बिहिबार ०४ कार्तिक २०७८

बादलमाथि फेरि मडारियो कालो बादल? सपथ खाएको १५ दिन नपुग्दै श्रीमतिको मन्त्री पद पनि खुस्कियो
June 22, 2021 3
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
सञ्चारमन्त्री नैनकला थापा सरकारको प्रवक्ता नियुक्त भएको दुई हप्ता पनि भएको छैन । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा उनी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी पाएकी थापा सरकारको प्रवक्ता बनेकी थिइन् । तर, दुइ हप्ता नवित्दै अदालतले उनको मन्त्री पद नै खारेज गरिदिएको छ ।

काम चलाउ सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाएपछिको पहिलो पटक बसेको मन्त्रिपरिषद् बैठकले थापालाई सरकारको प्रवक्ताको जिम्मेवाारी दिएको थियो । पूर्वगृहमन्त्री रामबहादुर थापा बादल पत्नी थापा पहिलो महिला सञ्चार मन्त्री बनेकी थिइन् । सँगै उनले सरकारको प्रवक्ताको जिम्मेवारीसमेत पाएकी थिइन् ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

एजेन्सी, ४ असार । रुसको सीमा छेउ एक हप्ताबीच ५४ वटा विदेशी खुफिया विमान आए । राडारले सायदै पत्ता लगाउन सक्ने अत्याधुनिक प्रविधियुक्त त्यस्ता खुफिया विमानबारे रुसको रक्षा मन्त्रालयले खुलाएको छ ।

रुसको रक्षा मन्त्रालयको पत्रिकाले शुक्रबार यसबारे उल्लेख गरेको छ । पत्रिकाकाले ४९ वटा खुफिया विमान र पाँचवटा ड्रोन छिरेको ग्राफसमेत प्रकाशित गरेको छ ।

रुससँग अत्याधुनिक राडार स्टेशन छ जसले जतिसुकै अत्याधुनिक प्रविधियुक्त विमानबारे पत्ता लगाउन सक्छ । खुफिया विमानसँग यस्तो प्रविधि हुन्छ जसलाई कमैमात्र राडारले ठम्याउन सक्छ । तर, रुसले विश्वको कुनैपनि देशको विमान आफ्नो आकाशमा प्रवेश गरेको पत्ता लगाइछाड्छ । त्यस्तो राडार रुससँग छ ।

रुसले अत्याधुनिक राडार विकास गरेपछि कतिपय देशहरुले खरिद पनि गरेका छन् । इरानले रुसमा निर्मित रेजोनान्स एनइ राडार प्रयोगमा ल्याइरहेको छ । यसले राडारले पनि पत्ता लगाउन नसक्ने गरी विकास गरिएका कतिपय विमानहरु ठम्याउन सकेको छ ।-तस्बिर स्रोतः तास


Last Updated on: June 22nd, 2021 at 6:08 pm
३२० पटक हेरिएको

तपाईको प्रतिक्रिया