
काठमाडाैं । वागमती नदी किनारका सुकुम्वासीहरुले विरोध प्रदर्शन गरेका छन् । आइतवार सोमवार सयौँको संख्यामा उपस्थित सुकुम्वासीहरुले माईतीघरदेखि नयाँ बानेश्वर चोकसम्म शान्तिपूर्ण र्यालीसहित बिरोध प्रदर्शन गरेका हुन् ।
उनीहरूले सरकारसँग सामाजिक न्याय, जमिनमाथिको अधिकार सुनिश्चतता, भूमीहीनहरुको सुरक्षित बसोवास व्यवस्थापन गर्नुपर्ने लगायतका माग राखेर विरोध जनाए ।
संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चा र नेपाल महिला एकता समाजको आयोजनामा सुकुम्वासीहरुको माग पूरा गर्नुपर्ने शर्तसहित आन्दोलनमा उत्रिएका सुकुम्वासीहरुले वैकल्पिक व्यवस्था बिना गरिएको उठिवास सह्य नहुने चेतावनीसमेत दिए ।
र्यालीपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दा संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चा नेपालका अध्यक्ष कुमार कार्कीले वर्षौंदेखि बसोवास गरिरहेको जमिनमा वैकल्पिक व्यवस्था बिना गरिएको उठिवास सह्य नहुने चेतावनी दिनुभयो । उहाँले वैकल्पिक बसोवास बिनाको उठिवास नागरिक अधिकारमाथिको हनन भएको बताउनु भयो ।
उहाँले सुकसम्वासी बिध्वंसकारी नभएको भन्दै देश विकास र निर्माणका शक्ति सुकुम्वासी भएको बताउनु भयो । उहाँले जोखिममुक्त बसोवास गरेका सुकुम्वासीलाई बसोवास गरेकै ठाउँमा र जोखिमयुक्त ठाउँमा बसोवास गरेकाहरुलाई त्यही वडाभित्र स्थानान्तरण गर्न माग गर्नुभयो । उहाँले सरकारले सुकुम्वासीहरुको वार्ता र सहमतिको ढोका बन्द गरेको भन्दै वार्ताबाट समस्याको समाधान गर्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘वर्षौंदेखि बसोवास गरिरहेको जमिनमा वैकल्पिक व्यवस्था बिना गरिएको उठिवास हामीलाई सह्य छैन । यो नागरिकमाथिको हनन हो । नागरिक अधिकारमाथिको हनन हो । संविधान माथिको हनन हो । सुकसम्वासी बिध्वंसकारी होइनन् । देश विकास र निर्माणका शक्ति हौँ । जोखिममुक्त बसोवास गरेका सुकुम्वासीलाई बसोवास गरेकै ठाउँमा र जोखिमयुक्त ठाउँमा बसोवास गरेकाहरुलाई अन्य सुरक्षित ठाउँमा त्यही वडा भित्र स्थानान्तरण गरेर भू स्वामित्व दिनुपर्छ । वार्ताको ढोका, सहमतिको ढोका खोल्नुहोस्, हामी वार्ताबाट समस्या समाधान गर्न चाहन्छौँ ।’
सुकुम्वासीहरुले र्यालीका क्रममा बिना विकल्प उठिवास बन्द गर, वार्ता र संवादको ढोका खुला गर, भूमि अभियन्तामाथिको जाहेरी फिर्ता गर, उठिवासको त्रास बन्द गर, नागरिकको अधिकार सुनिश्चित गर लगायतका नारा लगाएर बिरोध प्रदर्शन गरेका थिए । गत मंसिर १२ गते अधिकार सम्पन्न वागमती एकीकृत विकास समितिको पहलमा काठमाडौं महानगरपालिका डोजर लिएर सुकुम्वासी बस्ती भत्काउन पुगेदेखि बस्तीमा असहज परिस्थिति सिर्जन भएको उनीहरुको आरोप छ । उनीहरुले भत्काउनु र बिगार्नु विकास नभइ दिगो व्यवस्थापनमा लाग्नुपर्ने सुझाव दिए ।
१९ मंसिर, काठमाडौं ।
अर्जेन्टिनाका कप्तान लिओनल मेसीले कतारमा भइरहेको फिफा विश्वकप २०२२ जित्न सक्ने चार दाबेदारको नाम बताएका छन् ।
शनिबार गोल गर्दै अर्जेन्टिनालाई अष्ट्रेलिया विरुद्ध २-१ को जित दिलाएपछि उनले आप्नो टिमसहित चार दाबेदारको नाम लिएका हुन् । ‘अर्जेन्टिना दाबेदारमध्ये एक हो । अर्जेन्टिना पावर हाउस हो र सधैं उत्कृष्ट मध्येमा पर्छ, मेसीले भने, ‘हामीलाई थाहा छ हामी दाबेदारमध्ये एक हौं। तर हामी अष्ट्रेलिया विरुद्ध जस्तै मैदानमा त्यसका लागि प्रमाणित गर्नुपर्छ ।’
यस्तै अरु दाबेदार बारे सोधिएको प्रश्नमा मेसीले तीन टिमको नाम लिए । उनले ब्राजिल, फ्रान्स र स्पेनले पनि विश्वकप जित्न सक्ने बताए । ‘क्यामरुन विरुद्ध हारे पनि ब्राजिलले धेरै राम्रो गरिरहेको छ । उनीहरु अझै ठूलो दाबेदारको रुपमा छन्,’ ब्राजिलबारे मेसीले भने ।
मेसीले फ्रान्स र स्पेनले राम्रो खेलिरहेको र उनीहरुबाट बल निकाल्न कठिन हुने समेत बताए । उनीहरुलाई जित्न कठिन हुने समेत मेसीले बताए । ‘फ्रान्सले पनि राम्रो गरिरहेको छ र जापानसँग हारेपनि स्पेनले राम्रो खेलिरहेको छ ।’
मेसीले जर्मनी समूह चरणबाट बाहिरिनु आश्चर्य भएको बताए । चार पटकको च्याम्पियन लगतार दोस्रो पटक विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । ‘उनीहरु बाहिरिएकोमा म धेरै सरप्राइज्ड भएँ,’ मेसीले भने, ‘उनीहरुसँग धेरै उच्च स्तरका खेलाडी थिए र उनीहरु युवा टिम थिएँ जो सधा विश्वकपमा राम्रव टिममध्ये पर्छ ।’
मेसीले जर्मनी पहिलो चरणबाट बाहिरिनुले पनि विश्वकप कति कठिन छ भनेर देखाएको बताए । ‘यो आश्चर्य छ किन उनीहरु फेरि पहिलो चरणबाट आउट भए तर यसले विश्वकप कति कठिन छ भनेर देखाएको छ,’ मेसीले भने, ‘अब राष्ट्रिय टोलीको नामले महत्व राख्दैन, तर तपाईंले पिचमा के देख्नुहुन्छ । सबै कुरा झन्-झन् समान हुँदै गइरहेको छ ।’