्थ्य विज्ञका अनुसार आफ्नो मुखका विशेष ख्याल गर्ने, धुम्रपान नगर्ने र प्रशोधित खानेकुराबाट टाढै रहनु जरुरी रहेको बताउँछन् । यसो गर्दा पिरियडोन्टाइटिसको समस्यालाई रोकथाम गर्न सकिन्छ। गिजामा आउने समस्यालाई कम गर्न र रक्त प्रवाह ठीकसँग गर्न सकिन्छ।

मुटु रोगसँग सम्बन्धित यी कुराहरु मानिसहरुले जान्नै पर्छ

हाम्रो समग्र स्वास्थ्यका लागि मुटुको स्वास्थ्य निकै महत्वपूर्ण रहेको विज्ञहरु बताउँछन् । तपाईंले केही राम्रा बानीहरू अपनाएर हृदयघात र स्ट्रोक जस्ता हृदय रोगहरूको जोखिम कम गर्न सक्नुहुन्छ। हृदय रोगबाट छुटकारा पाउन चहानुहुन्छ भने गलत जीवनशैली र शारीरिक गतिविधिमा विशेष ध्यान दिनु पर्ने हुन्छ। मुटु रोगको जोखिमबाट बच्न स्वस्थ्य बानी अपनाउनुका साथै के खानेकुरामा विशेष ध्यान दिनु जरुरी हुन्छ ।

मुटुको रोगबाट राहात पाउनाकी नियमित अभ्यास गर्ने, स्वस्थकर खाना र स्वच्छ पानी पिउने, बेलाबेला स्वास्थ्य परिक्षण गराउने, कम क्यालोस्ट्रोलयुक्त खाना खाने, मानशिक तनाबमा नबस्ने, रक्सि, चुरोटको कुलतबाट बच्ने, दिर्घरोगिलृ आफ्नो स्वास्थ्य को विशेष ख्याल गर्ने, सरसफाईमा ध्यान दिने, पर्याप्त आराम गर्ने जस्ता उपाय अपनाउन सकिन्छ।


Last Updated on: December 5th, 2022 at 4:20 pm
६६ पटक हेरिएको

तपाईको प्रतिक्रिया