बिहिबार १९ माघ २०७९

काठमाडौँ ।

अमेरिकामा रहेका चर्चित पत्रकार प्रेम बानियाले फेरी रवि लामिछानेको सर्मथन गर्दैं उनको खेदो नखन्न आग्रह गरेका छन् ।

सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै प्रेमले भनेका छन् के यो पृथ्वीकै ‘अनागरिक’ हुन रबि लामिछाने ? उनी अगाडी लेख्छन् रवीजी मेरा यस्ता साथी हुन् कि यिनलाई म माया र गाली दुबै मज्जाले गर्नसक्छु ।

गत हप्ता पनि प्रेमले यस्तै स्टाटस लेख्दै रविलाई भाइरल नबन्न र डोजरका पछि नलाग्न आग्रह गर्दै रवीलाई आग्रह गरेका थिए । मंगलबार एकाबिहानै लेखेको स्टाटसमा प्रेमले रवीको जस्तथो अवस्था नेपालका कैयौँ नेताहरु र भिआइपीको भएको उल्लेख गरेका छन् ।

उनले लेखेका छन् के म सप्रमाण प्रस्तुत गरौं नेपाल सरकारको मन्त्रीपरिषद्मा रहेका कति जना मन्त्रीहरुको गोजि र सिरानीमा पीआर वा विदेशी नागरिकता छ रु नेपाल आर्मीका कति जना पूर्वचिफ, अफिसरहरु, प्रहरीका बरिष्ठ अधिकारीहरु, सांसद्हरु र ककस्को गोजिमा विदेशको पीआर वा नागरिकता छ ?

किन रबिजीलाई च्याप्न खोजेको ?सक्छौ भने अमेरिकी सरकारलाई प्रश्न सोध कि रबिजी कहिलेदेखि कहिलेसम्म अमेरिकी नागरिक थिए रु वा कहिलेदेखि कहिलेसम्म नेपाली नागरिक थिए भनेर आफ्नै पोल्टाको कागज पल्टाए भयो त रु कहिले छोडे उनले अमेरिकी नागरिकता रु कसरी छोडे रु छोडेर उनले कुन देशको नागरिकता लुटे ? के यो पृथ्वीकै अनागरिक हुन रबि लामिछाने ? नत्र, न्यायको प्राकृतिक सिद्दान्तअनुसार कोही मान्छे कसरी संसारकै अनागरिक हुनसक्छ रु यो बेकारको बहसमा सिंगो नेपाली समाजलाई किन अल्झाएको ?

प्रेमले लेखेको स्टाटस पढ्नुहोस् जस्ताको त्यस्तै

के यो पृथ्वीकै ‘अनागरिक’ हुन रबि लामिछाने ? रबि Rabi जी मेरा यस्ता साथी हुन् कि यिनलाई म माया र गाली दुबै मज्जाले गर्नसक्छु ! के म सप्रमाण प्रस्तुत गरौं नेपाल सरकारको मन्त्रीपरिषद्मा रहेका कति जना मन्त्रीहरुको गोजि र सिरानीमा पीआर वा विदेशी नागरिकता छ ?

नेपाल आर्मीका कति जना पूर्वचिफ, अफिसरहरु, प्रहरीका बरिष्ठ अधिकारीहरु, सांसद्हरु र ककस्को गोजिमा विदेशको पीआर वा नागरिकता छ ? किन रबिजीलाई च्याप्न खोजेको ? सक्छौ भने अमेरिकी सरकारलाई प्रश्न सोध कि रबिजी कहिलेदेखि कहिलेसम्म अमेरिकी नागरिक थिए ? वा कहिलेदेखि कहिलेसम्म नेपाली नागरिक थिए भनेर आफ्नै पोल्टाको कागज पल्टाए भयो त ? कहिले छोडे उनले अमेरिकी नागरिकता ? कसरी छोडे ?

छोडेर उनले कुन देशको नागरिकता लुटे ? के यो पृथ्वीकै ‘अनागरिक’ हुन रबि लामिछाने ? नत्र, न्यायको प्राकृतिक सिद्दान्तअनुसार कोही मान्छे कसरी संसारकै अनागरिक हुनसक्छ ? यो बेकारको बहसमा सिंगो नेपाली समाजलाई किन अल्झाएको ? के नेपालको सर्वोच्च अदालतले भन्न सक्छ नेपालमा जन्मिएको एउटा सन्तानले केही समयको लागि अर्कै देशको नागरिकता लिएको थियो, उस्ले छोड्यो अनि ऊ नेपाली नै रहेन ??? के कुरामा हामी ‘कुरा’ गरिरहेका छौं ???

त्यो एनआरएनए भन्ने पनि छ यो दुनियाँमा ? बहस गर्न सकिन्न ? यति गम्भीर विषयमा संसारभर छरिएर रहेका नेपालीहरु जो उस्तै स्थितीमा छन् ! के हुन्छ ? अनुमान छ ? म त गर्वसाथ जिन्दगीभर मेरो देशको नागरिकता प्राण रहुन्जेल च्यात्ने छैन भनेर बाँचेको छु, बाँच्नेछु । विवशताका अरु हजारौं नेपालीहरुबारे अब कस्ले बोल्छ ? अब देश वास्तविक परिवर्तनको बहसमा आइपुगेको छ । बोलौं साथीहरु, बोलौं ! रबि Rabi जी मेरा यस्ता साथी हुन् कि यिनलाई म माया र गाली दुबै मज्जाले गर्नसक्छु !


Last Updated on: December 6th, 2022 at 10:52 am
९३ पटक हेरिएको

तपाईको प्रतिक्रिया