
शनि मकर राशिमा रहेको छ तथा वृहस्पति चैत्र महिनासम्म मकर राशिमा रहने छ । त्यसपछि वृहस्पति कुम्भ राशिमा रहने छ । राहु वृष राशिमा तथा केतु वृश्चिक राशिमा वर्ष भरिनै रहने देखिन्छ । यी नै ग्रहको आधारमा ६ राशि भाग्यशाली बन्दैछन् ।
तपाइको सम्पूर्ण क्षेत्रमा सफलता हात पार्न सक्नुहुनेछ तपाइको कुण्डलीमा वृहस्पति,शनि,राहु,केतु राम्रो अवस्थामा अर्थात उच्च,स्वगृही,यूवा अवस्थाको छ भने तपाइले पूर्णफल प्राप्त गर्नु हुनेछ ।
कुन-कुन राशि भाग्यशाली ?
मेष राशि
मेष राशिका व्यत्तिलाइ १० स्थानमा शनि,गुरुको अवस्थाको कारणे गर्दा तपाइको बिग्रेका काम बन्नुका साथै नँया कामको थालनी हुनेछ सरकारी जागीर पाउन सक्ने अवस्थाहरु देखिन्छ ।
वृष राशि
वृष राशिका व्यक्त्तिलाई भाग्यस्थानमा शनि,गुरुको कारणले गर्दा भाग्यवृद्धि हुनुका साथै गरेको काममा सफलता तथा नयाँकामको अवसर र सम्पूर्ण क्षेत्रमा सफलता हात पर्दछ ।
तुला राशि
तुला राशि भएका व्यक्त्तिलाई चौथो स्थानमा शनि,गुरुको कारणले गर्दा घर,जमीन जोड्न सक्ने तथा वाहन सुख प्राप्त हुन सक्ने र घरायसी समस्या हरु समाधान हुदै जाने देखिन्छ ।
धनु राशि
दोस्रो स्थानमा शनि, गुरुको रहने कारणले गर्दा बोलीको प्रभाव वढ्नुका साथै अचल सम्पत्ति किन्न सक्ने तथा पैतृक सम्पत्ति प्राप्त हुन सक्ने देखिन्छ ।
मकर राशि
मकर राशिको राशिमानै शनि,गुरु रहने कारणले गर्दा मान सम्मानमा वृद्धि हुने तथा उच्च राजनीतिक पद प्राप्त गर्न सक्ने रोकिएको काम वन्ने जस्तो देखिन्छ ।
मीन राशि
मीन राशि भएका व्यत्तिको आय स्थानमा शनि,गुरु रहने कारणले गर्दा आयमा वृद्धि दाजु,भाइ सँगको सम्वन्धमा सुधार विदेश यात्रा तथा रोकिएको काम वन्नेछ ।
सम्पूर्ण फलको लागि भिडियो हेर्नु होला ।
यो पनि – धनी बन्ने इच्छा छ ? धर्मशास्त्र भन्छ- जिन्दगीमा कहिल्यै नगर्नुहोस् यी ९ गल्ती
धनी बन्ने इच्छा सबैको हुन्छ । तर कसैलाई जति मेहनत गरेपनि आर्थिक संकट आइरहन्छ। मेहनत गरे अनुसार पैसा कमाउन शास्त्रका केही नियमको पनि पालना गर्न जरुरी छ। आज हामी तपाईलाई गर्न नहुने केही गल्तीका बारेमा जानकारी दिदैछौँ ।
महिलासँग दूश्मनी शुक्र भौतिक सुखका कारक ग्रह हो । साथै स्त्री प्रति शुक्रको प्रभाव रहनेगर्छ । यसैले शुक्र प्रधान यस वर्षमा महिलासँग राम्रो सम्बन्धमा रहनुहोस् ।
–देवी लक्ष्मिको मुर्ति एक भन्दा धेरै आफ्नो कोठामा नराख्नुहोस् –
शुक्रबारको दिन देवी लक्ष्मिको पुजा विशेष फलदायक मानिन्छ । तपाईंको घरमा धेरै देवीको मुर्ति छ भने आफ्नो सबै कोठाहरुमा अलग–अलग राख्नुहोस् ।
–– च्यातिएको पर्स
यदि तपाईंको पर्स च्यातिएको छ भने त्यसलाई बदल्नुहोस् र काम नलाग्ने चीजहरुलाई फाल्नुहोस् । एउटा सिक्का शुक्रबारको दिन देवी लक्ष्मिको मन्दिरमा चढाउनुहोस् अर्को सिक्कालाई रातो कपडामा बेरेर पर्समा राख्नुहोस् ।
– जीवनसाथीसँग तालमेल बनाइराख्नुहोस् । धन सम्बन्धी विषयमा जीवनसाथीसाग छलफल गरेर मात्रै फैसला गर्नुहोस् ।
– विहान उठ्ने वित्तिकै ऐना नहेर्नुहोस् । विहान उठेर दुवै हात जोडेर देवी लक्षिमको ध्यान गर्नुहोस् ।
– गणेशजीलाई नभुल्नुहोस् । धनसम्बन्धी काम गर्न जानुभयो भने गणेशको पुजा गर्न नभुल्नुहोस् । बुधबारको दिन अनिवार्य रुपमा ५ वटा दुवो चढाउनुहोस् ।
– बेलुका कसैलाई पैसा नदिनुहोस् । सुत्नुभन्दा अघि पैसा दिनु राम्रो नहुने बताइन्छ ।।
– सोमबारको दिन पीपलको पुजा नगर्नुहोस् । यो दिन पीपलको पुजा गर्दा घरमा अलक्ष्मिको प्रवेश हुने विश्वास छ ।
-परिवारमा बहिनी र छोरीलाई अप-शब्द प्रयोग नगर्नुहोस् । धन सम्बन्धी काम शुक्रबार गर्नु शुभ रहने जनाइएको छ।
यो पनि पढ्नुहोस
एक्लो जीवन रोमाञ्चक हुन्छ कि वैवाहिक जीवन ?
जीवन विताउनका लागि श्रीमान् वा श्रीमती नै चाहिन्छ त रु दाम्पत्य जीवन विताउनै पर्छ रु यसमा एउटा ठूलो जमातले सहमतिको टाउको हल्लाउन सक्छन् । तर, एउटा जमात यस्ता पनि छन्, जो दाम्पत्यलाई बन्धन ठान्छन् र त्यसबाट उन्मुक्त जीवन विताउन राजी हुन्छन् । विवाह गर्नैपर्छ भन्नेमा सबैको राय मिल्छ भन्ने छैन ।
कतिपय यस्ता हुन्छन्, जो विवाहलाई अनिवार्य ठान्दैनन् । उनीहरु विवाह नगरी एक्लो जीवन विताउनमै कल्याण मान्छन् । अहिले त केसम्म हुन्छ भने, कुनै पुरुष वा महिलाबाट सन्तान जन्माउने र अविवाहित आमा वा बुवाको रुपमा जीवन विताउने ।
विवाह गर्नैपर्छ त
न त विवाह हाम्रो परम्परा हो । संस्कृति हो । प्रकृतिले पनि दुई विपरित लिं’गीको समायोजनलाई स्विकारेको छ । सृष्टि निरन्तरताको लागि पुरुष र महिलावीच संसर्ग हुनैपर्छ । उनीहरु शारीरिक रुपमा एक हुनैपर्छ । प्रकृतिको यो नियमले पनि पुरुष र महिलालाई अलग अलग राख्दैन । उनीहरुको दुई ज्यानलाई एकाकार गराउँछ । विवाहको प्रचलन विश्वमै छ । हाम्रा पितापूर्खाहरुले यसलाई निरन्तरता दिदै आए ।
पौराणिक शास्त्रहरुले यसको महत्व र आवश्यक्तालाई उजागर गरिदिए । विवाह आफैमा व्यवस्थित र नियोजित कर्म हो, जसले वंश परम्परालाई निरन्तरता दिन्छ । पूर्विय संस्कारमा जीवनको विभिन्न संस्कार उल्लेख गरिएको छ । त्यसमध्ये एउटा संस्कार विवाह पनि हो । विवाहपछि मानिसहरु गृहस्थी जीवनमा प्रवेश गर्छन् । गृहस्थी जीवन भनेको दाम्पत्य एवं पारिवारिक संरचनाको निर्माण गर्नु पनि हो ।
त्यसो भए विवाह गर्नैपर्छ त
यसमा मत विभाजित छ । विवाह गर्नैपर्छ भन्ने केही छैन । हाम्रै ऋषिमुनीहरुले व्रम्हचार्यको महत्वमाथि पनि मन्थन गरेको छ । दाम्पत्य जीवन मात्र होइन कामवासना र यौ न बाट समेत मुक्त भएर पालना गर्ने आचार संहिता हो यो ।
विवाह बन्धन कि बाध्यता
हुन त विवाहलाई हामी ‘वन्धन’ पनि भन्छौं । अर्थात ‘विवाह वन्धन’ । उन्मुक्त जीवन विताउन चाहनेहरुका लागि यस्तो वन्धन स्विकार्य हुँदैन । उनीहरु विवाह गर्ने, पति वा पत्नीसँग आफुलाई समायोजन गर्ने, बालबच्चा जन्माउने, हुर्काउने, घर व्य वहार चलाउने कुरालाई झन्झट ठान्छन् । र, अनावश्यक पनि । जीवनलाई मस्त भो ग गर्नका लागि उनीहरु विवाह नगरी बस्न रुचाउँछन् ।
हामी भन्छौं पनि ‘विवाह एक सम्झौता हो ।’ यसमा आफुले चाहेजस्तो, आफुले खोजेजस्तो सबै कुरा प्राप्त हुँदैन । फरक पृष्टभूमी, फरक सोंच र फरक प्रवृत्तिका दुई महिला र पुरुष जीवनभर एकाकार हुन वा समायोजन हुँदा उनीहरुले ‘मेरो गोरुको बाह्रै टक्का’ गर्न मिल्दैन पनि ।
यसको अर्थ के भने, विवाह गरेपछि कतिपय आफ्ना रहर, इच्छा, सोंच, चिन्तन त्याग्नुपर्छ । अर्को व्यक्ति पति वा पत्नी को कतिपय गल्ती, कमजोरी पनि स्विकार्नुपर्छ । त्यसैले जीवनलाई जसले जसरी बुझ्छन्, त्यही अनुरुप जिउने छुट छ । विवाह वाध्यकारी होइन । विवाह नगरी पनि जीवन सुखपूर्वक विताउन सकिन्छ ।
गृहस्थी सुखको कुरा
तर, अर्काथरी जो विवाहलाई प्राकृतिक रीत ठान्छन् । उनीहरु यसलाई जीवनकै एक अंश ठान्छन् । एक्लो जीवन निरास र वेसाहारा हुने उनीहरुको बुझाई हुन्छ । त्यही कारण माटोको भर ढुंगालाई, ढुंगाको भर माटोलाई भनेजस्तै जीवनको सुखदुखमा साथ र सहयोग आदनप्रदान गर्दै बाच्नका लागि विवाहलाई अपरिहार्य मान्छन् । उनीहरु गृहस्थी जीवनमै सुख खोज्छन् ।
विभिन्न अध्ययनले के पनि देखाएको छ भने, विवाहित पुरुष वा महिलाभन्दा अविवाहितहरुको आयु कम हुन्छ । एउटा उमेर चरणमा पुगेपछि उनीहरुमा एक्लोपन, छटपटी हुन्छ र त्यसैले विभिन्न किसिमको समस्या पैदा गर्छ । जबकी दाम्पत्य जीवन विताइरहेकाहरुले अक्सर एक्लोपनको अनुभव गर्नु पर्दैन । अनलाईन खबर बाट